आयल निगमको खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख

आयल निगमको खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख

अर्थ डबली
बुधवार, पुस २९ २०७७
अर्थ डबली
बुधवार, पुस २९ २०७७ (अर्काइभ बाट)
  • आयल निगमको खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख

    काठमाडौं/  नेपाल आयल निगमले खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख गरेको छ । निगमले नाफा रकमबाट निगमका शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बराबरको नगद लाभांश रु दुई अर्ब २० करोड वितरण गर्न साधारणसभाले स्वीकृति प्रदान गरेको थियो । 

    images
    images
    images

    गत आर्थिक वर्ष २०७६/ ०७७ मा  यति धेरै नाफा गर्न सफल भएको तथ्य यहि साधरणसभामा प्रस्तुत प्रतिबेदनमा उल्लेख छ ।  निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत  गरेको थियो । 

    निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आव २०७६–७७ को लेखापरीक्षणसमेतका वित्तीय विवरण पहिलो पटक नेपाल वित्त रिपोर्टिङ मापदण्ड (एनएफआरएस) अनुसार तयार पारिएको हो ।

    निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले साधारणसभामा निगमले गरिरहेका सुधारका विविध पक्षबारे जानकारी गराउँदै निगमलाई पूर्ण कप्युटरकृत स्वचालित विधिमा रुपान्तरण गरी देशकै नमूनायोग्य संस्थामा रुपान्तरण गर्न प्राप्त सहयोग र हौसलाप्रति सबैमा आभार व्यक्त  गरे ।


    निगम व्यवस्थापनले निगमको साधारणसभा सम्पन्न गर्न सहयोग पु¥याउने उद्योगमन्त्री लेखराज भट्ट र  राज्यमन्त्री विमला विक, सचिव डा  अर्याल, शेयरधनी प्रतिनिधि, सञ्चालक समितिका पदाधिकारी, लेखापरीक्षक, निगमका कर्मचारी एवं व्यवसायीलाई धन्यवादसमेत दिएको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

    साताको लोकप्रीय