नेप्से परिसूचक १८९३ बिन्दु पार, एकैदिन बनायो तीन ओटा रेकर्ड

नेप्से परिसूचक १८९३ बिन्दु पार, एकैदिन बनायो तीन ओटा रेकर्ड

अर्थ डबली
बिहिवार, मंसिर ११ २०७७
अर्थ डबली
बिहिवार, मंसिर ११ २०७७ (अर्काइभ बाट)
  • नेप्से परिसूचक १८९३ बिन्दु पार, एकैदिन बनायो तीन ओटा रेकर्ड

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकले  ४ बर्षअघि बनाएको रेकर्ड तोड्दै ऐतिहासिक रेकर्ड कायम गरेको छ । 

    images
    images

    बजारमा नयाँ कीर्तिमान कायम भएपछि लगानीकर्ताहरु उत्साहित देखिएका छन् । ४ बर्षअघि सबैभन्दा बढी १८८१ बिन्दुमा पुगेको नेप्से परिसूचकले पुनः लय समातेको छ । बिहीबार नेप्से १८.४३ अंकले बृद्धि भएर एक हजार ८९३.२५ बिन्दुमा उक्लिएको छ । 

    त्यस्तै, साताको पहिलो दिन आइतबार हालसम्मकै उच्च ६ अर्ब ९० करोड रुपैयाँ माथिको कारोबार भई बनाएको नयाँ रेकर्ड आज बिहीबार तोडिएको छ । यसदिन हालसम्मकै सर्वाधिक बढी ७ अर्ब ६१ करोड ३० लाख ३० हजारबढीको कारोबार भएको छ ।
     
    आज नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पुँजीकरणमा अर्को रेकर्ड कायम भएको छ । यसदिन नेप्सेमा सूचिकृत २०१ ओटा कम्पनीको शेयर ७० हजार ३ पटक व्यापार भएको छ भने कारोबार अवधिभर कूल एक करोड ७१ लाख ८८ हजार ९९९ कित्ता शेयर कारोबार भएको छ ।

    बिहीवार कारोबार रकमसँगै कारोबार कित्ता र व्यापार पटकले नै ऐतिहासिक रेकर्ड राखेको हो ।

    लगातार बढेको नाफा बुक गर्नेहरु सक्रिय रहँदा बजारमा उतारचढाव देखिएको छ । यसदिन कारोबारमा आएका  पाँच ओटा समूहबाहेक सबैं समूहको परिसूचकमा गिरावट आएको छ । बढेको समूहअन्तर्गत बैंकिङ समूहको परिसूचक सर्वाधिक ३७.७६ अंकले बृद्धि भएको छ ।

    त्यस्तै, हाइड्रो पावर समूहको ६.६२ अंक, अन्य समूहको १५.३६ अंक, उत्पादन तथा प्रशोधन समूहको ०.०९ अंक र म्युचुअल फण्ड समूहको ०.०७ अंकले बढेको छ ।

    त्यस्तै, व्यापारिक समूहको परिसूचक १३०.६६ अंकले घटेको छ भने निर्जीबन बीमा समूहो १६५.०१ अंक, जीवन बीमाको १३४.३२ अंकले घटेको छ । विकास बैंकको ८.३५ अंक, वित्तको ५.८७ अंक र होटल समूहको ४३.६५ अंकले परिसूचक ओरालो लागेको छ । 

    सेयरमूल्य बढेका / घटेका कम्पनीहरु 
    बिहीबार कारोबारमा आएका कम्पनीहरुमध्ये एनएमबि माइक्रो फाइनान्स वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक बढी १० प्रतिशतले बृद्धि भएको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९९ रुपैयाँले बृद्धि हुँदा अन्तिम मूल्य एक हजार ८९ रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, पाँचथर पावरको शेयरमूल्य ९.९५ प्रतिशत अर्थात प्रतिकित्ता २२ रुपैयाँले बृद्धि भई अन्तिम मूल्य २४३ रुपैयाँ कायम भएको छ । त्यसैगरी हिमालयन उर्जा विकास कम्पनीको लगानीकर्ताहरुले ९.७९ प्रतिशत र आँखुखोला जलविद्यतु कम्पनीका लगानीकर्ताहरुले पनि ९.५९ प्रतिशतले नाफा कमाएका छन् । 

    आजको कारोबारमा व्यापार समूह अन्तर्गतको साल्ट ट्रेडिङ कर्पोरेसनको शेयरमूल्य सर्वाधिक बढी ६.१८ प्रतिशतले घटेको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले प्रतिकित्ता ४९४ रुपैयाँका दरले नाफा गुमाउदा कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता ७ हजार ५०६ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, न्याग्दी ग्रुप पावर, बोटलर्स नेपाल र सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्यमा पनि आज ५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । 

    सर्वाधिक कारोबार गर्ने कम्पनीहरु 
    बिहीबारको कारोबार रकममा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक बढी हिस्सा रहेको छ । ७ अर्ब ६१ करोड माथिको कारोबार रकममा कूल ५८ करोड १३ लाख १७ हजार रुपैयाँको योगदान उक्त कम्पनीको रहेको हो । 

    यसैगरी नविल बैंकको ३८ करोड ३४ लाख ४१ हजार रुपैयाँमाथिको कारोबार भएको छ भने शिवम् सिमेन्टको कारोबार रकम २८ करोड ९१ लाख ९५ हजार रुपैयाँ रहेको छ । 

    नेपाल दुरसञ्चार कम्पनीको आजको कारोबार रकम २८ करोड २७ लाख ३८ हजारबढीको रहेको छ भने नेपाल बैंकको कारोबार रकम २५ करोड ५१ लाख ६८ हजार रुपैयाँभन्दा बढी रहेको छ । 

     


     

    साताको लोकप्रीय