आज बर्षको सबैभन्दा छोटो दिन, यस्तो छ वैज्ञानिक कारण 

आज बर्षको सबैभन्दा छोटो दिन, यस्तो छ वैज्ञानिक कारण 

अर्थ डबली
सोमवार, पुस ६ २०७७
अर्थ डबली
सोमवार, पुस ६ २०७७ (अर्काइभ बाट)
  • आज बर्षको सबैभन्दा छोटो दिन, यस्तो छ वैज्ञानिक कारण 

    २१ डिसेम्बर २०२० वर्षको सबैभन्दा छोटो दिन र लामो रात हो। यस खगोलीय घट्नालाई ‘विन्टर सोल्सटिस भनिन्छ। यस दिन सूर्य ककर्ट राशीबाट मर्कर राशीतर्फ तथा उत्तरायणबाट दक्षिणतिर प्रवेश गर्छ ।

    images
    images

    यो समय सूर्यको किरण पृथ्वीमा धेरै छोटो समयको लागि रहन्छ । सूर्यको उपस्थिति करीव ८ घण्टा सम्म रहन्छ र यो सूर्य अस्ताएपछि करिब १६ घण्टा रात रहन्छ । 

    चिसो बढ्ने : विन्टर सोल्सटिसपछि चिसो धेरै बढ्छ। यस घटनापछि, चन्द्रमाको प्रकाश लामो समयको लागी पृथ्वीमा रहन शुरू गर्दछ। जबकि सूर्य छोटो समयको लागि पृथ्वीमा  रहन्छ । सूर्योदय र सूर्यास्तको सहि समय समय क्षेत्र र भौगोलिक स्थानमा पनि निर्भर गर्दछ।

    winter.JPG

    विन्टर सोल्सटिसको वैज्ञानिक कारण : विन्टर सोल्सटिस पृथ्वी आफ्नो अक्षमा करिब २३.५ डिग्री झुक्छ । यसकारण प्रत्येक गोलार्द्धले वर्षभरि सूर्यको प्रकाशको विभिन्न मात्रा प्राप्त गर्दछ।

    डिसेम्बर विन्टर सोल्टिसको दिनमा जब सूर्यको प्रत्यक्ष किरण भूमध्यरेखाको दक्षिणतिर मकर राशिको उत्तरी गोलाद्र्धमा पुग्छ । यो उत्तरी गोलार्धमा डिसेम्बर संक्रान्ति र दक्षिणी गोलार्धमा जून संक्रान्तिको रूपमा चिनिन्छ।

    समर सोल्सटिस : समर सोल्सटिसको विपरित २० देखि २३ जुनको बीच समर सोल्सटिस पनि मनाइन्छ । यो वर्षको सबैभन्दा लामो दिन र छोटो रात हो। त्यस्तै मार्च २१ र सेप्टेम्बर २३ मा रात र दिनको समय बराबर रहन्छ । न्।

    साताको लोकप्रीय