हरिबोधिनी एकादशी व्रत, तपाईको दिन कत्तिको शुभ होला ? हेर्नुस् राशीफल 

हरिबोधिनी एकादशी व्रत, तपाईको दिन कत्तिको शुभ होला ? हेर्नुस् राशीफल 

अर्थ डबली
बिहिवार, मंसिर ११ २०७७
अर्थ डबली
बिहिवार, मंसिर ११ २०७७ (अर्काइभ बाट)
  • हरिबोधिनी एकादशी व्रत, तपाईको दिन कत्तिको शुभ होला ? हेर्नुस् राशीफल 

    वि.सं.२०७७ साल, मङ्सिर महिना, ११ गते, बिहीवार कार्तिक शुक्ल (कछलाथ्व) द्वादशी, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा, सिद्धि योग, बब र बालब करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, आज : श्री हरिबोधिनी एकादशी व्रत (शुद्धा), सबैले व्रत लिने एकादशी, कार्तिकको ठूली एकादशी, तुलसी विवाह, भीष्मपञ्चक प्रारम्भ, मन्वादि, बराहक्षेत्रमा ५ दिने धार्मिक मेला सुरु, खोटांगको बराहपोखरीमा मेला, चाँगुनारायणमा अखण्ड दीपदर्शन, रुरु रीडिक्षेत्रमा हृषिकेश रथयात्रा, धनिष्ठा पञ्चक समाप्ति राती १०.५८ मा, आजको मूहुर्त : रुद्राभिषेक शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), गृहारम्भ (घरको जग राख्ने), कलशचक्र, भोलि : दाम्पत्य सुख र घरायसी सुखसम्मृद्धिका लागि श्री शुक्र प्रदोष व्रत, भोलिको मूहुर्त : रुद्राभिषेक९शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कर्णवेध (कान छेड्ने), शिलान्यास (सामान्य), वास्तुमुहूर्त, वस्त्राभरण (गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, पुराणश्रवण, कलशचक्र । 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    विदेशयात्राको योजनामा हुनुहुन्छ भने काम थाल्न आजकोदिन अनुकूल रहेको छ । हरेक कुरामा सावधानी अपनाउनुहोला । किनभने आज सानातिना सरसामान हराउने वा चोरी हुने सम्भावना देखिन्छ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । यद्यपि आज आर्थिक समस्या समाधान गर्ने उपाय देखापर्नेछ । ठूलो महत्काङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुँदैन । अनिच्छित जिम्मेवारी वहन गर्नु परे पनि ख्याति बढ्ने सम्भावना छ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा बृद्धि हुनेछ । कलकारखाना र व्यपारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिनेछ । राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता मिल्नेछ । विश्वासको वातावरण बन्नेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आज कर्मसिद्धीको समय हो । चिताएको हरेक काम कारवाही सफल हुने समय छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पुराना साथीभाईसँग पनुर्मिलन हुनसक्छ । पदप्रतिष्ठा प्राप्तिको प्रयासले साकार रुप प्राप्त गर्नेछ । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । रोकिएको सरकारी काम सुल्झाउने राम्रो समय छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन । मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ ।  मातापिताको आशिर्वाद प्राप्त भएमा नबन्ने काम पनि सम्पन्न हुने योग छ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज परिश्रम गरेभन्दा राम्रो परिणाम आउन सक्ने समय छ । अध्यात्म र दर्शप्रति मन आकर्षित बन्नसक्छ । सामाजिक र परोपकारी विचार आउन सक्छन् । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनपर्नेछ । सार्वजनिक हित र परोपकारका क्षेत्रमा सक्रियता बढ्नेछ । दाजुभाइ र बन्धुबान्धवको सद्भाव र सहयोगप्राप्त हुनेछ । कामको दायित्व थपिने सम्भावना छ । कर्मप्रतिको समर्पणभाव बढ्नेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    थोरै बोलेको जाति हुन्छ किनभने आज बोलेको कुराको विपरित अर्थ लाग्न सक्ने समय छ । त्यस्तै, आफैँले गरेको सानो त्रुटिका कारण अपसज व्यहोर्ने दिन छ । त्यसैले सावधान, संयम र सचेत भई काममा मन लगाउनु उचित हुनेछ । आज अनावश्यक यात्रा नगरेको जाति हुनेछ । झमेला,चोटपटक र बस्तुहानीको भय देखिन्छ । यात्राका क्रममा दर्घट्ना हुनसक्ने धनमाल हराउने सम्भावना रहेको 
     दिन हो । नजिकैको मित्र वा नातेदारले पनि तपाईको मनको भावना बुझ्न सक्दैनन् । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    अभिभावक र विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुने हुनाले महत्वपूर्ण कार्य सम्पादन हुनेछ । सरकारी जागिरेले बढुवा, प्रसंसा र पुरस्कार प्राप्त गर्न सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छाटो दुरीको लाभदायी यात्रा हुनसक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायासी काममा समय र धन खर्च हुनेछ । घरायासी प्रयोजन र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिनेछ ।आम्दानीमा कमि हुनेछैन । साझेदारमा गरिएको व्यवसायमा राम्रो छ । स्वाथ्य सबल छ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आजको दिन चुनौति र परीक्षणका रुपमा देपखा परेको छ । सामान्यतया विवाद र झैँझगडामा फस्नु राम्रो हुँदैन । दैनिक कामा चुनौतिको सामना गर्नुपर्ला । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । व्यापार व्यवसायर साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधानमा लामो यात्राकोसम्भावना छ । वैदेशिक यात्राको प्रक्रिया शुरु हुनसक्छ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज महत्वपूर्ण ठाउँमा बोलि बिक्नेछ । प्रयास गर्नुहोला । आजको चिन्तन र उपायले काम गर्न सक्छ । छोराछोरीबाट सन्तोष प्राप्त् हुनेछ । सहयोगीहरुले काममा साथ दिनेछन् । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्न मौका छ । आम्दानीका मार्गहरु खुल्ला रहनेछ  । लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    सुरुमा मनमा डर र निराशाको अनुभूति गराउन सक्छ तर परिश्रम गरेको कामबाट लाभ प्राप्त हुनेछ । एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला।काम बिग्रने डरले सताउनेछ। पहिलेको सम्झौता भंग हुन सक्छ। धार्मिक र सामाजिक क्षेत्रमा मित्रवर्गको सहयोग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहेको छ ।  महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। व्यापार व्यवसायमा लाभ लिन सकिनेछ । चिताएको काम बन्ने योग छ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    समाजमा सम्मानित र चर्चित व्यक्तिहरुको साथ सहयोग प्राप्त हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । वन्धुवान्धव र दाजुभाइको सहयोग लिन दिन सकिनेछ । व्यापारिक वा दैनिक कामहरु सन्तोषजक रुपमा सम्पन्न हुनेछन् । वैदेशिक व्यापार कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक समय रहेको छ । आम्दानीमा कमि आउने छैन । अरुको भलाईको लागि दौडधूप गर्नुपर्ला । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    नसोचेका ठाउँबाट धनागमको संकेत छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । सामाजिक काममा संलग्न भएर व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका छ । बोलीवचनमा सुमधुरता आउने छ । नचिताएको ठाउँमा बोलि बिक्न सक्छ । वस्त्र, अलंकार आदि खरिद गर्ने योग छ । विशिष्ट व्यक्तिसँग भेटघाट र मित्रता कायम हुनेछ । पारिवारिक जमघटमा मन रमाउन सक्छ । मेवा मिष्ठान्न र परिकारको स्वादमा रमाउने दिन हो । आत्मविश्वास बढ्नेछ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । व्यापार व्यवसायमा राम्रै छ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    खानपिन परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनुपर्ने समय छ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुनसक्छ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। कतिपय राम्रा अवसरहरु प्राप्त हुनेछ । तर मन दोधार नबनाउनुहोला । 

    साताको लोकप्रीय