थुम्का–थुम्कामा चियाबगानको गँलैचा ! –‘पानीटार’

थुम्का–थुम्कामा चियाबगानको गँलैचा ! –‘पानीटार’

लोभलाग्दो मौसम र उर्भर माटो । प्राकृतिक सुन्दरता, चियाबारीको दृश्यावलोकन, मन्दिर र खेलमैदान, जनजाती कल्चर, सूर्योदय यहाँका भुल्न नसकिने आकर्षण हुन् ।

अर्थ डबली
शनिवार, मंसिर २७ २०७७
अर्थ डबली
शनिवार, मंसिर २७ २०७७ (अर्काइभ बाट)
  • थुम्का–थुम्कामा चियाबगानको गँलैचा ! –‘पानीटार’

     

    images
    images

    थुम्का–थुम्कामा चियबगानको गँलैचा –‘पानीटार’

    थुम्का–थुम्का डाँडामा गँलैचा बिछ्याझैँ मौलाएको चियाबगान । प्रकृतिले भरिपूर्ण छ पानीटार । 

     

    क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । इलामको पर्याय बनेको चियाले कन्याम, अन्तु, इलाम बजार मात्र चर्चित छैनन् । पानीटारले पनि चियाकै आकर्षण दिन्छ । पनीटार इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं.३ मा छ । इलामको पुरानो बजार हालको सहर मंगलबारेबाट दुई किलो मिटर आसपास चर्चेको छ । 

    इलाम सदरमुकामबाट २५ किलोमिटर पश्चिममा अवस्थित पानीटार चियाबगान साढे चार सय रोपनी बढि हरियाली देख्न सकिन्छ । अझै पनि पानीटारको विषेशता धेरैलाई थाहा छैन । चियाबारीको रमणीयतासँगै दृश्यावलोकन, मन्दिर र खेलमैदान यहाँका आकर्षण हुन् । झट्ट हेर्दा कन्यामको झल्को दिने पानीटार क्षेत्र वनभोज स्थलका लागि पनि उत्कृष्ट छ । 

    पानीटारबाट थुम्कामात्र होइन डाँडा–काँडाबाट तराईका फाँटसमेत देख्न सकिन्छ । लोकल जनजाती संस्कृति, परम्परा थप विषय हुन् ।  दक्षिणतर्फ रहेका सिद्धि थुम्काडाँडा, अजम्बरे डाँडा, जितपुरको झ्याउ पोखरी, खान्द्रुङ गुफा लगायतका पर्यटकीय क्षेत्र थप आकर्षण हुन् । लोभलाग्दो मौसम र उर्भर माटो इलामलाई प्रकृतिले दिएको बरदान हो ।
    इलामका कन्याम, श्रीअन्तु, माई पोखरी, सन्दकपुर मुख्य पर्यटकिय स्थानमा पर्छन 
    स्थानीय तह र सम्बन्धित निकाय (पर्यटनसम्बद्ध) ले चासो नदिएकै कारण पानीटार ओझेलमा पर्यो तर अहिले पानीटारले पूरै काँचुली फेरेको छ । स्थानीयवासी मात्र होइन, अन्तर जिल्लाको पर्यटकको पनि नयाँ गन्तव्य बनेको छ पानीटार । 

    panitar -daumai.JPG

    कसरी पुग्ने पानीटार ?
    पानीटार पुग्नको लागि मुख्य गरेर तिनवटा बाटाहरु छन् । मेची राजमार्गको नेपालटार, झापाको खुदुनाबारी, झापाकै दमक हुदै पुग्न सकिन्छ । खुदानाबारी र दमकबाट जाँदा कच्ची बाटो हुदै जानु पर्छ । खुदुनाबारीबाट जाँदा करिव ६५ किलो मिटर दुरी पर्दछ ।
    मुख्य मार्गमा पर्ने नेपालटारबाट १२ किलो मिटर लामो कालोपत्रे सडक हुदै पानीटार पुग्न सकिन्छ । यस्तै, मंगलबारेबाट पानीटार सम्म दुईकिलो मिटर । 
    सदरमुकामबाट नेपालटार हुँदै गाग्रेभञ्ज्याङबाट ओरालो झरेपछि पानीटार पुग्न सकिन्छ । झापाबाट सिद्धिथुम्का, सोयाक, जितपुर हुँदै मंगलबारे पुग्ने सडकले पनि पानीटारको सहजता बढ्दै गएको छ । 

    त्यस्तै, काठमाडौं पोखरा वा बुटवल जहाँ भएपनि तपाई इलाम सदरमुकाम पुग्दा सहज हुन्छ । त्यसपछि करिब ३० किमीको दूरीमा पर्ने पानीटार पुग्न इलाम सदरमुकाम–बिब्ल्याँटे बजार हुँदै नेपालटार र गाग्रेभञ्ज्याङ पुगेर केही तलतिर झर्नुपर्छ ।

    सदरमुकामबाट गाग्रेभञ्ज्याङसम्म पक्की र गाग्रेभञ्ज्याङदेखि केही ओरोलो कच्ची बाटो हिँडेपछि पानीटार पुगिन्छ । 

    पर्यटन व्यवसायी पासाङ शेर्पा यस्तो भन्छन्ः 

    हिउँदमा मनोरञ्जनका लागि आउने गतिलो गन्तव्य पानीटार बनेको  छ । मिडियाको प्रचारले नै पानीटार पर्यटकीय क्षेत्र बनेको हो । 
    कुनै निकायले यसको प्रचारका लागि चासो देखाएनन् । मिडियाको प्रचारले नै अहिले पानीटार पर्यटकीय क्षेत्र बन्दैछ । आउँदो साल माथिल्लो क्षेत्र (गाग्रेभञ्ज्याङ) बाट आउने कच्ची सडक पक्की भएपछि आवागमनका लागि झनै सहज हुन्छ ।

    चलचित्र तथा म्युजिक भिडिओका लागि उत्कृष्ट क्षेत्र ः

    पछिल्लो समय म्युजिक भिडियो र चलचित्रको छायाङ्कन गर्ने स्थल हो पानीटार । केही समयअघि मात्रै युट्युबमा सर्वाधिक रुचाइएको म्युजिक भिडियो ‘तीनपाते’ देखि प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी अभिनित ‘प्रेम दिवस’ चलचित्रमा समेत पानीटारको सुन्दर चियाबारी राखिएको छ । 
    हुन त इलाम आफैँ पनि पर्यटकीय क्षेत्रको अब्बल क्षेत्र हो ।

    पानीटारमा व्यवस्थित होटल छैन, पर्यटक घरवास खुल्ने  तयारी

    पानीटारमा चाहिँ अहिलेसम्म व्यवस्थित खानपान र बस्ने ठाउँको अभाव छ । भर्खरै पर्यटकीय क्षेत्र बन्दै भएकाले पनि घरवास खुल्ने क्रममा छ । पर्यटक बढ्दै जाँदा स्थानीयवासीले घर–घरमा होटल सञ्चालन गर्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् । 

    बनभोज गर्न आउनेको संख्या बढि :

    अहिले पानीटारमा शनिबार र शुक्रबार करिब २०० को हाराहारीमा पर्यटक भित्रिन्छन् । विशेषतः घुमघाम र हिउँदमा वनभोज आउनेको सङ्ख्या बढी हुन्छ । “अहिले वनभोजका लागि त हामीले स्थानीय सिंहदेवी सामुदायिक वनको २५ प्रतिशत क्षेत्रमा वनभोज क्षेत्र बनाएका छौँ”, शेर्पाले भने । यहाँ निजी र सामुदायिक दुई किसिमको चियाबारी छ ।

    देउमाइ नगरपालिकाको भौगोलिक तथा सामाजिक स्थितिः

    प्राकृतिक सुन्दरताले भरिपूर्ण, बलियो र उर्भर, विभिन्न जातजातिहरु, भाषा, धर्म, सस्कृति र भेषभुषाको धार्मिक सहिष्णुताले ओतप्रोत, पर्यावरण, कृषि, पर्यटन तथा औद्योगिककरणको संभावना बोकेको आर्थिक सम्पन्नता तिर तिब्र गतिमा लम्किरहेको पहाडी भु–भागमा अवस्थित छ । १,९१.६३ वर्ग किलोमिटर क्षेत्रफल भएको देउमाई नगरपालिका समुद्री सतहको २ सय ५० मिटर देखि २७ सय मिटरको उचाईसम्म फैलिएको छ । 

    chiyabari- panitar.JPG
    पूर्वमा इलाम नगरपालिका, पश्चिममा फाकफोकथुम र मांङसेबुंग गाउँपालिका, उत्तरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका र दक्षिणमा माई नगरपालिका यस नगरपालिकाको सिमाना हो । 

    यहाँ राई , लिम्बु, मगर, ब्राह्मण, क्षेत्री, शेर्पा ,तामाङ, नेवार, गुरुङ, सुनुवार, दलित ,दशनामी लगायतका जातजातिहरुको बसोबास रहेको छ । 

    कुईभीर
    कुईभीर पर्यटकीय क्षेत्र देउमाई नगरपालिका १ मा अवस्थित छ । कुईभीर पुग्न इलाम सदरमुकामबाट मेची राजमार्ग समातेर डेढ घण्टा यात्रामा पुगीने ढप्पेटारबाट उकालो लाग्नु पर्छ । शेर्पा समुदायको बस्तीमा अर्गानिक परिकारका स्वादमा रमाउदै २ घण्टाको पदयात्रा गरेपछि कुईभीरको चुचुरो पुगिन्छ ।

    कुईभीर धार्मीक , सांस्कृतिक , जैविक विविधता , बन्यजन्तु , चराचुरुगी , जडीबुटी र बनै भरी फुल्ने लालि गुँरासले सजिएको हुन्छ । तत्कालिन इलामका बडाहाकीम सन्तबीर लामाको सक्रियतामा निर्माण भएको पदमार्ग समातेर बौद्ध गुम्बा ,जोर पोखरी र देउमाई पोखरी पुगिन्छ । 

    पोखरी क्षेत्रमा प्रसस्त चौर रहेकाले बनभोज स्थलको रुपमा समेत यो ठाउँलाई बिकास गर्न लागिएको छ । ढकमक्क फुल्ने गुरास चाप, चिमाल र लेकाली फुलमा रमाउदै देउमाई पोखरीबाट १ घण्टाको यात्रामा कुईभीर पुगिन्छ । भुईकुहिरो भित्र अजंग भएर बसेको कुईभिर पहाडबाट दजनौ हिमालका दृश्य, सूर्योदय, नेपाल र भारतका अनेकौ क्षेत्र आँखै अगाडी देखिन्छ । यहिबाट पूर्वी नेपालकै प्रमुख पर्यटकीय गन्तब्य सन्दकपुर पदयात्रा गरिने भएकाले कुईभिर अजंगको भीर पहाड नभई घुमफिरको उत्कृट गन्तब्यस्थल हो । 

    गुफाथुम्की डाँडा
    परापुर्वकालमा बौद्धमार्गी भिक्षुहरुले डाडामा बसेर साधना लिने गरेको अग्लो डाडाँ गुफाथुम्की देउमाई नगरपालिकाको वडा ३ मा पर्दछ । बौद्धमार्गी भिक्षुहरुले डाँडामा बसेर साधना लिने गरेकाले डाँडाको नामाकरण गरिएको  किम्बदन्ती छ ।

    पानीटार
    पानिटार पूर्र्वी नेपालकै ‘ग्रिन कार्पेट’ अर्थात हरियो चियाले ढाकिएको एक महत्वपूणस्थल हो । पूर्वी नेपाललाई चिया क्षेत्र घोषणापछि खेती बिस्तार गर्न सरकारले प्राविधिक सेवा प्रदान गर्न रोपिएको चिया बगान नै अहिले देश विदेशिको रोजाईमा परेको छ । साढे ४ सय रोपनी क्षेत्रफलमा फैलिएको पानीटारमा अहिले राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले नमुना चिया प्रसोधनस्थलसँगै नेपाली चियाको इतिहास, प्रजाती, प्रविधि र स्वादमा रमाउन सक्ने पूर्वाधारको विकास गरिरहेको छ । नागबेली बाटोमा प्रेमलाप गर्दै स्वर्गीय आनन्द लिने पूर्वकै गन्तव्यको रुपमा पानीटारलाई प्रकृतिले दिएको उपहार भन्दा फरक पर्दैन ।

    सिद्धिथुम्का चुली
    समुद्री सतहबाट १७ सय मीटर उचाइमा फैलिएको सिद्धिथुम्का चुली सूर्योदय र सूर्यास्तको दृश्यवलोकन गर्ने पूर्वी नेपालकै सु–प्रसिद्ध स्थल हो । जिम्बु, हिगुवा जातका बनस्पतिमा रमाउदै मोती झै टल्कने दर्शन ढुंगा र तराईका फाटसंगै अग्ला हिम श्रृंखलाहरु देखिँदा सिद्धिथुम्का चुली पर्यटन लोभ्याउने क्षेत्र हो ।

    panitar- 1.JPG

    सिद्धिथुम्का चुलीबाट इलामका अधिकांश स्थान, छिमेकी जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर मात्र हैन भारतको दार्जिलिङ्ग, सिलिगुडि एवं करसाङ्गका शहरहरुको दृश्य पनि हेर्न सकिन्छ । यहाँबाट सर्वोच्च शिखर सगरमाथा सहित तेश्रो अग्लो शिखर कञ्चनजंघाको पनि दृश्यावलोकन गर्न सकिन्छ ।

    अजम्बरे डाँडा
    डाँडामा अजम्बरी बुटि पाइने गरेका कारण यसलाई अजम्बरे डाँडा भनिएको किम्बदन्ति छ ।सूर्योदय, सूर्यास्तको दृश्य हिम श्रृङखला र तराईका नागबेली आकारका मनोरम दृश्य हेर्नका लागि अजम्बरे डाँडा उपयुक्त गन्तव्य हो । खासगरि अजम्बरे डाँडा उत्कृष्ट सूर्यास्तको दृश्य देखिने गन्तव्यस्थल हो ।

    झ्याउ पोखरी
    देउमाई ८ र ९ को संगमस्थलमा अवस्थित झ्याउ पोखरी पश्चिमि क्षेत्रकै ठूलो सिमसार क्षेत्र रहेको थियो ।

    जलवायु परिवर्तनका कारण पानीको सतह घटेपनि हाल सरक्षण र बिकासको काम गरि झ्याउपोखरीलाई पर्यटकको गन्तब्यस्थल बनाउन जनप्रतिनिधि छन् । झ्याउ पोखरीलाई स्थानीय र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणले गति लिएको छ ।

    पङखेलुङ्ग झरना

    पङखेलुङ्ग खोलामा रहेको पङ्खेलुङ झरना देउमाई नगरपालिकाको अर्को पर्यटकीय गन्तव्य हो ।पङ्खेलुङ झरना काली दह र चङ्गलङ्ग पहराका नाममा पनि प्रशिद्ध छ । जंगलको बिचमा अवस्थित ५० मिटर अग्लो झरनामा रमाउनेहरुको संख्या पनि बढ्दै गएको छ ।


    धार्मीक तथा सांस्कृतिक सम्पदा
    नागेश्वरी धाम, फाल्गुनन्दले स्थापना गरेको शिवालय मन्दिर, तपस्यास्थल खत्रक्पा, किरातेश्वर ध्यान केन्द्र, लेचुम्बा डाडाँ र फुलुङगी डाडाँ यहाँका धार्मिक तथा ऐतिहासिक स्थलहरु हुन् । 
    नगरपालिकाको वडा नम्बर ६ मा राधाकृष्ण र सिंहदेवी मन्दिर अवस्थित भने मंगलबारे बजार छेउमा लक्ष्मी नारायण मन्दिर रहेको छ । देउमाई नगरपालिका १ को कुईभीर क्षेत्रमा पर्ने उर्गेन सांगछयोलिङ गुम्बा बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो । यस्तै त्रिवेणी चोकमा स्याङदोपल्दिप बौद्ध गुम्बा र अति पुरानो साङगेछयोलिङ गुम्बा छन् । 

    शिखरबाबा धाम
    वडा नम्बर ४ मा रहेको प्रसिद्ध शिखरबाबा धाम देउमाई नगरपालिकाको एक धार्मिकस्थल हो । २०६१ साल भदौ १ मा शिखरबाबामा अलौकीक शक्ति प्राप्त भइ शक्तिपिठ उत्पन्न भएको बिश्वासमा हालसम्म २३ लाख बढी भक्तजनहरुले दर्शन गरेको रेकर्ड छ । प्राकृतिक चिकित्सा पदतीबाट शिखरबाबाले बिभिन्न रोगको उपचार समेत गराउदै आएको छ । 

    जटेश्वर महादेव मन्दिर
    वडा नम्बर ५ को सिंगलप्पामा रहेको जटेश्वर महादेव मन्दिर धार्मीक तथा पर्यटकीय गन्तब्य हो । देउमाई खोलाको चाचले घाटसंगै खोलाकिनारमा निर्माण गरिएको जटेश्वर मन्दिरमा पाठपूजा गर्दा मनोकांक्षा पुरा हुने विश्वास छ ।

    सिद्धिदेवी
    सिद्धिदेवीमा पुजाआजा गरि गाईको दुध चढाउनाले गाउँमा पानी र अन्न कहिल्यै अभाव नहुनका साथै पशुधनको दिर्घायु हुने जनविश्वास छ । सिद्धिदेवी मन्दिर शिव र पावर्तीका रुपमा पारुहाँङ्ग र सुम्निमा बसेकाले सबैको कल्याण हुने किराँत धर्मावलम्विको विश्वास रहेको  छ ।

    फाल्गुनन्द माङहीम

    वडा नम्बर ९ मा राष्ट्रिय विभुति फाल्गुनन्दले स्थापना गरेको माङहीम पर्दछ । राष्ट्रिय विभुति फाल्गुनन्दले वि।सं। १९९४ मा फलामे चिम्टा गाडेर माङहीम स्थापना गरेका थिए । माङहीममा फल्गुनन्दले प्रयोग गरेका झ्याम्टा, एकतारे, डमरु, भरुवा बन्दुक, चौरीको चम्मर संरक्षण गरिएको छ । 

    गजुरमुखी धाम

    गजुरमुखि धामको दर्शन गर्ने भक्तजनको यात्रा देउमाई नगरपालिकाकाबाट तय गर्ने भएकाले यहाँ धार्मिक पर्यटन गजुरमुखी धामको यात्रा देउमाई नगरपालिकाबाट हुँदै आएको छ । मनोकाक्षा पुरा हुने बिश्वासका साथ गजुरमुखी जाने भक्तजन बढ्दै  गएको छ ।

    खान्द्रुङ्ग गुफा

    ढाडजस्तो देखिने खान्द्रङ्ग गुफाको भित्र ठूलाठूला ओडार र सुरुङ्गहरु छन् । तीन तलामा रहेको गुफा भित्र ढिकी, जाँतो, धुपौरो, नाग, चरा, हात्ति र बाघको पाइला कुदिएको देख्न सकिन्छ ।गुफाभित्र गाईको पाइला, धामी झाक्रिको ढ्याङग्रो र गजोका आकर्षक आकृति छन् । 

    रत्न सुरुङ्ग
    रत्न सुरुङ्ग गुफा राजनितिक इतिहाससँगै जोडिएको छ । देउमाई नगरपालिका १ मा अवस्थित रत्न सुरुङको नाता नेपालको राजनितिक आन्दोलन र परिर्वतनसँग जोडिएको छ । सहिद रत्नकुमार वान्तवाकै नेतृत्वमा २०३५ सालको साउन महिनामा खनिएको थियो । २२ मिटर लामो सुरुङभित्र १० जना मानिस बसेर बैठक संचालन गर्न सक्ने योजना सहिद बान्तवाको थियो । सुरुङ ऐतिहासिक तथा सहिद भूमिलाई अहिले संरक्षण र पर्यटकीय प्रवद्र्धनका काम शुरु भएको छ । 

    रोपाँई जात्रा
    रोपाँई जात्रा देउमाई नगरपालिको मौलीक संस्कृति हो । देउमाई नगरपालिकाको केन्द्र मंगलबारे बजारमा कृष्णअष्टमीको अघिल्लो दिन बुधबार मनाइने रोपाईजात्रा विषेशगरी नेवारी संस्कृतिबाट सुरू भएको मानिन्छ । जात्रामा धान रोप्दा गरिने सबै कृयाकलापलाई अभिनय र नाचगानको शैलीमा मनाइन्छ ।

    जातीय संस्कृति
    देउमाई नगरपालिका जातजातीका मौलिक परम्परा, रीतिरिवाज र संस्कृतिको संगमस्थल हो । नौमति, पंचेबाजा, मारुनी, साकेला, उद्यौली, उभौली, चण्डीनाच, केलाङ्ग नाच, ढोल नाच, धाननाच वालन, संगीनी हुर्रा नाँच, डम्फु सेलो, तामाङ्ग सेलो नाच यहाँका सास्कृतिका धरोहर हुन् ।

    लोपउन्मुख जिवजन्तु


    देउमाई नगरपालिकाको कुईभीर वरपरका जंगलमा पाईने लोपउन्मुख बन्यजन्तु रेडपाण्डा, पुतलि, चराचुरुङ्गीले बिश्व भरका पर्यटक र बन्यजन्तुकर्मीको मन तानेको छ ।

     

    रेडपाण्डाको अध्ययन अनुसन्धानका लागि यहाँ बन्यजन्तुविद्हरु आउने गरेका छन् । यहा बिभिन्न प्रजातीका चराचुरुङ्गी र पुतलीहरु समेत पाईने गरिएको छ ।


    कृषि उपज, पशुपालन र जडीबुटी


    यस क्षेत्रमा आलु मकै धान, अलैँची अम्लिसो अकबरे,सागसब्जीको व्यवसायीक खेती हुँदै आएको छ नगरमा जिम्बु, हिगुवा, पाखनवेत, चिराईतो ओखे आलु मजिटो जातका औषधीजन्य जडीबुटी पाईन्छ ।
    खत्रक्पा
    खत्रक्पा देउमाई नगरपालिका ९ र माई नगरपालिका १ को सीमा क्षेत्रमा अवस्थित छ । किराँत धर्मगुरु तथा राष्ट्रिय विभुति फाल्गुनन्दको ध्यान केन्द्र रहेको खत्रक्पा धार्मिक आस्थाको केन्द्र हो ।

    इलामका माई र देउमाई खोलाको संगमस्थल रहेको फुलुङ्गिसँगै रहेको माहागुरु फाल्गुनन्दको ध्यान केन्द्र रहेको खत्रपा धार्मिक तथा पर्यटकीय क्षेत्र हो 

     

    साताको लोकप्रीय