युनाइटेड इदी–मर्दीको आइपिओ आज बाँडफाँट हुने 

युनाइटेड इदी–मर्दीको आइपिओ आज बाँडफाँट हुने 

अर्थ डबली
आइतवार, मंसिर १४ २०७७
अर्थ डबली
आइतवार, मंसिर १४ २०७७ (अर्काइभ बाट)
  • युनाइटेड इदी–मर्दीको आइपिओ आज बाँडफाँट हुने 

    काठमाडौँ / युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आइपिओ आज आइतवार बाँडफाँट हुँदैछ ।

    images
    images

    मागभन्दा करिब १२ गुणा बढी आवेदन परेको उक्त कम्पनीको आइपिओ आज अपरान्ह ४ बजे बाँडफाँटको तयारी रहेको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । 

    कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि पहिलो चरणमा आईपीओ विक्री गरि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । 

    कम्पनीले स्थानीयका लागि कुल ४ लाख २० हजार कित्ता आईपीओ असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्म विक्री खुला गरेको थियो । स्थानीयमा करीब ४२ प्रतिशत मात्र शेयर वितरण भएको छ ।

    कात्तिक १७ गते कम्पनीले स्थानीयलाई कुल कित्तामध्ये १ लाख ७६ हजार ९० कित्ता शेयर बाँडफाँट गरेको हो ।

    स्थानीयमा वितरण हुन नसकेको २ लाख ४३ हजार ९१० कित्ता शेयरसमेत जोडेर सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९१० कित्ता शेयर वितरण हुनेछ । कुल कित्तामध्ये कम्पनीले ८ लाख १२ हजार ७३६ कित्ता शेयर सार्वजनिक निष्कासन गर्नेछ ।

    कम्पनीले ४३ हजार ६९६ कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने कम्पनीका कर्मचारीका लागि १७ हजार ४७८ कित्ता छुट्याएको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

    केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई केयर एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले मध्यम रुपमा वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमता रहेको संकेत गर्दछ । 

    कम्पनीले कुल १० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत फागुन ११ गतेनै स्वीकृति पाएको थियो । 

    गत आर्थिक वर्ष २०७६र७७ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रु। ८५।८२ रहेको छ । दोस्रो बजारमा प्रतिशेयर नेटवर्थको तीन गुणासम्म यस कम्पनीको मूल्य तोकिनेछ ।

    साताको लोकप्रीय