प्रमाणित हुने बित्तिकै नेपालीले खोप पाउँछन् : मन्त्री ढकाल    

प्रमाणित हुने बित्तिकै नेपालीले खोप पाउँछन् : मन्त्री ढकाल    

अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७
अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७ (अर्काइभ बाट)
  • प्रमाणित हुने बित्तिकै नेपालीले खोप पाउँछन् : मन्त्री ढकाल    

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाएका छन् । 

    images
    images

    यही मङ्सिर ३ गतेदेखि आजसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्व प्रतिजैविक सचेतना सप्ताह’को समापन गर्दै उनले कोभिड–१९ विरुद्धको खोपको परीक्षण भइरहेको र उक्त सफल परीक्षण भई प्रमाणित हुनेबित्तिकै नेपाली नागरिकले पाउने बताए । 

    उनले त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा कोभिड–१९ विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायत व्यवस्था गर्नका लागि औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेका थिए । 

     

    साताको लोकप्रीय