कस्तो बन्दैछ २२ तले धरहरा ? यस्ता हुनेछन् नयाँ धरहरामा सेवा सुविधाहरु (तस्बिरसहित)

कस्तो बन्दैछ २२ तले धरहरा ? यस्ता हुनेछन् नयाँ धरहरामा सेवा सुविधाहरु (तस्बिरसहित)

अर्थ डबली
बिहिवार, पौष ९ २०७७
अर्थ डबली
बिहिवार, पौष ९ २०७७ (अर्काइभ बाट)
  • कस्तो बन्दैछ २२ तले धरहरा ? यस्ता हुनेछन् नयाँ धरहरामा सेवा सुविधाहरु (तस्बिरसहित)

    काठमाडौँ / भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको गति लिएको धरहरा निर्माणको कामले गति लिएको छ । तीन अर्ब ४८ करोड लागतमा दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण शुरु गरेको हो । 

    images
    images

    विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका सो ऐतिहासिक धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । 

    ११ तले धरहरा वि.सं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो । उक्त ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए ।

    dharhara1.JPG

    कस्तो बन्नेछ धरहरा ? 

    पहिलाको धरहराको तुलनामा नयाँ धरहरा धरहरा अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । चौडाइ ठूलो हुनेछ भने दुईवटा लिफ्ट पनि हुनेछ । एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । 

    dharhara8.JPG

    ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । 

    dharhara4.JPG

    नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसल र धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालयआदिको सुविधा पनि हुनेछ । 

    dharhara1.JPG

    गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ र त्यहाँ बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेनागृह बनाइनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ । धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनेछ । 

    dharhara3.JPG

    साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । यहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।  

    dharhara.JPG

    नयाँ धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुनेछ । अवलोकनकर्ताहरुको सवारी साधन राख्नको लागि व्यवस्थित पार्किङको सुविधा रहेको छ । 

    dharhara2.JPG

    साताको लोकप्रीय