काठमाडौँ / कालीमाटी फलफूल तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य विवरण अनुसार आज अधिकांश तरकारीको भाउ घटेको छ ।
गोलभेडा ठूलो (नेपाली) ७६ रुपैयाँबाट १४.४७ प्रतिशत घटेर ६५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, ठूलो गोलभेडा (भारतीय) ७५ रुपैयाँमा कारोबार भएकोमा आज २.६७ प्रतिशत घटेर ७३ रुपैयाँ कायम भएको छ भने गोलभेडा सानो ६ प्रतिशतले बढेर ५० रुपैयाँबाट ५३ रुपैयाँ कायम भएको छ ।
रातो आलु ६८ रुपैयाँ रहेकोमा ७.३५ प्रतिशतले घटेर ६३ रुपैयाँ कायम भएको छ भने आलु रातो (भारतीय) के. जी.को ६३ रुपैयाँ रहेको छ ।
आलु सेतो प्रतिकेजी ६३ रुपैयाँमा कारोबार भएकोमा ७.९४ प्रतिशतले घटेर ५८ रुपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय)लाई १०५ रुपैयाँ, सुकेको प्याज (चाइनिज) केजीको ६३ रुपैयाँ रहेको छ भने
गाजर (लोकल) ७० रुपैयाँमा कारोबार हुँदै आएकोमा ७.१४ प्रतिशतले घटेर ६५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, काउली स्थानिय प्रतिकेजी ३० रुपैयाँ रहेकोमा आज २ प्रतिशत घटेर २४ रुपैयाँ रहेको छ भने
स्थानीय काउली (ज्यापु) ४७ रुपैयाँबाट १९.१५ प्रतिशतले घटेर ३८ रुपैयाँ तोकिएको छ ।
विस्तृतमा हेर्नुस्