कांग्रेसको मेलमिलाप दिवस : विपीको एउटा असफल कार्यनीति ! – डा. बाबुरामको टिप्पणी 

कांग्रेसको मेलमिलाप दिवस : विपीको एउटा असफल कार्यनीति ! – डा. बाबुरामको टिप्पणी 

अर्थ डबली
बिहिवार, पुस १६ २०७७
अर्थ डबली
बिहिवार, पुस १६ २०७७ (अर्काइभ बाट)
  • कांग्रेसको मेलमिलाप दिवस : विपीको एउटा असफल कार्यनीति ! – डा. बाबुरामको टिप्पणी 

    काठमाडौं/  नेपाली कांग्रेसले ४५ औँ मेलमिलाप दिवस मनाउँदै गर्दा समाजबादी दलका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिप्पणी गरेका छन् ।

    images
    images

    उनले विपीको उक्त कार्यनीति असफल कार्यनीति भएकोले त्यसको सट्टा १२– बुॅदे समझदारीदेखि गणतन्त्रसम्मको यात्रालाई मनाउन सुझाएका छन् । बरु उनले ओलीको प्रतिगमनविरूद्ध दह्रोसँग उभिने नीति अख्तियार गर्नसमेत आग्रह गरेका छन् । 

    आज पुस १६ गते देशभर नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालाई मेलमिलाप दिवसको रुपमा सम्झिएका छन् । बिपी लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा कांग्रेसले मनाउँदै आएको छ । 


    नेता भट्टराईले आफ्नो ट्वीटरमा पोष्ट गरेका छन् ‘जीवनभर निरंकुश राणातन्त्र राजतन्त्र विरूद्ध लडेका बिपीले एउटा विशिष्ठ अवस्थामा वाध्य भएर अपनाएको राजासंग ‘मेलमिलाप’को असफल कार्यनीतिलाई नेकाले सर्वकालिक रूपमा मनाउनु सट्टा १२–बुॅदे समझदारीदेखि गणतन्त्रसम्मको यात्रालाई मनाउने र अहिले ओली प्रतिगमनविरूद्ध दरोसंग उभिने नीति लिने हैन र ? 


    कांग्रेसले आज ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोणसभालगायतका कार्यक्रम गरी ४५औँ मेलमिलाप दिवस मनाएको छ । 

    पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएको बताए ।
     
    दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गरेका थिए । तत्कालिन समयस्वदेश फर्किएका कांग्रेस नेता बिपी कोइरालाले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

    baburam bhattrai.PNG

    साताको लोकप्रीय