पोखरा महानगरपालिका : वनको आम्दानी कुवा, पोखरी संरक्षणमा लगानी

पोखरा महानगरपालिका : वनको आम्दानी कुवा, पोखरी संरक्षणमा लगानी

अर्थ डबली
बिहिवार, चैत ५ २०७७
अर्थ डबली
बिहिवार, चैत ५ २०७७ (अर्काइभ बाट)
  • पोखरा महानगरपालिका : वनको आम्दानी कुवा, पोखरी संरक्षणमा लगानी

    पोखरा महानगरपालिका–११ काहुँस्थित धारापानी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रभित्रका पानीका स्रोतको संरक्षणका साथै पँधेरा र पोखरी निर्माण गरेको छ । 

    images
    images

    घरघरमा पानीका धारा पुगेसँगै सङ्कटमा परेका परम्परागत रूपका खानेपानीका स्रोतबाट वन क्षेत्रको हरियाली प्रवद्र्धन गर्नुका साथै जङ्गली जनावरलाई समेत खानेपानीको सुविधा पुर्याउने लक्ष्यका साथ पँधेरा संरक्षण तथा पोखरी निर्माण गरिएको हो । 

    जङ्गलको बीच भागमा रहेका धारापानी र रोटेपानीस्थित पानीका स्रोतमा चालु आर्थिक वर्षमा रु एक लाख ३५ हजारको लागतमा कुवा र पोखरी निर्माण सम्पन्न भएको छ भने टुनेपानी स्रोतको पनि संरक्षण गरिने वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर क्षेत्रीले जानकारी दिए ।
      
    डिभिजन वन कार्यालय कास्कीबाट पोखरी निर्माण परियोजनाका लागि रु एक लाख ४५ हजार आर्थिक सहयोग भएको थियो । 
    उक्त वन विसं २०७१ मा जिल्लामा द्वितीय स्थान हासिल गरी पुरस्कृतसमेत भएको समूहको साधारणसभामा जानकारी गराइएको थियो । 
    सुक्खायाममा जङ्गलमा लाग्ने गरेको डढेलोबाट जोगाउनका लागि अग्निरेखा निर्माण गरिएको बताउँदै अध्यक्ष क्षेत्रीले वन सिमानालाई समेटेर नागबेली आकारमा निर्मित सो रेखालाई साइकलमार्गको रूपमा समेत विकास गरिने सोच रहेको बताए । 

    ‘अग्निरेखाले डढेलोबाट सामुदायिक वनलाई जोगाउनुका साथै हराभरा जङ्गलभित्र साइकल चलाउन सकिने हुँदा आन्तरिक एवं बाह्य पर्यटकको छुट्टै नवीनतम गन्तव्य बन्ने छ’, 

    उनले भने , ‘यसबाट सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्नुका साथै आयआर्जनमा समेत टेवा पुग्ने विश्वास समूहले लिएको छ ।’ 
    कूल २६ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनमा १०० घरधुरी उपभोक्ता आबद्ध रहेका छन् । वनको संरक्षणका लागि वार्षिक रु ४५ हजारमा हेरालुको समेत व्यवस्था गरिएको समूहका सचिव इन्द्रबहादुर खत्रीले जानकारी दिए । 

    उनका अनुसार प्रत्येक वर्ष एक पटक वन गोडमेल गर्दा आएको दाउरा हार लगाइन्छ, गोडमेलको अन्तिम दिन गोला तानी वन पैदावार वितरण गर्नुका साथै उक्त दिन रमाइलो वनभोज कार्यक्रमको समेत आयोजना गरिन्छ । 
    यस वर्ष अग्निरेखा सरसफाइमा रु १० हजार खर्च भएको थियो । समूहका कोषाध्यक्ष तुलसी धितालका अनुसार वन पैदावार बिक्रीबाट खासै आम्दानी नभए पनि पर्यटकीय क्षेत्र काहुँ धरहरामा निर्माण गरी सञ्चालनमा आएको धरहरा रेष्टुराँबाट भाडाबापत वार्षिक रु ७२ हजार आम्दानी हुने गरेको छ । 
    प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा वृद्धि गरिने सम्झौतामा उल्लेख छ ।

    आव २०७७ साउनदेखि फागुन महिनासम्म रु छ लाख १३ हजार २६५ बराबरको आयव्यय साधारणसभामा प्रस्तुत गर्दै उनले  यस वर्ष वन गोडानीमा रु ७८ हजार खर्च भएको र दाउरा बिक्रीबाट रु छ हजार आम्दानी भएको उल्लेख गरे । 
    पर्यटकीय नगरी पोखराबाट सबैभन्दा नजिक लालीगुराँस फुलेको रमणीय दृश्य देख्न सकिने सो सामुदायिक वन क्षेत्रमा अवस्थित काहुँधरहराबाट वातावरणमैत्री हरिया पहाडका साथै अन्नपूर्ण, माछापुच्छ«े हिमशृङ्खला र पोखरा बजारको समेत मनमोहक दृश्यावलोकन गर्न सकिने छ । 
    उक्त रमणीयस्थलमा यतिखेर वनभोज खाने समूहसँग दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक जाने गरेका छन् ।

    वन समूहको साधारणसभामा पोखरा–११ का वडासदस्य मीनबहादुर गुरुङ, समाजसेवी लोकबहादुर गुरुङ काहुँधरहरा संरक्षण समितिका अध्यक्ष सुवेदार इन्द्रबहाुदर गुरुङलगायतले खाली स्थानमा आयआर्जन गर्ने खालका वृक्षरोपण गरी हराभरा बनाउनुका साथै पर्यटकीय क्षेत्रको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसार गरी महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । 

    वनको संरक्षण, संवद्र्धन र उपयोग गर्दै आएका उपभोक्ताले पछिल्लो समय सम्भाव्यता अध्ययनका आधारमा सामुदायिक वन उपभोक्ता महासङ्घको ‘एक वन एक उद्यम’ सञ्चालन गर्ने अवधारणाअनुसार वनलाई आयआर्जन तथा रोजगारको माध्यम बनाउने कार्यमा जोड दिँदै आएका छन् ।

    साताको लोकप्रीय