विश्व बैंकको सहयोगमा तीन हजार किमी सडक आवधिक मर्मत हुँदै, कहाँ कहाँ हुँदैछ ?

विश्व बैंकको सहयोगमा तीन हजार किमी सडक आवधिक मर्मत हुँदै, कहाँ कहाँ हुँदैछ ?

अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर १२ २०७७ (अर्काइभ बाट)
  • विश्व बैंकको सहयोगमा तीन हजार किमी सडक आवधिक मर्मत हुँदै, कहाँ कहाँ हुँदैछ ?

    सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ ।

    images
    images

    विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क) मा मर्मत गर्न लागिएको हो ।  

    आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी सम्झौता भएको  विभागले जनाएको छ । सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार पूरै बिग्रिएर पुनःस्थापना गर्ने सडकभन्दा पनि निर्माण भएको केही वर्ष भएकाले मर्मत चाहिने सडक छनोट गरिनेछ । उनले भने, “सडक अनुसार फरकफरक किमिमको मर्मत चाहिन सक्छ ।”

     सडक बोर्ड नेपालले वार्षिकरुपमा गर्दै आएको मर्मतभन्दा फरक सडकमा मर्मत गर्न लागिएको हो । सो मर्मतमा सडकको एक तह थप हुने अधिकारीले बताए । 

    सामान्यतया सडक निर्माण गरिएको पाँच÷छ वर्षमा मर्मत गर्नुपर्ने हुन्छ । कतिपय सडक त्यसभन्दा धेरै वर्षसम्म मर्मत हुन नसकेकाले अहिले गर्न लागिएको हो । अहिले मर्मत गर्न लागिएको सडकमा मुग्लिन–नागढुङ्गा सडक, कमला–ढल्केबर सडकलगायत छन् । 

     स्थानीयस्तरमा समन्वय गर्ने काम डिभिजन सडक कार्यालयहरुले गर्नेछन् । गत असारमा सम्झौता भएकामा सो काम आगामी २०८२ सम्ममा मर्मत गर्नुपर्नेछ । यसको लागत झण्डै रु आठ अर्ब रहनेछ । 

    साताको लोकप्रीय