सिद्धार्थ बैंकको वित्तीय विवरण : बैंकको नाफा १० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानीमा पनि कमि

सिद्धार्थ बैंकको वित्तीय विवरण : बैंकको नाफा १० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानीमा पनि कमि

अर्थ डबली
बिहिवार, माघ १५ २०७७
अर्थ डबली
बिहिवार, माघ १५ २०७७ (अर्काइभ बाट)
  • सिद्धार्थ बैंकको वित्तीय विवरण : बैंकको नाफा १० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानीमा पनि कमि

    काठमाडौँ /  सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक बर्ष २०७७/०७८ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    images
    images

    बिहीबार प्रकाशित वित्तीय विवरण अनुसार बैंकले ९१ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब २ करोड ६५ लाख रुपैयाँ नाफा गरेको बैंकको नाफा चालू आवको सोही अवधिमा भने १० प्रतिशतले घटेको छ । 

    नाफासँगै कम्पनीको वितरणयोग्य नाफा १३ करोड ६९ लाख ३७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । 

    समीक्षा अवधिसम्म कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानीमा पनि कमि आएको छ ।

    बैंकको चुक्तापूँजी ९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ रहेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ८ प्रतिशत र सञ्चालन नाफा ९ प्रतिशतले घटेको छ । 

    पुस मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी आम्दानी १८.८२ रुपैयाँ रहेको छ । गत आवको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी २१.०३ रुपैयाँ रहेकोमा चालू आवमा भने घटेको हो । बैंकको प्रतिशेयर नेटवर्थ १८७.२० रुपैयाँ रहेको छ । 

    siddrtha bank report.jpg

    साताको लोकप्रीय