एनसेलको नयाँ एनसेल सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

एनसेलको नयाँ एनसेल सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

अर्थ डबली
बिहिवार, मंसिर ११ २०७७
अर्थ डबली
बिहिवार, मंसिर ११ २०७७ (अर्काइभ बाट)
  • एनसेलको नयाँ एनसेल सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

     काठमाडौँ / एनसेल आजियाटा लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना गरी ग्राहकलाई सेवा दिन थालेको छ । 

    images
    images

    कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड पालना गर्दै यस सेन्टरले सेवा प्रवाह गर्न थालेको हो । 

    आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुपआफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवाप्रदानगर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य अन्र्तगत यो नयाँ एनसेल सेन्टर एनसेलले संचालनमा ल्याएको हो । 

    यस सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् । 

    यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिमतथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।  

    आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्नेे प्रतिबद्घताअनुरुप, यस नयाँ सेन्टरले विदेशबाट आउने यात्रु तथा ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । 

    आइतबार देखि शनिबार हप्ताको सातै दिनबिहान ९ बजे देखि ५ः३० बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवाप्रदान गर्नेछ । 

    आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३२ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।

    साताको लोकप्रीय