काठमाडौँ / मंगलबार सुनको भाउमा भारी गिरावट आएको छ । केही दिनयता निरन्तर बृद्धि भएको सुनको भाउ एकैदिन ३ हजार ४०० रुपैयाँ घटेको हो ।
सोमबार ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बजार खुलेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको बजारमूल्य अनुसार घटेर ९४ हजार ८०० रुपैयाँ कायम भएको हो ।
सोही परिमाणको तेजावी सुनलाई आज तोलामा ९४ हजार ३०० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ पनि तोलामा ७० रुपैयाँ घटेको छ ।
यसअघि तोलामा एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार ११५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।