डिशहोम रियालिटी टिभी च्यानलमा ‘खै कुरा बुझेको ?’ हास्य टेलिसिनेमा प्रशारण हुँदै

डिशहोम रियालिटी टिभी च्यानलमा ‘खै कुरा बुझेको ?’ हास्य टेलिसिनेमा प्रशारण हुँदै

अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७
अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७ (अर्काइभ बाट)
  • डिशहोम रियालिटी टिभी च्यानलमा ‘खै कुरा बुझेको ?’ हास्य टेलिसिनेमा प्रशारण हुँदै

    काठमाडौँ / डिशहोमको रियालिटी टिभी च्यानल १०२ मार्फत अब हास्य टेलिसिनेमा ‘खै कुरा बुझेको ?’ हरेक बुधबार राति ८ः३० बजे प्रशारण हुने भएको छ ।

    images
    images

    विणभ क्रियशन र स्वस्तिक सिने आर्ट्सको प्रस्तुतिमा निर्मित ‘खै कुरा बुझेको ?’ हास्य टेलिसिनेमाको लेखन तथा निर्देशन सञ्चारकर्मी तथा सिने निर्देशक समीर जोशीको रहेको छ । 

    ‘खै कुरा बुझेको ? टेलिसिनेमाको कलाकारहरूमा शितल केसी, श्याम राई, युगज्योति क्रियाशिल, अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता खड्का, सुस्मिता न्यौपाने, दिपेश बञ्जारा, सागर गिरी, सागर बस्नेत र समीर जोशी लगायतको अभिनय रहेको छ ।

    यस कार्यक्रम शृंखलाकाका निर्देशन निर्देशक बाणी पोखरेलले गरेका छन् भने टेलिसिनेमाको निर्माता सागर बस्नेत हुन् । टेलिसिनेमाको छायाङ्कन दिलीप विष्टले गरेका हुन् भने सम्पादनमा सुनिल श्रेष्ठको रहेको छ ।  

    मुलुकका सहरदेखि अति विकटस्थानमा बसोबास गर्ने नेपाली जनमानसहरुको मनमनमा डिसहोम टेलिसिनेमाहरु अत्यन्तै सफल र फलदायकको रुपमा सावित भइसकेको सर्वविदितै छ ।

    सञ्चारका पहुँच नपुगेका दूरदराजका ग्राहकहरुले समेत आफूले मनले खाएको अथवा चाहेको नेपाली मनोरञ्जनमूलक कार्यक्रमहरु डिसहोमको आफ्नै च्यानेलहरुमार्फत छानीछानी नयाँनयाँ सजिलै हेर्न पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

    साताको लोकप्रीय