पूर्वाधारविज्ञ सूर्यराज आचार्य लेख्छन् – दलहरु समाजको विकास होइन, सत्ता परिवर्तन र पद प्राप्तिका तिकडमहरुमा विकास भयो !

पूर्वाधारविज्ञ सूर्यराज आचार्य लेख्छन् – दलहरु समाजको विकास होइन, सत्ता परिवर्तन र पद प्राप्तिका तिकडमहरुमा विकास भयो !

अर्थ डबली
शनिवार, माघ ३ २०७७
अर्थ डबली
शनिवार, माघ ३ २०७७ (अर्काइभ बाट)
  • पूर्वाधारविज्ञ सूर्यराज आचार्य लेख्छन् – दलहरु समाजको विकास होइन, सत्ता परिवर्तन र पद प्राप्तिका तिकडमहरुमा विकास भयो !

    काठमाडौं/  पूर्वाधार विज्ञ तथा लेखक सूर्यराज आचार्यले मुलुकमा राजनीतिक दलहरु व्यवस्था परिवर्तन सँगै समाजको विकास र रुपान्तरण गर्नुपर्ने तर, सत्ता परिवर्तनर पद प्राप्तिका लागि मात्र विकास भएको गम्भिर आरोप लगाएका छन् । 

    images
    images

    उनले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् । पूर्वाधार विज्ञ आचार्य नेपालको प्रकृति सुहाउँदो मोडलमा पूवाधारको विकास गर्दै अघि बढ्नुपर्ने विषयमा दख्खल राख्छन् ।

    उनले  व्यवस्था परिवर्तनका लागि गठन भएका दल विकास र विस्तार हुँदै त गए, तर देश र समाजको अवस्था परिवर्तनका लागि आवश्क सोच र क्षमताको विकास हुन नसकेको प्रति दुःख व्यक्त गरेका छन् ।

    सिर्फ सत्ता परिवर्तन र पद प्राप्तिका तिकडमहरुको मात्र विकास भएकोमा दलहरुप्रति आपत्ति प्रकट गर्दै नयाँ शिराबाट रुपान्तरण गर्ने क्षमता बोकेको नयाँ राजनीति अब जरुरी भएको उल्लेख गरे । 
    उनले ट्वीट गरेका छन्, ‘राजनीतिको अर्थ पदको भागबन्डामा साँघुरिएको छ। रुपान्तरण क्षमताको नयाँ राजनीति जरुरी !’

    यस्तै अर्को ट्वीटमा नागरिक समाजु भनेर कुनै निश्चित समुहलाई स्थायी संयन्त्रका रुपमा बुझ्ने अवधारणा गलत भएको पनि बताए । 

    राज्य या दल बाहिरको समाजका विभिन्न व्यक्ति र समुहको औपचारिक र अनौपचारिक गतिविधिमा नागरिक समाज प्रकट भएको हुन्छ। व्यक्ति र समुह भन्दा समाजका भावनालाई प्रतिबिम्वित गर्ने एजेन्डा र गतिविधि महत्वपूर्ण भएको बताएका छन् ।

    साताको लोकप्रीय