आजको मौसम : तीनओटा प्रदेशमा बर्षा र हिमपातको सम्भावना 

आजको मौसम : तीनओटा प्रदेशमा बर्षा र हिमपातको सम्भावना 

अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७ (अर्काइभ बाट)
  • आजको मौसम : तीनओटा प्रदेशमा बर्षा र हिमपातको सम्भावना 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको प्रभाव छ ।    
     
    हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रहेको छ ।  

    images
    images

    दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलि रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ र बाँकि भुभागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती :  प्रदेश नं १ मा आंशिक बदलि रही बाँकि भुभागमा मौसम सामान्यतया सफा रहनेछ । 

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
    गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहने तथा देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भुभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

    साताको लोकप्रीय