कृषिमन्त्री भुसाल भन्छन् – ‘कृषकका गुनासा हट्न समय लाग्छ’

कृषिमन्त्री भुसाल भन्छन् – ‘कृषकका गुनासा हट्न समय लाग्छ’

अर्थ डबली
शनिवार, मंसिर १३ २०७७
अर्थ डबली
शनिवार, मंसिर १३ २०७७ (अर्काइभ बाट)
  • कृषिमन्त्री भुसाल भन्छन् – ‘कृषकका गुनासा हट्न समय लाग्छ’

    कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषक र उपभोक्ताबीचको दूरी हटेर जाने बताए । 

    images
    images
    images

    सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उहाँले कृषक र उपभोक्ताबीचको दूरी घटाउने गरी सरकारले काम गरिरहेको जानकारी दिए । 

    उनले भने, “कृषकका गुनासा हट्न समय लाग्छ । कृषक र उपभोक्ताबीचको दूरी कम हुँदा ठूला समस्याको सामाधान हुन्छ ।” कृषि क्षेत्रमा आधुनिकीकरणको शुरुआत भइसकेको जनाउँदै उनले यस क्षेत्रको भविष्य राम्रो रहेको बताए । 

    फरक प्रसङ्गमा कृषिमन्त्री भुषालले सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रणका लागि काम गरिरहेको जानकारी दिए । उनले भने, “कसको रिपोर्ट के आउँछ भन्ने अर्को कुरा हो । 

    मुलुकप्रति जिम्मेवार सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रण गर्नुपर्छ ।” उनले पार्टीभित्रको विवादलाई विधिभित्र राखेर समाधान गर्ने जानकारी दिए । 

    पार्टी दुवै अध्यक्षलाई विधिभित्र राखेर समस्या समाधान गर्ने प्रयासमा दोस्रो तहका नेतासँगै सिङ्गो पार्टी रहेको उनको भनाइ थियो । उनले भने, “पार्टी एउटा घर हो । तपाई हाम्रो घरभित्र समस्यारहित छैन ।

     त्यस्तै हो यो । विवाद मिलाउँदै जानुपर्छ ।” ठूलो पार्टीभित्र विवाद हुनु स्वभाविक भएको उनको जिकिर थियो ।  

    साताको लोकप्रीय