आफूलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो – पढ्नुस् दार्शनिक स्वामी विवेकानन्दका १० प्ररेक प्रसङ्ग

आफूलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो – पढ्नुस् दार्शनिक स्वामी विवेकानन्दका १० प्ररेक प्रसङ्ग

अर्थ डबली
आइतवार, माघ ११ २०७७
अर्थ डबली
आइतवार, माघ ११ २०७७ (अर्काइभ बाट)
  • आफूलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो – पढ्नुस् दार्शनिक स्वामी विवेकानन्दका १० प्ररेक प्रसङ्ग

    महान दार्शनिक स्वामी विवेकानन्द  १२ जनवरी १८६३ – ४ जुलाई १९(२) जन्म  जन्मिएका थिए 
     । उनी हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए। 

    images
    images

    अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको ूविश्व धर्म सभामा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधि थिए। उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमा नै पुर्याएका थिए।

    कलकत्ताको धनाड्य बङ्गाली परिवारमा जन्मिएका विवेकानन्दको झुकाव आध्यात्मिकता तर्फ थियो। उनी आफ्ना गुरू रामकृष्ण परमहंसबाट धेरै प्रभावित थिए । जसबाट उनले सम्पूर्ण जीवहरू परमात्माको एक अवतार हो । त्यसैकारण मानव जातिको सेवाबाट परमात्माको पनि सेवा हुन सक्छ भन्ने शिक्षा पाएका थिए। 

    उनले आफ्नो गुरूको नामबाट रामकृष्ण मिसन नामक संस्थाको स्थापना पनि गरे । जसको उद्देश्य गरिब अनाथ दिनहीनको निःशुल्क उपचार गर्नु थियो। 

    bibekananda swami.JPG

    यी संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । रामकृष्णको मृत्यु पश्चात विवेकानन्दले भारतीय उपमहाद्वीपहरूको भ्रमण गरी ब्रिटिस भारतको अवस्था बारे जानकारी हासिल गरे। स्वामी विवेकानन्दले मानव जातिका लागि ठूलो योगदान गरेर सन् १९०२ जुलाई ४ मा यस धर्तीबाट विदा भएका थिए ।

    पच्चिस वर्षको उमेरमा नै सांसारिक मोह त्याग गरी सन्यासी बनेका विवेकानन्द जीवनभर मानव कल्याणका लागि समर्पित भए ।


    विभिन्न अवसरमा मानव जीवन कल्याणका लागि उनले धेरै विषय प्रसंगहरु दिएका छन्  ।  उनले भनेका  १० महान र प्रेरणादायी वाणी यस्तो छन । 

    १] आफूलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो ।

    २] ब्रम्हाण्डको सबै शक्ति हामीभित्र छ। तर हामीले आफ्ना आँखा आफ्नै हातले ढाक्छौं अनि संसार निकै अन्धकार रहेछ भनेर गुनासो गर्छौं ।

    ३] सिक्ने र अनुभव बटुल्ने कार्यलाई जीवनभर निरन्तरता दिनुहोस् किनकी अनुभव नै सबैभन्दा ठूलो गुरु हो ।

    ४] हामीले कहिल्यै पनि अरुको निन्दा गर्नु हुँदैन । यदि कसैलाई सहयोग गर्न सक्नुहुन्छ भने सहयोग गर्नुहोस् । यदि सहयोग  गर्न सक्नुहुन्न भने अञ्जुली जोडेर आर्शीवाद दिनुहोस् र अगाडि बढ्न प्रेरित गर्नुहोस् ।

    ५] यदि कसैले तपाईंलाई गाली गर्छ भने बदलामा आर्शीवाद दिनुहोस् । किनकी गाली गर्ने मानिसले तपाईंको झूठो दम्भ देखाएर तपाईंलाई नै मद्दत गरिरहेका छन् भनेर बुझ्नुपर्छ ।

    ६]  ज्ञान आफैंमा वर्तमान हो । मानिसले त केबल ज्ञानको आविष्कार मात्रै गर्न सक्छ ।

    ७] जबसम्म तपाईंले आफैंलाई विश्वास गर्नुहुन्न तबसम्म तपाईंले भगवानप्रति विश्वास गर्न सक्नुहुन्न ।

    ८] हामीले जति बढी अरुको भलाइ गर्छौं, त्यति नै हाम्रो आत्मा शुद्ध हुन्छ र हाम्रो आत्मामा परमात्माको बास हुन्छ ।

    bibekananda swami.JPG

    ९] तपाईंले भित्रैदेखिनै आफूलाई विकसित गर्नपर्छ । कसैले पनि तपाईंलाई ज्ञानी बनाउन सक्दैनन् । कसैले पनि तपाईंलाई आध्यात्मिक बनाउन सक्दैनन्  । आत्मा नै तपाईंको सर्वश्रेष्ठ गुरु हो ।

    १०] कहिलेकाहीं मन र दिमागबीच अन्तर्विरोध वा टवराव हुने गर्छ । यस्तो अवस्थामा मनको कुरा नै सुन्नुहोस् ।

    साताको लोकप्रीय