सुनको भाउ तोलामा १८०० रुपैयाँ घट्यो, कति छ आज ? 

सुनको भाउ तोलामा १८०० रुपैयाँ घट्यो, कति छ आज ? 

अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७
अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७ (अर्काइभ बाट)
  • सुनको भाउ तोलामा १८०० रुपैयाँ घट्यो, कति छ आज ? 

    काठमाडौँ / मंगलबार सुनको भाउमा गिरावट आएको छ । सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार भने तोलामा एकैपटक एक हजार ८०० रुपैयाँ गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images
    images

    महासंघका अनुसार यसअघि छापावाल सुन तोलामा ९४ हजार ३०० रुपैयाँ रहेको थियो भने सोही परिमाणको तेजावी सुन ९३ हजार ८०० रुपैयाँ रहेको थियो । 

    आज बजारमा सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार हुनेछ । 
    यता, चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ ।

    यसअघि तोलामा एक हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार १८० रुपैयाँ पर्ने महासंघले जनाएको छ । 

     

    साताको लोकप्रीय