रानीवनको काखमा पोकली झरनाको स्वाद !

रानीवनको काखमा पोकली झरनाको स्वाद !

पाहाडी इलाका,बनपहरा, छाँगो, छहरा घुम्ने मनसायमा हुनुहुन्छ ? ओखलढुङ्गा जिल्लामा रहेको पोकली झरना राम्रो गन्तव्य हुन सक्छ । चट्टाने पत्थरमा बजारिँदै झरेको पानीको धुनको आनन्द बेछट्टै गुन्जायस हुन्छ।

अर्थ डबली
शनिवार, पुस १८ २०७७
अर्थ डबली
शनिवार, पुस १८ २०७७ (अर्काइभ बाट)
  • रानीवनको काखमा पोकली झरनाको स्वाद !

    तपाई घुमन्ते हुनुहुन्छ ?

    images
    images

    पाहाडी इलाका, बन पहरा छाँगो छहरा घुम्ने मनसायमा हुनुहुन्छ..! ओखलढुङ्गा जिल्लामा रहेको पोकली झरना राम्रो गन्तव्य हुन सक्छ ।

    खोलाको चट्टाने पत्थरमा बजारिँदै झरेको पानीको धुनको आनन्द बेछट्टै गुन्जायस हुन्छ । छुट्टै मजा छ । स्वाद छुट्टै हुन्छ । १ सय ३१ मिटर लामो झरना २२ समुद्र सतहदेखि २२ मिटर उचाइमा रहेको यो पोकली झरना आकर्षक होइन अत्यन्त आकर्षक छ ।

    pokali - jharana5.JPG


    राजधानी लगायत शहरी इलाकाको कचपच झन्जवाटबाट एउटा अलौकिक आनन्द लिन सकिन्छ । चट्टानमा पानी ठोक्किएर आकाशबाट पानी दर्किंदा समय– समयमा इन्द्रेणीलाई नजिकैबाट नियाल्न सकिन्छ ।  झरना एक, हेर्न लायक अनेक छन् ।

    laliguras.JPG

    विशेष गरी फागनु चैत बैशाख वा असोज कार्तिक निकै उत्तम समय हुन सक्छ । रानीबनको काखमा लिखु खोलाको उत्तरपूर्वबाट झर्ने यो झरना नजिकै पर्ने घना जंगल छ । गौरी वन पोकलीको अर्को आकर्षण हो । 

    पोकली झरना नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुंगा जिल्लाको पोकली साविको गाविसमा अवस्थित छ । जुन नेपालको दोस्रो अग्लो झरना हो । कर्णाली प्रदेशको कालिकोटस्थित १४८ मिटर उचाइँको पचल झरना नेपालको पहिलो उचाइँ भएको झरना हो भने, यो झरना करिब १३१ मिटर बढि अग्लो छ । 

    pokali - jharana 2.JPG

    झरनाको नजिकै पर्ने माधव मन्दिरले पोकली क्षेत्रलाई धार्मिक स्थलका रूपमा पनि परिचय दिएको छ । माधवलाई भगवान् शिवको पुरानो रूपसमेत मानिन्छ ।

    कहाँबाट कसरी पुग्ने ?

    ओखलढुंगाको सदरमुकामदेखि पश्चिममा पर्ने पोकली झरना पुग्न करिब १२ घन्टे पैदल यात्रा लिनुपर्छ वा रामेछापको सदरमुकाम मन्थली हुँदै करिब २५ किमी माथि धोवी हुँदै पनि झरना हेर्न जान सकिन्छ । कम्तिमा पनि राजधानीबासीले काठमाडौंदेखि सोझै पोकली झरना पुग्न भने करिब दुई सय किलोमिटरको दूरी पार गर्नुपर्छ । अनि एक घण्टा पैदल खियाउनुपर्छ । काठमाडौंबाट काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुली, रामेछाप जिल्ला हुँदै पोकली झरना पुगेका छन् ।

    home stay- pokali.JPG 

    झरना समुद्र सतहदेखि २२ सय मिटर उचाईमा पर्ने पाहाडी इलाका हो । आकर्षक पर्यटकीय गन्तब्य मानिने यो झरना नपाल सरकारले सय गन्तव्यहरुको लिष्ट भित्र परेको छ ।  राजधानी काठमाडौँबाट १७४ किलोमिटर दुरीमा रहेको पोकलीसम्म यातायातको पहुँच छ । काठमाडौँबाट सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली हुदैँ झरनास्थल पुग्ने सुविधा छ ।

    पर्यटकीय गन्तब्यमा विकास गर्नुपर्ने

    पोकली झरना सेवा समाजले निर्माण गरेको पोकली भरनासम्बन्धी ‘बृत्तचित्र’समेत बनाएको छ । आन्तरिक तथा विदेशी पर्यटक आकर्षण गर्ने लक्ष्यसाथ पूर्वाधार विकास र प्रचारप्रसार अघि बढाइने भएको छ । 

    pokali jharana7.JPG

    झरनाको सौन्दर्य र महत्वलाई विश्वस्तरमा चिनाउन तथा पर्यटन गन्तब्यको रुपमा प्रवद्र्धन गर्न तीन तहको सरकारबीच समन्वय र साझेदारी भइरहेको छ । ओखलढुङ्गा अनुपम प्राकृतिक सुन्दरताको केन्द्रविन्दु झरनाले झनै आकर्षण थपेको छ । झरनाको प्रवद्र्धनका निम्ति गुरुयोजना बनाएर ल्याए बजेटमा सम्बोधन हुने सम्बन्धित व्यक्तिहरुको चासो छ ।


    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले प्राकृतिक सुन्दरता, जातीय सांस्कृतिक विविधतायुक्त पोकली झरना र आसपासको क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गरी प्रचारप्रसारका निम्ति बोर्डले सक्दो सहयोग गर्ने बचन दिएका छन् ।

    pokali - hulak ticket.JPG

    बृत्तचित्र निर्माण अभियानका अध्यक्ष मिलन विष्टका अनुसार करिब ४० मिनेटको बृत्तचित्र छ । सौन्दर्यता, प्राकृतिक तथा जैविक विविधता, स्थानीय, जातजाती, जनजीवन, संस्कृति, रहनसहन आदि विषयवस्तुलाई बृत्तचित्रमा समेटिएको छ ।
     
    विस्तुत गुरुयोजना तयार गरिने :

    देशकै दोस्रो अग्लो पकली झरनाको विकासका लागि गतवर्ष सङ्घीय सरकारले रु २५ लाख, प्रदेश सरकारबाट रु ५० लाख र गाउँपालिकाबाट रु १० लाख बजेट विनियोजन गरिएको थियो ।

    पोकलीको विस्तुत गुरुयोजना तयार गरिने भएको छ । ‘फन पार्क’, झरना आसपासमा सिँढी निर्माण तथा त्यस क्षेत्रमा २५ वटा घरबास कार्यक्रम ‘होमस्टे’ बसपार्क निर्माणलगायत ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन भइरहेको समाजका महासचिव शम्भु बरालले  बताए ।

    एक हजार करोड लिटरको ड्यामः

    रानीवनको काखमा रहेको पोकली झरनाको संरक्षणका लागि झरनाको सिरानमा एक हजार करोड लिटर क्षमताको ‘ड्याम’ निर्माण गर्ने योजना रहेको समाजले जनाएको छ । बर्खामा प्रशस्त पानी भए पनि हिउँदमा झरनाको पानी कम हुदाँ सौन्दर्य घट्न नदिन पानी सञ्चित गर्न लागिएको हो ।

    pokali- okhaldhunga.JPG

    केके देख्न पाइन्छ ? 
    अनुपम प्राकृतिक सुन्दरताको खानी ओखलढ्ङ्गा जिल्लाकै थप आकर्षण बोकेको झरना । प्राकृतिक मनमोहक दृश्य । पाहाडी जडिबुटी, विरुवा रुखपात, खोला किनाराका झ्याउ लेउ । कञ्चन पानीको बेग मनोरम संगीत । स्थानिय बाली र त्यसबाट बन्ने खाना परिकार, स्थानिय जातका फलफूल । भेषभुषा रहनसहन । सुनुवार तथा ब्राह्मण समुदायको बाहुल्यता रहेको पोकली झरना क्षेत्र बहुसांस्कृतिक एवं बहुधार्मिक पहिचानको सम्भाव्यता छ । पहाडी क्षेत्रको उत्कृष्ट भूगोल । सहासिक खेल ‘क्यानोनिङ’ को समेत सम्भावना छ ।

    यस्तो छ किम्वदन्तीः
     
    प्राकृतिक सुन्दरताले पूर्ण पोकली झरनासँग सम्बन्धित थुप्रै किम्वदन्ती छन् । झरनाको २ सय मिटर तल हाँडीदह रहेको छ। परापूर्व कालमा झरना आसपासमा रिठ्ठे झाँक्री बसोबास गर्ने र गाउँमा आवश्यक पर्दा हाँडीदहमा धूप हालेर प्रार्थना गरेपछि भाँडाकुँडा दहबाट निस्कने गरेको जनश्रुति पाइन्छ ।

    okhaldhunga.JPG

    झरनाको केही माथि पिकनिक स्पोटका लागि प्रतीक्षालय र शौचालय निर्माण गरिए पनि ती संरचना अहिले उचित संरक्षणको अभावमा बेवारिसे बनेका छन्।

    pokali - jharana5.JPG

    झरनादेखि सोलुखुम्बुको पिके जोड्ने सडक र पर्यटक पदमार्गको काम पनि सुरु हुन सकेको छैन। 

     

    साताको लोकप्रीय