प्रधानमन्त्रीले गरे पुनर्निर्मित धरहराको उद्घाटन 

प्रधानमन्त्रीले गरे पुनर्निर्मित धरहराको उद्घाटन 

अर्थ डबली
शनिवार, बैशाख ११ २०७८
अर्थ डबली
शनिवार, बैशाख ११ २०७८ (अर्काइभ बाट)
  • प्रधानमन्त्रीले गरे पुनर्निर्मित धरहराको उद्घाटन 

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् ।

    images
    images

    वि.सं. २०७२ सालमा गएको गोरखा भूकम्पले ढलेको धरहराको पुनर्निर्माण ६ बर्षपछि भएको हो । संरचनागत काम नसकिए पनि प्रधानमन्त्री ओलीले लोकतन्त्र दिवसको अवसरमा आज धरहराको उद्घाट्न गरेका हुन् । 

    धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भुइँतल्लासहित २३ तला हुनेछ । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत रु तीन अर्ब ४८ करोड रहेको जानकारी पनि उनले दिए ।     
        
    जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ ।

    लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भ¥याङसमेत जडान गरिएको छ ।    
        
    धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तला बाहिर २।५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । बाइसौँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ ।

    धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भ-याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ । 

    साताको लोकप्रीय