काठमाडौं / नेपाली काँग्रेसले आज सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
देशव्यापी विरोध प्रदर्शन गरेको काँग्रेसले राजधानीमा बेजोडको शक्ति प्रर्दशन गरेको दावी गरेको छ ।
सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो ।
प्रदर्शन काँग्रेसले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कस्तित शान्तिबाटिकामा केन्द्रीत गरेको थियो । वृहद सभाको आयोजना गरेर ओली सरकार विरुद्ध नेताहरु खनिएका थिए ।
सभा शुरु हुनुअघि काठमाडौं क्षेत्र नम्बर १ को भृकुटीमण्डपबाट जुलुस निकालियो भने क्षेत्र नम्बर २,३ र ४ ले पुतलीसडकबाट, क्षेत्र नम्बर ५,६ र ७ लैनचौरबाट, क्षेत्र नम्बर ८ ले बसन्तपुर तथा ९ र १० ले सहिदगेटबाट जुलुस निकालेका्ेथियो ।
शब्द विमल श्रेष्ठ । फोटो शुस्मा तामाङ