एनएमबि बैंकको १७३ औं शाखा बुटवलको देवीनगरमा सञ्चालन 

एनएमबि बैंकको १७३ औं शाखा बुटवलको देवीनगरमा सञ्चालन 

अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७ (अर्काइभ बाट)
  • एनएमबि बैंकको १७३ औं शाखा बुटवलको देवीनगरमा सञ्चालन 

    काठमाडौँ / एनएमबि बैंक लिमिटेडको नयाँ १७३ औँ शाखा बुटवलको देवीनगरमा सञ्चालनमा आएको छ । 

    images
    images

    कोभिड १९ को विश्वव्यापी महामारी र सम्बन्धित सवैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दुरी र सुरक्षाका सम्भाव्य उपायहरु अवलम्बन गर्दै बैंकको प्रदेश कार्यालयका कर्मचारी र  केन्द्रिय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यहरुको भर्चुअल उपस्थितिमा  उक्त शाखाको शुभारम्भ गरिएको बैंकले जनाएको छ । 

    यससँगै बैंकको अब लुम्बिनी प्रदेशमा जम्मा २८ शाखाहरू पुगेका छन् । साथै बैकले  आफ्ना नवीनतम सेवा सुविधाहरू लिएर ग्राहकहरूसम्म पुग्ने क्रम जारी रहेको बताएको छ । 

    एनएमबि बैंकले १७३ शाखाहरु, ८ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै १०,४१६ क्यूआर र ४३४ भन्दा बढी पोस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    साताको लोकप्रीय