महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको जित, किशोर प्रधानको हार

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको जित, किशोर प्रधानको हार

अर्थ डबली
आइतवार, मंसिर १४ २०७७
अर्थ डबली
आइतवार, मंसिर १४ २०७७ (अर्काइभ बाट)
  • महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको जित, किशोर प्रधानको हार

    काठमाडौं/ नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल भारी मतान्तरलेविजयी भएका छन् ।  समूहमा कुल १०५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याए । 

    images
    images

    आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजा अनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
    निजी क्षेत्रको छाता सङ्गठन मानिने महासंघको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो । 


    महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । यो २४.७६ प्रतिशत भार हो । त्यस्तै, ३० प्रतिशत हिस्सा रहेको एशोसियटमा ८९७ सदर मतमध्ये ढकालले ५२२ मत ल्याउँदा प्रधानले ३७५ मत मात्र ल्याएका छन् । 

    यो १७.४६ प्रतिशत भार हो । उता, २० प्रतिशत हिस्सा वस्तुगतमा कुल ९८ सदर मतमा ढकालले ५९ र किशोर प्रधानले ३९ मत ल्याए । कुल २० प्रतिशतको भारमा ढकालका लागि यो १२.०४ प्रतिशत मतभार हुन आउँछ । 

    वरिष्ठ उपाध्यक्षमा विजयी हुन ५० प्रतिशत भन्दा बढी मतभार चाहिन्छ । यसमा ढकालले ५४.२६ मतभार प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी प्रधानले बाँकी रहेको ४५.७४ प्रतिशत मतभार प्राप्त गरे ।

     महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन । जसअनुसार शेखर गोल्छा स्वतः अध्यक्ष चयन भएका छन् ।  

    वरिष्ठ उपाध्यक्षका लागि  ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए ।  महासङ्घको मतदानका लागि जिल्ला र नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एशोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महास्घको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो ।

    महासङ्घको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका थिए । कार्यकारिणी सदस्यतर्फ यसअघि नै  राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका थिए  भने वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठ तथा  एशोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । 

    महासंघमा वस्तुगततर्फ १०१, जिल्ला तथा नगरमा १०५ र एशोसिएटतर्फ ९०३ मतदाता रहेका थिए  ।

    साताको लोकप्रीय