सेञ्चुरी कमर्सियल बैंक र आठबिसकोट न.पा.सम्झौता,स्थानीयलाई कर्जा लिन सहज

सेञ्चुरी कमर्सियल बैंक र आठबिसकोट न.पा.सम्झौता,स्थानीयलाई कर्जा लिन सहज

अर्थ डबली
सोमवार, माघ २६ २०७७
अर्थ डबली
सोमवार, माघ २६ २०७७ (अर्काइभ बाट)
  • सेञ्चुरी कमर्सियल बैंक र आठबिसकोट न.पा.सम्झौता,स्थानीयलाई कर्जा लिन सहज

    काठमाडौँ / कृषि क्षेत्रको व्यवसायिकता मार्फत आत्मनिर्भर नगरपालिका निर्माणका लागि सेञ्चुरी कमर्सियल बंैक र आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम संचालन गर्ने सम्झौता भएको छ ।

    images
    images
    images

    रुकूम जिल्लाको आठबिसकोट नगरपालिकामा “कृषक सहकार्य समुह” मार्फत त्यस क्षेत्रमा संभावना भएका कृषि, वनजन्य व्यवसाय, प्रांगारिक एवं उच्च मुल्यका कृषि उत्पादन र कृषि व्यवसायीकरणका लागि बैंकले सहज र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उद्देश्य रहेको छ ।

    उक्त सम्झदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र नगरपालिकको तर्फबाट नगरप्रमुख गोर्ख बहादुर के.सी.ले हस्ताक्षर गरे ।
      
    आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कर्मसियल बैंकले आफ्ना १२० शाखा १० वटा एक्सटेन्सन काउन्टर, २१ बान्चलेस बैंकिङ्ग ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    साताको लोकप्रीय