आज कुन राशी हुनेलाई के गर्दा फाइदा होला ? हेर्नुस् राशीफल 

आज कुन राशी हुनेलाई के गर्दा फाइदा होला ? हेर्नुस् राशीफल 

अर्थ डबली
शनिवार, मंसिर १३ २०७७
अर्थ डबली
शनिवार, मंसिर १३ २०७७ (अर्काइभ बाट)
  • आज कुन राशी हुनेलाई के गर्दा फाइदा होला ? हेर्नुस् राशीफल 

    वि.सं. २०७७ साल, मङ्सिर महिना, १३ गते, शनिवार, कार्तिक शुक्ल (कछलाथ्व) त्रयोदशी, भरिणी नक्षत्र, मेष राशिको चन्द्रमा, वरीयान् योग, तैतिल र गर करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, आज : श्री विष्णुवैकुण्ठ चतुर्दशी व्रत, डोटी केदार मेला, पाल्पा दर्लम डाँडा महाकाली भगवती यात्रा, आजको मूहुर्त : रुद्राभिषेक (शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), कलशचक्र, भोलि : पूर्णिमा व्रत, शिव वैकुण्ठ चतुर्दशी व्रत, डोटी दिपायल जाँत, केदार पूजा, भागेश्वर धादिंग किरानचोक कालिका भगवती यात्रा, भद्रा करण दिनको १२।३९ बजेदेखि मध्यरात्रीपछि ०१.३८ बजेसम्म,भोलिको मूहुर्त : रुद्राभिषेक (शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन) ।, 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आँटेका, ताकेका काममा सफलता मिल्नसक्ने गज्जबको दिन हो । सिर्जनात्मक र रचनात्मक काम शुरु गर्ने समय छ । शक्ति र सामथ्र्यको प्राप्ति हुने दिन हो । पहुँचमा भएका व्यक्तिबाट लाभमूलक कामको आश्वासन पाइनेछ ।  मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ।  रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ काम वा योजना कार्यान्वयन गर्ने दिन रहेको छ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    विवाद, मुद्दामामिला र प्रतिस्पर्धाका क्षेत्रबाट फायदा लिन सकिनेछ । आज खर्चबर्च र बजेटलाई सन्तुलनमा राख्न प्रयास गर्नुहोला । नत्र आर्थिक संकटको सामना गर्नुपर्ने हुन्छ । खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। उचित सुझबुझ र सल्लाह लिनाले अनावश्यक खर्च र नोक्सानीबाट जोगिने सकिनेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    साझेदारीमा फाइदा हुनेछ । आयआर्जनको स्रोत बढ्नेछ । विभिन्न भौतिक साधनहरु जुट्नेछन् । परिवारजनका आवश्यकता पूर्ति हुनेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । उठ्नुपर्ने रकम हातलागनी हुनेछ । पितृधनको उपयोग वा  गरिएको कामधन्दाबाट फाइदा उठ्ने समय हो । आज गरिएको रकमको सदुपयोग हुनेछ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    प्रतिष्ठित काम गर्ने मौका छ । अरुलाई प्रभावित पारेर काम बनाउने समय छ । सामाजिक कामको दायित्व बढ्नेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तूल्याउन सक्छ । गर्दै आएको कामधन्दा र व्यवसायमा ठूलाबडाको सहयोग लिन सकिनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । अहिलेको लगानीले दिर्घकालसम्म फाइदा पुग्नेछ ।  प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। दूरगामी भविष्यप्रति लक्षित लगानी गरेमा पछि राम्रो फाइदा आर्जन गर्न सकिनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज अभिभावकको आशिर्वादले काम गर्ने समय हो । कतै यात्रामा निस्कने योजना बनाउँदै हुनुहुन्छ भने आज र भोलि अनुकूल हुनसक्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय हो । परोपकारी काम वा धार्मिक÷सामाजिक काममा सहयोग र लगानी गर्नुपर्ने हुनसक्छ । नयाँ काम र थप जिम्मेवारी हात पार्ने मौका छ । आर्थिक पक्ष सबल छ । शुभचिन्तकहरूले पनि सामान्य सहयोग जुटाउनेछन्। सामाजिक कामको जिम्मेवारी बढ्नेछ। 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    समय विपक्षमा भए पनि हिम्मत र आत्मबलको प्रयोग गरी काम लिन सकिने दिन हो । काममा केही चुनौति देखिन सक्छ । यद्यपि प्रयत्न गर्दा खोजेको उपलब्धि हासिल हुनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिनेछ । नसोचेको धन लाभ हुनसक्छ । तर पनि काम बिग्रनेभयले सताउन सक्छ ।  परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। आय आर्जन राम्रै हुनेछ । विभिन्न सहयोग र उपाहार प्राप्त हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। कामको चाप र थकाइबाट मुक्त रही विश्रम पाइनेछ । घरायासी प्रयोजनको वस्तु किनमेला हुनेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आर्थिक कारोबार गर्दा निकै सचेत हुनुहोला । अवसरका लागि समस्यासँग जुध्नुपर्ला। आफ्नैबाट धोका हुनसक्छ तर मिहिनेत गर्दा मौकाको फाइदा उठाउन सकिनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाकैयोग छ । यात्राको व्यवस्थापनमा खर्च हुनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। हतार वा आवेशमा आएर काम नगर्नुहोला । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। ज्ञान वा वुद्धिको उपयोग गरी लक्ष्य पहिल्याउनुपर्ने समय हो । आज नयाँ कुरा जानकारीमा आउन सक्छ । प्रयत्न गर्दा पछि फाइदा हुने काम हातलागी हुनेछ। बोलिमा मिठास भएको दिन छ । त्यसैले मुखका माध्यमबाट कुनै विशेष काम पूरा गर्न सकिनेछ । कार्यक्षेत्र र व्यापार व्यवसाय राम्रै रहेको छ । स्वास्थ्य सबल छ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    हतारको निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । मान्जयनको सुझाव शिरोधार्य गर्दा बिग्रेको काम बन्नसक्छ ।मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । पशुधन र जमिनबाट पनि फाइदा होला । बिग्रएको सम्बन्ध र विगतको कमेजारीलार्य सुधार गर्ने मौका छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। कृषि चौपायााट लाभ मिल्न सक्छ । स्थायी सम्पीत्त जोड्ने समय छ । नयाँ काम शुरु गर्ने योग रहेको छ। 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरुले हात झिक्नाले केही समस्या देखिनेछ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला  पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ । सहयोगीहरुले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । तर आफ्नै प्रयासमा गरेको काममा भने लाभ मिल्नेछ । काममा चुनौति देखिए पनि मिहिनेत र धैर्य गर्दा सफलता मिल्नेछ । सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    मुखमा सरस्वतीको वास भएको राम्रो दिन छ । धनधान्य र सम्पत्ति जुटाउने विचार सक्रिय हुने समय छ । मानसम्मान बढ्नेछ । बोलिको भरमा कुनै गतिलो काम पूरा गर्न सकिनेछ  विगतमा गरेको श्रमको प्रतिफल प्राप्त हुने समय छ । रोकिएको वा फँसेको धन लाभ हुनेछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ।  दाम र नाम कमाउने समय छ।

    साताको लोकप्रीय