गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान र विज्ञ केन्द्र 

गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान र विज्ञ केन्द्र 

अर्थ डबली
सोमवार, पौष २० २०७७
अर्थ डबली
सोमवार, पौष २० २०७७ (अर्काइभ बाट)
  • गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान र विज्ञ केन्द्र 

    गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यालय स्थापना गरेको छ । 

    images
    images

    प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपन्छीसम्बन्धी सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने बाध्यता अन्त्य गर्दै सबै जिल्लामा कृषि र पशुपन्छीका कार्यालय स्थापना गरेर कर्मचारी व्यवस्थापन गरिएको जनाएको छ ।

    कृषि मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालयहरु सबै जिल्लामा नहुँदा सेवाग्राहीले सास्ती पाएको गुनासोपछि सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ११ वटै जिल्लामा कार्यालय स्थापना गर्ने जनाएको थियो । 
    मन्त्रालयले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मनाङ, मुस्ताङ, नवलपुर र पर्वतमा विस्तार गरेको छ ।

     यसैगरी कृषि ज्ञान केन्द्रको कार्यालय कास्की, मनाङ, मुस्ताङ, नवलपुर र बाग्लुङमा विस्तार गरिएको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले आज पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बताउनुभयो । विगतमा कृषि ज्ञान केन्द्र प्रदेशका छ जिल्लामा र विज्ञ केन्द्र सात जिल्लामा मात्र रहेका थिए । 

    “सेवाग्राहीलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नपर्ने गरी प्रदेशको कृषि मन्त्रालयको एकाइ ११ वटै जिल्लामा स्थापना गरिसकेका छौँ”, कृषिमन्त्री थापाले eg], “मनाङको ज्ञान केन्द्रमा बाहेक अन्य सबै जिल्लास्थित कार्यालयमा प्रमुखसहित सहायक कर्मचारी पुगिसक्नुभएको छ र कार्यालयबाट सेवा दिन शुरु भएको छ, अपुग कर्मचारीसमेत छिट्टै पठाउँछौँ।”

     मन्त्री थापाले कृषि मन्त्रालयका लागि प्राविधिक कर्मचारी अपुग रहेकाले कर्मचारी भर्नाका लागि मन्त्रिपरिषद्बाट सङ्गठन संरचना र व्यवस्थापन -ओ एन्ड एम_ स्वीकृत गरेर कार्यान्वयनमा भइसकेकाले कार्यविधिअनुसार करारमा कर्मचारी भर्ना गरी प्राविधिक जनशक्ति सबै ठाउँमा उपलब्ध गराइने बताP . 

    मन्त्रालयका सचिव सवनम शिवाकोटीले प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कार्यालय स्थापना भएकाले सेवाग्राहीलाई सहज हुने र योजना कार्यक्रम कार्यान्वयनमा सहज हुने बताP .

    जिल्लास्थित कार्यालय विस्तारसँगै मन्त्रालय मातहतका कार्यालयको सङ्ख्या ३५ पुगेको बताइन्छ ।

    साताको लोकप्रीय