मिथुनको योजना कार्यान्वयन गर्ने र मिनको भौतिक सम्पत्तिको जोहो हुने, अन्य राशीको दिन कस्तो रहला ? हेर्नुस् 

मिथुनको योजना कार्यान्वयन गर्ने र मिनको भौतिक सम्पत्तिको जोहो हुने, अन्य राशीको दिन कस्तो रहला ? हेर्नुस् 

अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७ (अर्काइभ बाट)
  • मिथुनको योजना कार्यान्वयन गर्ने र मिनको भौतिक सम्पत्तिको जोहो हुने, अन्य राशीको दिन कस्तो रहला ? हेर्नुस् 

    वि.सं. २०७७ साल, मङ्सिर महिना, १२ गते, शुक्रवार, कार्तिक शुक्ल (कछलाथ्व) द्वादशी, अश्विनी नक्षत्र, मेष राशिको चन्द्रमा, व्यतिपात योग, बालब र कौलव करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
    आज : श्री शुक्र प्रदोष व्रत, आजको मूहुर्त : रुद्राभिषेक (शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कर्णवेध (कान छेड्ने), शिलान्यास (सामान्य), वास्तुमुहूर्त, वस्त्राभरण (गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, पुराणश्रवण, कलशचक्र, भोलि : श्री विष्णुवैकुण्ठ चतुर्दशी व्रत, डोटी केदार मेला, पाल्पा दर्लम डाँडा महाकाली भगवती यात्रा,भोलिको मूहुर्त : रुद्राभिषेक (शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), कलशचक्र ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशियक यात्राको प्रयासको लागि समय अनुकूल रहेको छ । अन्न, फलफूल आदि कृषिजन्य व्यवासयबाट आर्थिक उपार्जन हुने योग छ । व्यापार व्यवसायको क्षेत्रमा लाभ मिल्नेछ । समय मनोरञ्जनपूर्ण रहेको छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनमा प्रगति हुनेछ । न्यायिक कानुनी वा प्रतियोगितात्मक क्रियाकलामा विजयी भइनेछ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    समय जटिल भए पनि शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । सुखी जीवन बिताउन तिर्सना जाग्नेछ । रामरमाइलो तथा मनोरञ्जनात्मक क्षेत्रमा खर्च बढाउन सकिनेछ । छिमेकी वा साथीभाइले कुनै महत्वपूर्ण काममा सहयोग गर्नेछन् । खर्च बृद्धि हुने समय छ । परोपकार वा धार्मिक, सामाजिक आदि समुति ठाउँमा धनव्यय हुनेछ । लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। अभिभावको इच्छाबमोजिम धार्मिक वा सांस्कृतिक क्षेत्रको भ्रमण हुनसक्छ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    बन्धुबान्धव र साथीभाइको सरसहयोग प्राप्त हुने दिने हो । रोकिएका अपूरा कार्यहरु पूरा हुनेछ । व्यापारमा सामान्य फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। अड्डा अदालत वा कुनै सरकारी काम सुल्झाउने समय छ । आम्दानी  बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । कार्यक्षेत्र वा व्यापार व्यवासयमा प्रशस्त फाइदा हुनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा गरिएको प्रयास सफल हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिहिनेतले लक्ष्यमा भने पुर्याउनेछ। समय उत्साहजनक रहेको छ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    सामाजिक सम्बन्ध सुदृढ रहनेछ । कार्यक्षेत्र वा कामधन्दामा व्यस्त रहनुपलाृ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। रारमाइलो र पठनपाठनमा ध्यानकेन्द्रित हुन सक्दैन । परीक्षा वा प्रतियोगितामा विजय प्राप्त हुने दिन हो । आर्थिक पक्ष कमजोर छैन । कर्मसिद्धीको समय छ । आज जे गरे पनि अभिभावकको सल्लाहमा गरेको राम्रो हुनेछ । श्रममूलक काम गर्नेहरुले थाकेको अनुभूति गर्नसक्छ । पौष्टिक आहारमा ध्यान दिनुहोला । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    मान्यजनको आशिर्वाद पाउनु हुनेछ । हाँकेताकेका वा चिताएका काममा सफलता मिल्नेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ । अचानक हर्षित हुने समचार मिल्नेछ । परोपकारी काममा खट्नुपर्नेछ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भूमिका रहनेछ । टाढा रहेको आफन्तको प्रगतिको समाचार सुन्न पाइनेछ । लामो दुरीको यात्राको लागि समय अनुकूल रहेको छ । मनोरञ्जनात्मक काममा संलग्न भइनेछ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । व्यापार व्यवासयमा फाइदा हुनेछ । केही समय लागे पनि चिताएको काम बनाउन सकिनेछ। पछिका लागि काम गर्ने समय छ। शुभचिन्तकहरूले साथ दिनेछन्।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    मनमा चिन्ता, शंका भए पनि उत्साहमा कमि हुनेछैन । रोकिएको काम बन्नसक्छ । जोखिमयुक्त काम र यात्राका क्रममा सचेत हुनुहोला । आजको दिन लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः शुरु गर्ने समय हो । स्वास्थ्यका सानातिना समस्या देखिए पनि त्यसले तपाईको काममा असर पुर्याउने छैन । बढी खर्च र यात्रा दुबै हुनसक्छ । तर आर्थिक रुपमा टेवा नै पुग्नेछ । गुप्त योजना कार्यान्वयन हुनसक्छ ।  

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    सोच्दै नसोचेको कामहरु सजिलै सम्पन्न हुनेछ । परिवारजनको साथले उत्साहित भइनेछ। साझेदारीमा कुनै काम गर्ने योजना बनाउनुभएको छ भने आजको दिन अनुकूल रहेको छ । घरायासी सुखको वस्तु किनमेल हुनसक्छ । घरपविारमा हर्षको वातावरण हुनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुनसक्छ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । आफन्तका बीचमा आत्मीयता बढ्नेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ। आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    भोगविलासमा आकर्षण बढ्नसक्छ तर मनले चाहेजस्तो परिणाम प्राप्त गर्न गाह्रो छ । मनोरञ्जनात्मक क्रियाकलापमा समय र धन खर्च हुनसक्छ । व्यापार व्यवसायमा चुनौतिको सामना गर्नुपर्छ । प्रतिस्पर्धा र शत्रुहरुको चलखेल बढ्नाले केही चुनौति र अप्ठ्यारो सामना गर्नुपर्ला । प्रतिस्पर्धीहरुले औला उठाउने मौका पाउनेछन् । कामा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनुपर्नेछ । प्रयत्न गर्दा समेत परिस्थिति आफ्नो पष्मा आउने छैन । अनपेक्षित वादविवाद हुनसक्छ संयम हुनुहोला । व्यापार व्यवसायमा भन
     खासै खराब प्रभाव पर्नेछैन । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    विद्यार्थीहरुले आफ्नो क्षता प्रदर्शन गरी स्वाबासी पाउने दिन हो । अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने दिन हो । व्यापार व्यवसाय र पेसागत जीवनमा सामान्य छ । कुनै दिर्घकालिन योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्वपूर्ण बन्नसक्छ । विचारको कदर हुनेछ । भाइबहीको कामबाट सन्तुष्टि मिल्नेछ । तिनीहरुले खुशीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइ र बन्धुवान्धवले आवश्यक मद्दत गर्नेछन् । खानपान र मनोरञ्जनका लागि राम्रो समय रहेको छ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    मन एकतमासको बन्नेछ । दिकदारी र तनावको मात्रामा बृद्धि हुनसक्छ । आज मनमो देखिने अस्थिरता र अधैर्यतालार्य त्यागेर हिम्मतका साथमा अघि बढ्ने प्रयास गर्नु राम्रो हो । आफ्ना लक्ष्य र योजनाका बारेमा खुलेर छलफल गरेमा सही मार्गदर्शन हुने तथा आत्मबल मिल्ने समय छ । साथीभाइ र सहयोगीहरबाट सहयोग लिन सकिनेछ । व्यवसाय र कामधन्दामा सफलता प्राप्त हुनेछ । योजना गोप्य राखेर अघि बढ्नुहोला। अप्ठ्यारो पर्दा मान्यजन र शुभचिन्तकहरूले साथ दिनेछन्। 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    समय मध्यमस्तरको रहेको छ । गरेको काम र व्यापार व्यवसायमा राम्रै छ । आफन्तको साथ मिल्नेछ । धार्मिक र सामाजिक काममा समय र धन लगानी गर्ने समय आएको छ । झैझगडा र मुद्दामामिलाबाट टाढिन नै जाति हुनेछ । आकस्मिक रुपमा कुनै वस्तु खरिद गर्दा अनायासै महङ्गामो पर्नसक्छ । त्यसैले आवश्यक छैन भने पछि खरिद गर्दा राम्रो हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादा स्थापनाका लागि संघर्ष गर्नुपर्ला । विगतमा भएका गल्ती सच्याउने अवसर पाइनेछ । दार्शनिक र अध्यात्मिक बिषयमा आकर्षित भइनेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आर्थिक दृष्टिले समय राम्रो छ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईको बोलीको कदर हुनेछ । सुनचाँदी जस्ता धातुको कारोबारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । दिदीबहिनीको सहयोग पाइनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा पनि सकारात्मक सङ्केत देखिनेछ । व्यापार व्यवसायबाट राम्रो फाइदा लिन सकिन्छ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुनसक्छ । भौतिक साधनको जोहो र मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्नेछ । बोलिको भरमा काम सम्पन्न गर्न सकिनेछ । 

    साताको लोकप्रीय