प्राइम लाइफकोे नाफा २१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति पुग्यो यस्तो छ त्रैमासिक विवरण 

प्राइम लाइफकोे नाफा २१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति पुग्यो यस्तो छ त्रैमासिक विवरण 

अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७
अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७ (अर्काइभ बाट)
  • प्राइम लाइफकोे नाफा २१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति पुग्यो यस्तो छ त्रैमासिक विवरण 

    काठमाडौं / मुलुकमा नेतृत्वदायी जीवन बिमा कम्पनीमध्येको एक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.४७ प्रतिशतले खुद नाफा बढाएको छ । 

    images
    images

    कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले १२ करोड ७ लाख ७४ हनार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा दुई करोड ५ लाख १९ हजार रुपैयाँले बढी हो । 

    कम्पनीको यस अवधिको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको १९ रुपैयाँ ९७ पैसाबाट बढेर २१ रुपैयाँ ३९ पैसा पुगेको छ । यस अवधिमा कम्पनीको कुल बिमाशुल्क एक अर्ब १० अर्ब ७ करोड ७४ लाख ८० हजार नाघेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.७२ प्रतिशतले बढी हो । 

    अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को पहिलो त्रैमास सम्ममा कम्पनीको बिमाशुल्क ७६ करोड ५६ लाख रहेकोमा त्यसयता ३१ करोड १७ लाख ९६ हजार रुपैयाँले बढेको हो । गत असोजसम्ममा कम्पनीको जीवन बिमा कोष १२ अर्ब ३७ करोड ४२ लाख ६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको जीवन बिमा कोष ९ अर्ब ५१ करोड ७ लाख ८५ हजार रुपैयाँ बराबर थियो । जीवन बिमा कोषमा भएको बृद्धि ३०.११ प्रतिशत तथा रकमका हिसाबले २ अर्ब ८६ करोड ३४ लाख २१ हजार रुपैयाँले बढी हो ।  

    prime life.JPG
    कम्पनीको कुल लगानी २४.४१ प्रतिशतले बढेर १४ अर्ब १२ करोड ४४ लाख ९२ हजार रुपैयाँ पुगेको छ । 

    अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको कुल लगानी ११ अर्ब ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ थियो । कम्पनीको खुद सम्पत्ति ४.२१ प्रतिशतले बढेर ३ अर्ब ३० करोड ६१ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष यो ३ अर्ब १७ करोड २५ लाख ५१ हजार बराबर थियो । 
    उत्साहजनक प्रगति हासिल गरिरहेको यो कम्पनीले आफ्नो कारोबारको पुनर्बिमा विश्वप्रशिद्ध रिइन्स्योरेन्स कम्पनी ह्यानोभर रीसँग गराएको छ । 

    गत वर्षको प्रथम त्रैमासिकको तुलनामा 

    बीमा शुल्क ४१% वृद्धि भएको छ ।
    जीवन बीमा कोषमा ३१% वृद्धि भएको छ ।
    लगानी २५% वृद्धि भएको छ ।
    खुद नाफा २१% वृद्धि भएको छ ।
    कम्पनीले आफ्नो कारोबारको पूर्नबीमा विश्व प्रसिद्ध रि इन्सयोरेन्स कम्पनी हेनोभर रीसँग गरेको छ ।

     

     

     

     

    साताको लोकप्रीय