पुराना निजी फर्मको नवीकरण समय थपः कस्ता कम्पनीको कति लाग्छ शुल्क ?

पुराना निजी फर्मको नवीकरण समय थपः कस्ता कम्पनीको कति लाग्छ शुल्क ?

प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३ औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०७८ असार मसान्तसम्म नवीकरण गर्न पाउने भएका हुन् । 

अर्थ डबली
सोमवार, पुस २० २०७७
अर्थ डबली
सोमवार, पुस २० २०७७ (अर्काइभ बाट)
  • पुराना निजी फर्मको नवीकरण समय थपः  कस्ता कम्पनीको कति लाग्छ शुल्क ?

    काठमाडौं / सरकारले निजी (प्राइभेट) फर्म नवीकरणको अवधि थप गरेको छ । 

    images
    images
    images

    विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आगामी असार मसान्तसम्मको समय दिएको हो । 
    यही पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३ औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०७८ असार मसान्तसम्म नवीकरण गर्न पाउने भएका हुन् । 

    उक्त फर्मले सीमित शुल्कमा आवश्यक कागजातसहित नवीकरणको निवेदन दिन सक्ने अवसर दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । 

    विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेँडाईले साविकको नियमित नवीकरण गर्दा लाग्ने शुल्कमा रु २० लाख अधिकृत पूँजीभन्दा कम भएका फर्मका लागि वार्षिक रु दुई हजारका दरले र रु २० लाखभन्दा बढी पूँजी भएका फर्मका लागि वार्षिक रु पाँच हजारका दरले थप नवीकरण शुल्क तोकिएको बताए ।

    उक्त शुल्क तिरेर लामो समयदेखि नवीकरण रोकिएका निजी फर्मले नवीकरण गर्ने बाटो खुलेको हो । विभागमा दर्ता भएका करिब पाँच हजार निजी फर्ममध्येमा आधाभन्दा बढीले नवीकरण गरेका छैनन् । 

    नेपाल सरकारले तोकेको निकायमा दर्ता नगरी व्यावसायिक प्रकृतिका प्राइभेट फर्म सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ । साथै दर्ता भए पश्चात तोकिएको समयावधिभित्र समय समयमा नवीकरण गर्नुपर्ने हुन्छ । अन्यथा तेस्ता फर्म कारोवार निरन्तरताका लागि वैधानिक मानिदैन ।

    उनका अनुसार यसअघि गत फागुनमा नवीकरण रोकिएका फर्मलाई असारमसान्तसम्मको समय दिइएको थियो । कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै गत चैतदेखि गरिएको बन्दाबन्दीका कारण उपभोक्ताले लाभ लिन नसकेपछि पुनः नवीकरणको समय दिइएको हो । 

    पहिलो पटक दर्ता भएका निजी फर्मलाई पाँच वर्षको अवधि दिइएको हुन्छ । छठौँ वर्षको ३५ दिनसम्म सामान्य शुल्क र तीन तथा एक वर्षभित्र तोकिएको जरिवाना शुल्क भुक्तानी गरेर नवीकरण गर्न पाइने विभागले जनाएको छ ।

    छ वर्षपछि प्रत्येक दुई/ दुई वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ । सामान्यता व्यापारिक प्रकृतिका निजी फर्म वाणिज्य विभाग र उत्पादन प्रकृतिका फर्म उद्योग विभागमा दर्ता हुँदै आएका छन् । 

    मट्टितेल ट्याङ्क भण्डारण निर्माण

    नेपाल आयल निगमले प्रादेशिक कार्यालय लुम्बिनीमा मट्टितेल ट्याङ्क भण्डारण निर्माण गरेको छ । हाल भलवारीस्थित कार्यालयको डिपोमा मट्टितेल भण्डारण गर्दै आएकामा ट्याङ्कलाई पेट्रोलमा रुपान्तरण गर्न नयाँ भण्डारण निर्माण गरिएको हो । 

    निगमले मट्टितेल भण्डारणका लागि छुट्टै १४० किलोलिटर क्षमताका दुईवटा ट्याङ्क निर्माण गरेको छ । रु एक करोड लगानीमा सो ट्याङ्क निर्माण गरिएको निगमका कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    पेट्रोलको भण्डारण क्षमता कम हुँदा मागअनुसार आपूर्ति गर्न नसकेपछि निगमले मट्टितेल ट्याङ्कलाई पेट्रोलमा रुपान्तरण गर्न लागेको हो । डिपोमा पेट्रोलको भण्डारण क्षमता जम्मा १४० किलोलिटर रहेको तर खपत करिब २०० देखि ३०० किलोलिटरसम्म हुने गरेपछि मट्टितेल ट्याङ्कलाई पेट्रोलमा रुपान्तरण गर्न लागिएको हो । जसबाट पेट्रोलको भण्डारण क्षमतामा करिब तीन गुनाले वृद्धि भई करिब तीन दिनको आपूर्ति धान्न सक्नेछ । 

    उक्त डिपोबाट हाल लुम्बिनी प्रादेशका गुल्मी, पाल्पा, अर्घाखाची, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गण्डकी प्रादेशको स्याङ्जाको पश्चिम भेग र बाग्लुङका केही भाग गरी आठ जिल्लामा अवस्थित पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ वितरण हुँदै आएको छ । भारतको बेतालपुर, गोण्डा, मुगलसराय र नेपालको अमलेगञ्ज डिपोबाट डिजेल,  पेट्रोल र मट्टितेल आयात एवं प्राप्ति गरी बिक्री वितरण गर्ने गरिएको छ । 

    यसैगरी प्रत्येक उपभोक्ताको घरघरमा खाना पकाउने एल पिजी ग्यास इन्डियन आयलका हल्दिया, पारादिप, बरौनी र मथुरा रिफाइनरीबाट आयात गरी एल।पि।जि।बोटलिङ प्लान्टलाई बिक्री वितरण गर्ने गरिएको छ । 

    उक्त क्षेत्रमा हाल पेट्रोलियम पदार्थको मागमा वार्षिक करिब १२ प्रतिशतका दरले वृद्धि हँुदै गइरहेको छ । औसत रुपमा दैनिक १२ लाखदेखि १३ लाख लिटरसम्म पेट्रोलियम पदार्थको बिक्री वितरण हुँदै आएको प्रादेशिक कार्यालय लुम्बनी डिपोका प्रमुख प्रलयांकर आचार्यले जानकारी दिए ।

    निगमले डिपो परिसर तथा उक्त क्षेत्रका पेट्रोल पम्प, स्थानीय क्षेत्रमा हुनसक्ने आगलागीको नियन्त्रण गर्न पानी र केमिकल फोम मिश्रित छ हजार लिटर क्षमताको अत्याधुनिक दमकल खरिद गरी सञ्चालनमा ल्याएको छ । 

    – समुन्द्रा घिमिरे काठमाडौँ

    साताको लोकप्रीय