आरोन फर्निचरको ‘चाडपर्व अफर’ शुरु, ग्राहकले १५ देखि ४० प्रतिशतसम्म छुट पाईने 

आरोन फर्निचरको ‘चाडपर्व अफर’ शुरु, ग्राहकले १५ देखि ४० प्रतिशतसम्म छुट पाईने 

अर्थ डबली
शुक्रवार, साउन २९ २०७८
अर्थ डबली
शुक्रवार, साउन २९ २०७८ (अर्काइभ बाट)
  • आरोन फर्निचरको ‘चाडपर्व अफर’ शुरु, ग्राहकले १५ देखि ४० प्रतिशतसम्म छुट पाईने 

    काठमाडौं/  फर्निरचर क्षेत्रमा लोकप्रिय आरोन फर्निचरले आफ्ना ग्राहकहरुका लागि ‘चाडपर्व विशेष अफर’ ल्याएको छ ।

    images
    images

    कोरोना कहरले आर्थिक जनजीवन अस्तव्यस्त बनाएको अवस्थामा आफ्नो शुभचिन्तक ग्राहकहरुलाई सहज मूल्यमा उत्कृष्ट प्रडक्टहरु सेवा दिने उद्धेश्यले यस्तो अफर ल्याएको कम्पनीले जनाएको छ ।

    नेपालीहरुको महान चाड तीज दशैं तथा तिहार जस्ता ठूला चाडपर्वलाई लक्षित गरेर कम्पनीले कुनैपनि सामान किन्दा १५ प्रतिशत देखि ४० प्रतिशतसम्म छुट पाईने योजना ल्याएको छ। कम्पनीले फर्निचरदेखि मोडुलर किचन, फर्निसिङका पनि सेवा प्रवाह गर्दछ । 

    नेपालको जीवनशैली संस्कृतिलाई अहिले कोरोना कहरले जनजिवन प्रभावित पारेको छ ।

    aaron furniture 2.JPG

    यता नेपालीहरुको माहान चाड तीज, दशैं तिहार पर्वहरु पनि आउँदै छ । विस्वासिलो कम्पनीबाट अनलाइनबाटै अर्डर गरी होम डेलिभरि डिमान्ड गराउने ग्राहकहरु बढिरहेका छन् । 


    आरोन फर्निचरले पछिल्लो समय सुरक्षित र भरपर्दो र विस्वासिलो तवरले ग्राहकहरुमा सेवा प्रवाह गरिरहेको छ । उसले प्रतिस्पर्धी बजारमा ग्राहकहरु लक्षित स्किम तथा छुट अफर ल्याउँछ । 

    फ्ल्याट डिस्काउट गरी १५ प्रतिशत छुट अफर कम्तिमा दिएको छ । भने सामान र  खरिद अनुसार छुट अफरलाई अझै बढि ४० प्रतिशतसम्म दिएको छ । आरोनले कुनै पनि सामान किन्दा यति धेरै डिस्काउन्ट दिएको  पहिलो पटक भने होइन । कम्पनीले ग्राहकको विस्वास जित्न विभिन्न समयमा विभिन्न अफर ल्याउने गर्दछ । 

    फर्निचर क्षेत्रमा ७ वर्ष लामो आफ्नो अनुभवलाई अझै विस्वासिलो बनाउँदै लगेको  कम्पनीको दावी छ । कुनैपनि सामानको मूल्यमा स्पष्टता पारदर्शी र भरपर्दो भएकोले बजारमा आरोन फर्निचरको माग बढ्दो रहेको कम्पनीले जनाएको छ । 

    विशेष गरी शहरका मध्यमदेखि उच्चवर्ग लक्षित गर्दै आफ्ना उत्पादनहरु बजारमा सेवा प्रवाह गरिरहेको छ । नेपालमा आवश्यक अधिकतम सामान आयातित छन् । जसले नेपाली पैसा विदेशिएको मात्र छैन । यहाँ युवाको श्रम र सीप खेर गएको छ । आरोन फर्निचर यहि आवश्यकता पूरा गर्न जन्मिएको हो । उसले सरल मूल्यमा उत्कृष्ट प्रडक्टहरु दिने गरेको ग्राहकहरु बताउँछन् ।

    आरोनले केके सेवा प्रवाह गर्दछ ? 


    घर, कार्यालय, होटल, हस्पिटालिटीका लागि इन्टेरियर डिजाइन सेवा समेत उपलब्ध गराई आवश्यक सेवा प्रवाह गरिरहेको आरोन फर्निचर लामो समय विदेशमा आफ्नो सीप क्षमता पस्केर नेपालमै केही गर्ने उद्देश्यले स्थापित कम्पनी हो । 

    मोडुलर किचन, विभिन्न अफिसियल तथा घरायसी फर्निचरका साथै फर्निसिङका सामान पनि  उपलब्ध गराउँछ ।  

    aaron - furniture.JPG

    आरोन फर्निचरका निर्देशक शालिकग्राम बरालका अनुसार ग्राहकहरूको रूचि र विशेषतालाई बुझेर उत्कृष्ट सेवा दिइरहेको छ । उनले भने ‘व्यक्ति व्यक्तिको रूचि, आवश्यकता, चाहानालाई हामी बुझ्छौं र वहाँहरुको इच्छालाई हामी पुरा गर्दछौं । 

    कम्पनीले तयारी सामानको होम डेलिभरी सुविधासमेत दिएको छ ।  आरोनका फर्निचरहरू अत्याधुनिक प्रविधिबाट निर्मित भएकोले  फोल्डिङ गर्न मिल्ने, सहज सरल र बलियो छ । 

    उच्च कोटीको टेक्नोलोजीको प्रयोग र उत्कृष्ट डिजाइनमा बनाइएको हुनाले आरोनका प्रोडक्टहरू फिनिसिङ उत्कृष्ट, र आकर्षक छन् । अन्तर्राष्ट्रिय ब्राण्डसँग तुलना गर्न सकिन्छ । बजारको भन्दा फरक खालका सामानहरु उत्पादन हुन्छन् । 

    आधुनिक प्रविधि र डिजाइनरको सहायतामा आरोनले उत्पादन गरिरहेको छ । ग्राहकले अवश्य महसुस गर्न सक्छन् । ग्राहकले चाहे जस्तै महसुस गराउन सक्ने अत्यन्तै फरक पहिचानसहित बजारमा स्थापित ब्राण्ड छ । 


    नेपालमै अन्तर्राष्ट्रिय स्तरको फर्निचरका समान


    नेपालमै अन्तर्राष्ट्रिय स्तरको फर्निचरका समानहरू पाइने भएपछि ग्रहकले आफ्नो खुशी महसुस गर्न सक्ने भएका छन् । 
    बद्लिदो समय र आधुनिकतासँगै नेपालमा पनि फर्निचरका सामानहरू आकर्षक डिजाइन, उत्कृष्टता खोज्ने बानी नेपालीहरूमा छ ।  

    अझै शहरी करण बढ्दै जाँदा यस्ता समानहरूको आवश्यकता पनि बढ्दै गएको छ । नेपालमा विदेशबाट समेत अर्बौ रुपैंयाँको समान आयात भइरहेको स्थितिमा स्वदेशी उत्पादनले भरथेग गरी आयात रोक्न बल दिएको छ । 

    कसरी सेवा लिने ?

    करिब करोड रुपैयाँ माथि लगानी रहेको कम्पनी इमाडोल कमलपोखरीमा आफ्नै उत्कृष्ट आउटलेट सोरुम छ । सिधा सम्पर्क गरि आउटलेट शोरुममा जान पनि सकिन्छ । वा कम्पनीको फेसवुक पेजबाट सिधै अर्डर गरी होम डेलिभरी गराउन सकिन्छ । कम्पनीका डाइरेक्टर राजेन्द्र श्रेष्ठ भन्छन्,  ‘उत्पादनलाई अझै उत्कृष्ट डिजाईन र क्वालिटी दिने हाम्रो उद्देश्य हो । उपभोक्ताहरुको माग र अर्डर अनुसारका विभिन्न सयौं डिजाइनका सामान दिन सकिन्छ ।

    aaron - furniture.JPG

    घर, कार्यालय, होटललगायतमा प्रयोग गर्न सकिन्छ ।’कम्पनीले उत्पादन गर्ने सामग्रीमा प्रयोग हुने हार्डवयर (चुक्कुल, कब्जा, ह्यान्डल आदि) मा १० बर्षको वारेन्टी दिएको उनले बताए ।

     पार्टसहरु टेक्नोलोजीमा विश्व प्रसिद्ध मुलुक जर्मनबाट आयात गरिने निर्देशक बरालले बताए । त्यस्तै, कम्पनीले विशेष गरी मोडुलर किचन, फर्निचर र फर्निसिङका अफिसियल र घरायासी सामानहरु बजारमा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउँछ । 

     

    साताको लोकप्रीय