राशीफल : आज आइतबार तपाईको धन प्राप्ति, यात्रा पारिवारिक सुख यस्तो देखिन्छ 

राशीफल : आज आइतबार तपाईको धन प्राप्ति, यात्रा पारिवारिक सुख यस्तो देखिन्छ 

अर्थ डबली
आइतवार, मंसिर १४ २०७७
अर्थ डबली
आइतवार, मंसिर १४ २०७७ (अर्काइभ बाट)
  • राशीफल : आज आइतबार तपाईको धन प्राप्ति, यात्रा पारिवारिक सुख यस्तो देखिन्छ 

    वि.सं.२०७७ साल, मङ्सिर महिना, १४ गते, आइतवार, कार्तिक शुक्ल (कछलाथ्व) चतुर्दशी, कृतिका नक्षत्र, मेष राशिको चन्द्रमा, परिघ योग, वणिज र विष्टि (भद्रा) करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आज । पूर्णिमा व्रत, शिव वैकुण्ठ चतुर्दशी व्रत, डोटी दिपायल जाँत, केदार पूजा, भागेश्वर मेला, धादिंग किरानचोक कालिका भगवती यात्रा, भद्रा करण दिनको १२.३९ बजेदेखि मध्यरात्रीपछि ०.३८ बजेसम्म, आजको मूहुर्तः  रुद्राभिषेक (शिववास जुरेको, रुद्री र पूजा गर्न मिल्ने दिन, अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), भोलि स् मन्वादि, कार्तिक स्नानको समाप्ति, चतुर्मास व्रत समाप्ति, थानकोट वाणस्थली, त्रिवेणी स्नान, जगद्गुरु श्री निम्बार्काचार्य जयन्ती, वाहेगुरु श्री नानकदेव जयन्ती, बराह क्षेत्रमा ५ दिवसीय धार्मिक मेला समापन, सिलगढी डोटीमा शैलेश्वरी जाँत, त्रिपुरोत्सव, सकिमनापुह्नि, कृतिका दीपोत्सव,भोलिको मूहुर्तः गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, घर छाउने र ढलान गर्ने, दैलो राख्ने, पुराणश्रवण  

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आर्थिक पक्ष सुदृ रहनुका साथै चलिआएका समस्याहरुमाथि विजय प्राप्त हुने दिन हो । साँझसम्म हातमा अचानक नसोचेको धन आइपुग्न सक्छ । महत्वपूर्ण ठाउँमा बोलि बिक्ने सम्भावना छ  । विभिन्न सामग्री किनमेला गर्न आजको दिन राम्रो छ । स्वास्थ्य सबल छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्इापार व्यवासयमा फाइदा छ । नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ । रामरमाइलेमा खर्च बृद्धि हुने छ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आजबाट खराब र दिक्कलाग्दो समयको समाप्ति हुँदैछ । सबै खालका असन्तुष्टिहरु समाप्त भएर अब मनोरञ्जनमा आकर्षण बढ्नेछ । कार्यक्षेत्र वा कारोबारमा देखिएका समस्इा समाधान हुनेछ । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। स्वास्थ्यमा समेत सुधार हुँदै जानेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नुपर्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । वादविवादमा विजय प्राप्त हुनेछ । रोकिएका वा पुराना काम पुनः शुरु गर्ने योग छ । मनोरञ्जन र रमाइलोका लागि समय र धनको जोहो हुनेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    दिँउसोको तुलनामा विहानको समय बढी सकारात्मक रहेको छ । शुरुमा सामाजिक तथा सांस्कृतिक काममासंलग्न हुनुपर्नेछ । कुनै नयाँ विषयमा ज्ञान हासिल हुने दिन हो । कामप्रति लगानीलता बढ्नेछ ।  लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। पशुपालन र कृषिजन्य व्यवसायमा लाभ प्राप्त हुनेछ । दिउँसोबाट गरेका काममा अवरोध आउन सक्छ । घरायासी प्रयोजनमा खर्च बढ्न सक्छ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    सुरुमा धार्मिक र सामाजिक क्रियाकलापमा सक्रिय भइनेछ । मातापिता वा मान्जयनको आशिर्वादले महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । कर्मप्रति समर्पित भई भाग्यबल बृद्धि गर्ने समय छ । त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लािग गरिएको प्रयास सफल हुनेछ । चिनाउदै नचिताएको कुनै महत्पूर्ण कार्य सम्पन्न हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ। लामो समयदेखि रोकिएको प्रशासनिक कार्य सुल्झाउने समय छ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    बिहान धर्म, दर्शन र आध्यात्मिक बिषयमा आकर्षण बढ्नेछ । व्यापार व्यवसाय र कामधन्दामा खट्ने समय आएको छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ।लामो दुरीको यात्राको लागि आजको दिन अनुकूल रहेको छ । नयाँ जिम्मेवारी पाइनेछ। दिगो आम्दानी हुने क्षेत्रमा धन लगानी हुनेछ । आम्दानीमा कमि आउने छैन । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    परिस्थिति विपक्षमा देखिए पनि डराउनु पर्ने अवस्था छैन । बिहान बित्नसाथ कुनै सुखद समाचार सुन्न पाइएला । गरेका काममा ढिलै भए पनि सफलता मिल्नेछ । सानो प्रयासले अड्डाअदालतमा रोकिएको काम सम्पन्न हुनेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आज मानसम्मान र प्रशंसा बटुल्ने दिन हो । साँझपख सोच्दै नसोचेको काम बनेको खबर सुन्न पाइएला । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    प्रारम्भमा मनमा उत्साह र उमंग नै देखिनेछ । हाँसखेल र रमाइलोमा झुकाव भएको दि हो  बौद्धिक क्षेत्रमा समेत राम्रो छ । आँटेका ताकेका काममा उपलब्धि प्राप्त हुनेछ । दिउँसोदेखि रिस, घमण्ड र क्रोधले शरीरमा प्रवेश गर्ने समय हो । अतः संयम र सचेत रहनुपर्छ । व्यापार र साझेदारीका काम अपरान्ह अघि नै सक्नु राम्रो हुनेछ । अपरान्हपछि काम बिग्रने भयले सताउनेछ छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज लामो समयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्ण दिन हो । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनसक्छ । व्यवहारिक र व्यवसायिक चिन्तनका लािग उपयक्त समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।  व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्न सक्छ। बेलुकीपख मन चञ्चल हुनसक्छ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    बिहानीपख बौद्धिक क्षेत्र राम्रो छ । बौद्धिक र चिन्तमूलक क्रियाकलापमा दिन बित्नेछ । दिउँसोदेखि चिडचिडेपन र झगडालु स्वभाव विकसित हुने दिन हो । त्यसैले हरेक काम गर्दा आफूमाथि नियन्त्रण गरेको राम्रो हुनेछ । ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। रिसको कारणले असर पुर्याउने मसय छ । व्यर्थमा तर्क रविवाद नगर्नुहोला । बाध्यात्मक खर्च बृद्धि हुनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    महत्पूर्ण घरायासी काममा संलग्न रहेर बिहानको समय बित्नसक्छ । देख्दा सानातिना र बेकामे काम भए पनि आजको मेहनतले भविष्यमा केही न केही फाइदा हुनेछ । घरव्यवहारका अन्य विषयमा पनि ध्यान केन्द्रित हुनसक्छ । गरेको प्रयासबाट सार्थक फल लाभ मिल्नेछ । लगनशीलताले राम्रै फाइदा दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट लाभ हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा अर्थलाभ हुने काम प्रारम्भ हुनेछ। डुको धन अप्रत्यासित रुपमा फिर्ता आउने योग रहेको छ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    प्रातः कालमा सामाजिक भावना र परोपकारी काममा समय प्रदान गर्नुपर्ने हुनसक्छ । साथीभाइ र बन्धुवान्धवसँग भलाकुसारी गर्ने र सहयोग लिने दिने समय हो  । आजको दिन मस्तिष्क असन्तुलित बन्ने र असहज स्थिति सिर्जना हुने समय हो । त्यसैले हरेक समस्यामा शान्त र गम्भीर बन्ने प्रयास गर्नुहोला । कार्यक्षेत्र र व्यापार व्यवसायमा भनेजस्तो समय छैन । कार्यक्षेत्रमा हाकिम र मातापिताको खप्की खानुपर्ने मसय छ । समग्रमा आजको दिन गतिलो छैन । अनावश्यक दौडधूप गर्नुपर्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक ÷सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँ नयाँ मार्ग पत्ता लाग्नेछ । स्वास्थ्यमा नकारात्मक संकेत देखिनेछ । चाहाना बमोजिम कार्य सम्पन्न गर्न सकिनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। यात्रा सम्पन्न र सफल सिद्ध हुनेछ । 

    साताको लोकप्रीय