उद्योग बाणिज्य महासंघका पदाधिकारीलाई आइएलओका देशिय निर्देशक रिचार्ड हवार्डले के भने ? 

उद्योग बाणिज्य महासंघका पदाधिकारीलाई आइएलओका देशिय निर्देशक रिचार्ड हवार्डले के भने ? 

अर्थ डबली
सोमवार, पुस २७ २०७७
अर्थ डबली
सोमवार, पुस २७ २०७७ (अर्काइभ बाट)
  • उद्योग बाणिज्य महासंघका पदाधिकारीलाई आइएलओका देशिय निर्देशक रिचार्ड हवार्डले के भने ? 

    काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का देशिय निर्देशक रिचार्ड हवार्ड (International Labor Organization-ILO) बीच आज महासंघ सचिवालयमा भेटवार्ता भयो । 

    images
    images

    सो अवसरमा कोभिड पश्चात नेपालको अर्थतन्त्र, रोजगारी, उद्योग व्यवसायको अवस्थाका विषयमा विस्तृत छलफल भयो । भेटवार्तामा साना तथा मझौला उद्यम व्यवसायलाई पुनरूत्थान गर्ने कार्यमा महासंघ र आइएलओ बीच हुनसक्ने सहकार्यका विषयमा पनि छलफल भयो । 

    भेटवार्तामा महासंघका अध्यक्ष गोल्छाले नेपालको आर्थिक विकास, श्रम सम्बन्ध सुधारमा आइएलओले गरेको सहयोगको प्रशंसा गरे । 

    अध्यक्ष गोल्छाले मुलुकभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई निजी क्षेत्रले अत्यन्त संवेदनशील भई हेरेको र कोभिडबाट प्रभावित उद्योग व्यवसाय पर्यटन सहित साना तथा मझौला उद्यम व्यवसायको पुनरूत्थानका लागि रोजगारी सृजना सहितको निश्चित लक्ष्य लिई भिजन पेपर तयारी गरीरहेको जानकारी गराए । 

    साथै, अध्यक्षले सामाजिक सौदावाजीका विषयमा उद्योग प्रतिष्ठानलाई सहयोग पु¥याउन लिगल हेल्प डेस्क अवधारणाका वारेमा छलफल गर्दै सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा देखिएका व्यवहारिक कठिनाईका विषयमा जानकारी गराए । 


    सो अवसरमा देशिय निर्देशक हवार्ड (Dr. Richard Howard, Country Director) ले निजी क्षेत्रको प्रवद्र्धन, रोजगारी र श्रम ऐन तथा सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा नीतिगत सुधार एवं प्राविधिक सहयोग उपलव्ध गराउन आइएलओ तयार रहेको विश्वास दिलाए ।

    कार्यक्रममा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे, महासंघका वरिष्ठ विज्ञ हंसराम पाण्डे, उपमहानिर्देशक गोकर्ण अवस्थी र आइएलओका वरिष्ठ अधिकृत प्रकाश शर्माको उपस्थिति थियो ।

    साताको लोकप्रीय