नेप्से परिसूचक १८१० बिन्दुमा : ५ अर्ब ४४ करोडबढीको कारोबार, एनआई सी एशिया बैंकको सबैभन्दा बढी हिस्सा 

नेप्से परिसूचक १८१० बिन्दुमा : ५ अर्ब ४४ करोडबढीको कारोबार, एनआई सी एशिया बैंकको सबैभन्दा बढी हिस्सा 

अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७
अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७ (अर्काइभ बाट)
  • नेप्से परिसूचक १८१० बिन्दुमा : ५ अर्ब ४४ करोडबढीको कारोबार, एनआई सी एशिया बैंकको सबैभन्दा बढी हिस्सा 

    काठमाडौँ / दैनिक नयाँ रेकर्ड कायम गरेको शेयर बजारमा आज भने परिसूचक १८०० बिन्दु पार गरेको छ ।

    images
    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनुसार मंगलबार नेप्से परिसूचक २९.६८ अंकले बढेर एक हजार ८१०.११ विन्दुमा पुगेको हो । 

    त्यस्तै, ठूला र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ४.४२ अंकले बढेर ३४९.३८ बिन्दुमा थामिएको छ । 

    मंगलबारको कूल कारोबार रकम ५ अर्ब ४४ करोड २९ लाख ५० हजार रुपैयाँबढीको कारोबार भएको छ । आज कूल १९६ ओटा कम्पनीको ४९ हजार ७८३ पटकको व्यापारमा एक करोड १७ लाख ४८ हजार ५२० कित्ता शेयर खरिदबिक्री भएका हुन् । 

    आजको कारोबारमा होटल समूहको बाहेक सबै समूहको परिसूचकमा हरियाली छाएको छ । होटल समूहको परिसूचक १.६५ प्रतिशतले घट्दा व्यापार समूहको परिसूचकमा ८.२३ प्रतिशतको उछाल आएको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ५.८६ प्रतिशतले उक्लिएको छ भने अन्य समूहको परिसूचक ४.५४ प्रतिशतले बढेको छ ।

    यसैगरी निर्जीबन बीमा समूहको ३.५४ प्रतिशत, जीवन बीमा समूहको २.३३ प्रतिशत, हाइड्रो पावर समूहको १.५० प्रतिशत, लघुवित्त समूह र म्युचुअल फण्ड समूहको ०.९३ प्रतिशत, वित्त समूहको ०.७१ प्रतिशत, विकास बैंक समूहको ०.६१ प्रतिशत र बैंकिङ समूहको परिसूचक ०.११ प्रतिशतले बढेको हो । 

     
    शेयरमूल्य घटेका / बढेका कम्पनीहरु 
    मंगलबार ८ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यसदिन सबैभन्दा बढी बोटलर्स नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

    उक्त कम्पनीको शेयरमूल्य ९४५ रुपैयाँले बढेर अन्तिम मूल्य प्रतिकित्ता १० हजार ४ सय रुपैयाँ कायम भएको हो । 


    त्यस्तै, हिमालयन डिस्टीलरीको शेयरमूल्य पनि आज ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ३११ रुपैयाँले बढेर अन्तिम मूल्य ३ हजार ४२६ रुपैयाँ कायम भएको छ । 

    विशाल बजार कम्पनी लिमिटेडको शेयरमूल्य ९.९५ प्रतिशत अर्थात प्रतिकित्ता ३२५ रुपैयाँले बढेर अन्तिम मूल्य प्रतिकित्ता ३ हजार ५९१ रुपैयाँ कायम भएको छ ।

    आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ९.९२ प्रतिशत, मल्टीप्रपोज फिनान्सको शेयरमूल्य ९.८७ प्रतिशत, अजोड इन्स्योरेन्सको शेयरमूल्य ९.८६ प्रतिशत, न्याग्दी ग्रुप पावरको ९.७३ प्रतिशत र नेको इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतले बढेको छ । 

    आज सोल्टी होटल लिमिटेडको शेयरमूल्य सर्वाधिक बढी ३.२० प्रतिशतले घटेको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले प्रतिकित्ता ७ रुपैयाँका दरले गुमाउदा अन्तिम मूल्य प्रतिकित्ता २१२ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा पनि ३.०७ प्रतिशतको गिरावट आएको छ । 

    सर्वाधिक कारोबार गर्ने कम्पनीहरू
    मंगलबारको कारोबारमा एनआइसी एशिया बैंकले सर्वाधिक बढी हिस्सा ओगटेको छ । उक्त कम्पनीको आजको शेयर कारोबार रकम ३७ करोड ३३ लाख ८६ हजार रुपैयाँबढी भएको हो ।

     
    त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको कारोबार रकम दोस्रो स्थानमा रहेको छ । उक्त कम्पनीको २८ करोड ५१ लाख १७ हजार रुपैयाँमाथिको कारोबार भएको हो । 


    त्यस्तै, हिजो दोस्रो स्थानमा कारोबार गर्न सफल नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम आज तेस्रो स्थानमा झरेको छ । उक्त कम्पनीको आजको शेयर कारोबार रकम २५ करोड ८२ लाख ३ हजार रुपैयाँबढी रहेको छ । 


    त्यस्तै, हिमालयन डिस्टीलरीको २० करोड ९४ लाख ७८ हजार, नेको इन्स्योरेन्सको २० करोड १४ लाख ७३ हजार, नेश्नल लाइफ इन्स्योरेन्सको १८ करोड ९९ लाख २४ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड ३३ लाख १४ हजार रुपैयाँ, नेपाल बैंकको १७ करोड ६९ लाख ७० हजार रुपैयाँ, शिवम् सिमेन्टको १५ करोड २३ लाख २ हजार रुपैयाँ र शिखर इन्स्योरेन्सको १४ करोड ७६ लाख ७९ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।

     

    साताको लोकप्रीय