मनमोहक मानहुँकोट : घुम्न जानुस् तर, झुक्किएला !

मनमोहक मानहुँकोट : घुम्न जानुस् तर, झुक्किएला !

अर्थ डबली
मंगलवार, कार्तिक १८ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक १८ २०७७ (अर्काइभ बाट)
  • मनमोहक मानहुँकोट : घुम्न जानुस् तर, झुक्किएला !

    तनहुँको सदरमुकाम दमौली नजीकै रहेको मानहुँकोट हिजोसम्म कसैसँग परिचित थिएन । 
    कुनै समय बत्तीमुनिको अँध्यारो भनिन्थ्यो । दमौलीबाट करीब आठ किलोमिटर दूरीमा दुई घण्टा पैदल हिँडेर पुगिन्थ्यो । 

    images
    images

    मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्छन् । 

    पत्याउनुस् नपत्याउनुस् फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बन्दै गएपछि यसरी मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । अब त राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ ।  घुमन्ते झुक्किन्छन् त्यहाँ पुगेपछि र भन्छन् अहो अझै लोभलाग्दो सुन्दर रहेछ यो त  !

    manahukot.JPG

    चितवनका मनिष थापाले सामाजिक सञ्जालमा एकदमै चर्चा भएपछि बिहानै मानहुँकोट आइपुगेको बताए । “बिहानको समयमा सूर्योदय र कुहिरोको दृश्यले मनै लोभ्याउँछ”, उनले भने,“मानहुँकोट साँच्चिकै मनमोहक रहेछ ।” पोखरा र चितवनको बीच भागमा रहेको र राजमार्गबाट पनि नजिक भएकाले मानहुँकोटको भविष्य उज्ज्वल रहेको थापाले बताए । 

    चितवनबाटै आइपुगेका विनेश थापाले मानहुँकोटबाट बिहानको समयमा देखिने दृश्य सुन्दर र मनमोहक रहेको बताए । “भिडियोमा मात्रै देखेकोभन्दा आफ्नै आँखाले हेरेपछि अझ मोहित भएँ”, उनले भने, “सामाजिक सञ्जालमा यसको जति चर्चा छ, त्यति नै आकर्षणयुक्त रहेछ यो ठाउँ ।”

    कसरी पुग्ने मानहुँकोट ?
     पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ स्थित पर्ने मानहुँडाँडा तपाई काठमाडौं, पोखरा वा चितवन जताबाट पनि दमौली पुग्नुपर्ने हुन्छ । दमौली बजार पुगेपछि करिब ३० मिनेटको सवारी दुरीमा सजिलै मानहुँडाँडा पुग्न सकिन्छ । समुद्र सतहदेखि करिब ११ सय मिटर उचाईमा छ ।

    manahukot - himal.JPG 

    सदरमुकामबाट नजीकै रहेर पनि ओझेल थियो । तर, अहिले भने पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ । अहिले पैदल हिँड्नु पर्दैन । सवारी साधनबाट करीब २५, ३० मिनेटमै पुग्न सकिन्छ । एक किलोमिटर बाटो कालोपत्र भइसकेको यस ठाउँमा कालोपत्र गर्ने काम भइरहेको छ ।

    किन जाने मानहुँकोट, केके देखिन्छ ?

    मानहुँकोटबाट दमौली छर्लङ्ग देखिन्छ । घुमन्तेको मनै लोभ्याउँछ । सामान्यत शनिबार र सार्वजनिक बिदाको दिन अत्यधिक भीड  हुन्छ । तर, अहिले कोरोनाको कहरबाट वाक्क दिक्क भएर रिफे्रस हुन पनि आउँछन् । 

    लोभलाग्दो दमौली बजार र हिमालका शृङ्खलाहरु निर्घात हेर्न पाइन्छ । दमौली बजार आसपासका क्षेत्र जाडोयाममा झोप्पिने कुहिरोले अझै बढि आनन्त घुमन्तेलाई दिन्छ । माछापुछ्रे, अन्नपूर्ण लगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । 

    damauli - manahukot.JPG

    न्यानो घाम र बिहान सूर्योदय र बेलुकाको अस्ताउँदो सूर्य आँखा नजीकबाट नियाल्न पाइने । घोप्टिएको हिमाल तथा समथर फाँट, नदीनाला । 
    विविध र्सस्कृति प्राकृतिक रमणिय स्थल विशेषतः यो मगर समुदायको बसोबास रहेको क्षेत्र छ । मगर समु्दायको संस्कृति यो ठाउँको अर्को आकर्षण हो ।


    अझै चण्डीपूर्णिमाको अवसरमा कौराहा उत्सव हुन्छ । समुद्री सतहदेखि एक हजार १०० मिटर उचाइमा रहेको मानहुँकोट भ्युटावर बनाउनै ३० लाख खर्चेको छ । 
    नगरपालिकाले मानहुँकोटमा केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययनसमेत थालेको छ ।

    व्यास नगरपालिका–५ वडाध्यक्ष मोहनकुमार श्रेष्ठ भन्छन् :

    पछिल्लो एक हप्ताको अवधिमा मानहुँकोटमा पर्यटकको घुइँचो बढेको छ । दैनिक करिब एक हजार पर्यटक मानहुँकोट आएका छन् । सञ्चारमाध्यमबाट मानहुँकोटको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग मिलेको छ ।” 

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने :

    मानहुँकोटको प्रचारप्रसारका लागि नगरपालिकाको तर्फबाट पहल भइरहेको भइरहेको छ । “मानहुँको पर्यटनले एउटा गति लिइसकेको छ, यसको विकासका लागि थप योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता महसुस भएको छ । 

    damauli bazar.JPG

     ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ

    मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले रु ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ । थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ । 

    manahukot1.JPG

    मानहुँकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ ।  साथै दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य यहाँबाट देखिन्छ । 

    फोहरमैला सरसफाइ

    फोहरमैला व्यवस्थापनका लागि बुधबारबाटै मानहुँकोटमा एक जना कर्मचारी राख्ने तयारी गरिएको छ । मानहुँकोटमा दैनिक पर्यटक बढेसँगै फोहर पनि जथाभावी रुपमा फालिएको छ । मानहुँकोट आएर फोहर नगरिदिन र फोहरमैला निश्चित ठाउँमा राखेर व्यवस्थापन गरिदिन वडाध्यक्ष श्रेष्ठले आग्रह गरे । 

    manahukot - damauli.JPG

    “मानहुँकोट घुम्न आउनुस्, तर जथाभावीरुपमा फोहर गरेर यसको सौन्दर्य घटाउने काम नगरिदिनुहोस्”, वडाध्यक्ष श्रेष्ठले भने । व्यास नगरपालिकाले आज उक्त ठाउँमा सरसफाइसमेत गरेको छ । सरसफाइका लागि व्यास नगरपालिकाका प्रमुख न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, वडाध्यक्ष श्रेष्ठ मानहुँकोट पुगेका थिए ।

    साताको लोकप्रीय