एमसीसी बारे अमेरिकाले राख्यो फेरि यस्तो आफ्नो धारणा

एमसीसी बारे अमेरिकाले राख्यो फेरि यस्तो आफ्नो धारणा

अर्थ डबली
आइतवार, पुस १९ २०७७
अर्थ डबली
आइतवार, पुस १९ २०७७ (अर्काइभ बाट)
  • एमसीसी बारे अमेरिकाले राख्यो फेरि यस्तो आफ्नो धारणा

    काठमाडौं/  एमसीसीसँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले जोड पुनः जोड दिएको छ । 

    images
    images

    नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता आना रिची–एलेनले सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने फाइदाबाट बञ्चित हुने बताइन् । 


    ‘एमसीसी अनुमोदन कोष खुला भइरहँदैन, त्यसैले सक्दो चाँडो  सम्झौता संसदबाट अनुमोदन गरेर कार्यान्वयनमा लैजानुपर्छ’, उनले भनिन् । 

    विद्युतीय प्रशारण लाइन निर्माण र सडक स्तरोन्नति गर्न एमसीसीबाट करिब ५५ अर्ब रुपैयाँ अनुदानका लागि भएको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने सर्त छ । प्रधानमन्त्रीले संसद विघटन गरेपछि अनुमोदन अनिश्चित बनेको खबर कान्तिपुरले छापेको छ । 

    अमेरिकाले पटक पटक एमसीसी छिटो पारित हुनुपर्नेमा जोड दिँदै आएको छ । 

    साताको लोकप्रीय