चुनाव हुन्छ कि हुँदैन ? यसो भन्छन् रघुविर महासेठ, शंकर भण्डारी र राजकिशोर यादव (भिडओसहित)

चुनाव हुन्छ कि हुँदैन ? यसो भन्छन् रघुविर महासेठ, शंकर भण्डारी र राजकिशोर यादव (भिडओसहित)

अर्थ डबली
मंगलवार, माघ २० २०७७
अर्थ डबली
मंगलवार, माघ २० २०७७ (अर्काइभ बाट)
  • चुनाव हुन्छ कि हुँदैन ? यसो भन्छन् रघुविर महासेठ, शंकर भण्डारी र राजकिशोर यादव (भिडओसहित)

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् । र, केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै मिलेर चुनावमा जाने पनि उनले दाबी गरेका छन् । 

    images
    images

    मंगलबार राजधानीमा एक साक्षात्कारमा बोल्दै नेता महासेठले अध्यक्षद्धय ओली र प्रचण्ड मिलेर नै चुनावमा जाने दाबी गरे । उनले भने–‘उहाँ मिलेर नै चुनावमा जानुहुन्छ, उहाँहरु नमिली सुखै छैन् । पार्टी फुट्दैन् । वामदेव गौतमको एकता प्रस्तावपनि सकारात्मक छ, तर यो प्रस्तावले पार्टी एकता हुने सम्भावना छैन् । उहाँले पनि प्रधानमन्त्री ओलीलाई साथ दिनुहुन्छ ।’

    क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूहरुलाई अदालत र निर्वाचन आयोग दुवैको निर्णय मान्य हुने भन्दै तोकिएकै मितिमा निर्वाचन हुने ठोकुवा गरे । उनले भने–‘चुनाव त एक सय प्रतिशत हुन्छ ।

    म मित्रहरुलाई भन्न चाहन्छु कि चुनावका लागि हामी त तयारीमा जुटिसक्यौं । तपाईहरु पनि जुट्न्होस । हामी अदालतको निर्णय मान्छौं । संसद पूनःस्थापना भनेको पनि उहाँ प्रधानमन्त्री ओलीनै प्रधानमन्त्री बन्ने हो । यदि निर्वाचनको हकमा पनि निर्णय लियो भने हामी आत्मसात गर्छौं । संवैधानिक इजलाशको निर्णय पर्खेर बसेका छौं । छिटोभन्दा छिटो इजलाशबाट निर्णय आउँछ ।’

    उनले नेकपा एकता हुँदा बखत नै सही तवरले नभएको गुनासो पोखे । उनले विगत सम्झिँदै भने–‘हाम्रो पार्टीको एकता जुन प्रकारले सुरु भयो, त्यो राम्रो तवरले भएको भए दुर्घट्ना हुने थिएन् । एकता प्रक्रियाको धेरै कुरा मलाई थाहा छ । नेकपाका दोस्रो अधयक्ष प्रचण्डले जुन राजनतिक अभियोगपत्र भन्नुभयो, त्यसमा पनि यो एकता प्रक्रिया फलानोको भरमा, फलानोलाई साक्षी राखेर भन्नुभएको छ।

    एकता प्रक्रियामा सूर्य छापमा चुनाव लड्ने भन्ने सहमति थियो, तर त्यो सहमति २४ घण्टा नबित्दै सूर्य छापमा चुनाव लडे राम्रो हुँदैन भनेर हाम्रै पार्टीका नेताहरुले भनेर प्रचण्डजी ब्याक हुनुभयो । तर, हामी मोर्चाबन्दी गरेर चुनाव लड्यौं । चुनाव सकिएपनि हाम्रो पार्टीको नेतृत्वमा करिब दुई तिहाईको सरकार बन्यो ।

    प्रधानमन्त्री ओली बन्नुभयो । यो बीचमा सरकारले धेरै राम्रा काम गर्दागर्दैपनि पार्टीभित्रबाट सहयोग प्राप्त भएन् । प्रतिपक्षमा कांग्रेस थियो, तर उहाँहरुले प्रतिपक्षको भूमिका खेल्नुभएन् । हाम्रै पार्टीभिबाट प्रतिपक्षको भाषा बोल्न थाल्नुभयो । ऐतिहासिक काम गर्दागर्दै पनि आफ्नै पार्टीबाट असहयोग भयो ।’

    आफ्नो पार्टीको सरकारले धेरै राम्रो काम गर्दापनि त्यसको सही व्याख्या र जनतामा प्रचारप्रसार गर्नुभन्दा पनि यो सरकारले केही गर्न सकेन् भनेर आफ्नै पार्टीका साथीहरु लागेको पनि उनले आरोप लगाए । उनले भने,‘उल्टै सरकारले काम गर्न सकेन भनेर ओलीले राजीनामा दिनुपर्छ भनेर माग गरियो । विशेष संसद अधिवेशनको लागि माग गर्नुभयो । संसदको विशेष अधिवेशन बोलाउने माग गर्दै राष्ट्रपतिसमक्ष हाम्रै साथीहरु जानुभयो ।

    यो प्रकरणले प्रधानमन्त्री झस्किनुभयो । सरकारविरुद्धको मोर्चाबन्दी र घेराबन्दी निरन्तर भयो । एकपछि अर्को श्रृंखलाले यो संसद भंग भयो । यो कुनै खराब उद्देश्यले भएको होईन् । कांग्रेस र राजपाले आफ्ना योजना हाम्रो पार्टीभित्रैबाट कार्यान्यवन गर्न खोजेपछि प्रधानमन्त्रीज्यूले यो कदम चाल्नुभएको हो । उहाँले कि प्रधानमन्त्री छोड्नुपर्दथ्यो या निर्वाचनमा जानुपर्दथ्यो ।

    देश जुन बाटोमा गैरहेको थियो, त्यसमा निरन्तर जानको लागि एउटै बाटो थियो–त्यो संसद विघटन हो । उहाँले देशलाई नयाँ जनादेशमा लैजानको लागि उहाँले निर्वाचन मिति घोषणा गर्नुभएको छ । वैशाख १७ र वैशाख २७ गते । अहिले चुनाव हुन्छ कि हुँदैन् ? भनेर विवाद छ, तर चुनाव सय प्रतिशत हुन्छ । सरकारसँग विकल्प छैन् । संसद भंग भएपछि ६ महिनाभित्र चुनाव गराउनैपर्छ । ६ महिनाभित्र भएन भने सरकारको औचित्यमाथि प्रश्न उठ्छ । पुष ५ गते संसद विघटन भएको छ । असार ५ गतेभित्र चुनाव गराउनैपर्छ ।’

    महासेठले निर्वाचन आयोगले जे निर्णय दिन्छ त्यो पनि आफूहरुले मान्ने दाबी गरे । उनले भने,‘हामी निर्वाचन आयोगले गरेको निर्णय मान्छौं । हामी आन्दोलनमा जाँदैनौं । अदालत र निर्वाचन आयोगमाथि हामीलाई विश्वास छ । आयोगलाई प्रभावित पार्नलाई हामी मांशहारी आन्दोलनको धम्की पनि दिँदैनौं ।

    मांशहारी आन्दोलनको नाममा सम्मानित अदालत डराउँदैन् । यो बेलामा आफूअनुकुल निर्णय नआए आन्दोलन गर्छु भन्नु बेकार हो । जनयुद्धबाट के÷कति क्षति भएको छ ? भन्ने कुरा यहाँहरुलाई थाहा नै छ । १७ हजार नेपालीले ज्यान गुम्यो । नेपाली जनता त्यो बाटमो जाँदैनन्। आयोगको निर्णय मान्छौं ।’ 

    नेता महासेठले यही माघ २३ गते काठमाडौंमा हुने आफूहरुको भेलामा प्रधानमन्त्री ओलीले हिन्दूराष्ट्र घोषणा गर्ने भनेर गरिएको प्रचारमा कुनै सत्यता नभएको पनि दाबी गरे । उनले भने,‘त्यसको ० प्रतिशत पनि सम्भावना छैन् ।’

    चुनावमा जान कांग्रेस किन पछि हट्ने ?, नयाँ जनादेश मुलुकको आवश्यकता हो : शंकर भण्डारी 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता शंकर भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै यस सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला÷निर्णय आफूहरुलाई स्विकार्य हुने स्पष्ट पारेका छन् ।

    उनले भने–‘हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । अदालतको फैसला सर्वमान्य हुन्छ । हाम्रो पार्टीको पदाधिकारीको बैठकले संसद् विघटनको सन्दर्भमा यो कदम गैरसंवैधानिक र अलोकतान्त्रिक छ भनेर स्पष्ट रुपमा भनिसकेको छ । अहिले केन्द्रीय कमिटीको बैठक जारी छ ।’

    उनले नेकपाले जनमतको अपमान गरेको पनि आरोप लगाए । उनले भने,‘नेकपाले सरकार चलाउन सक्दैन् भन्ने कुरा पुष्टि भयो । नेकपा सरकार सञ्चालनमा असफल भयो । सरकारले देश र जनताको पक्षमा काम गर्न सकेन्  । जनताको मतप्रति बेइमानी र धोका गर्यो ।

    आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त भयो । बास्तवमा यो सरकार त संस्थागत् रुपमा भ्रष्टाचार गर्दै थियो । संवैधानिक निकायलाई अघोषित रुपमा कब्जामा लिएर, प्रशासनिक निकाय र सुरक्षा निकायलाई पनि प्रभावमा पार्ने काम भएको थियो । सरकारले सर्वसत्तावाद चरित्र देखायो । त्यसको परिणति आज देशले मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने अवस्था छ ।’

    अब सरकारले चुनावको मिति नै घोषणा गरिसकेको छ, तपाईँहरु चुनावमा जाने कि नजाने ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने–‘चुनावमा जान कांग्रेस किन पछि हट्ने ? नेपालमा कम्युनिष्टहरुले सरकार चलाउन सकेनन् । जनताको मतलाई कदर गरेनन् ।

    देशलाई स्थायित्वतर्फ अघि बढाउने र विकास र समृद्धिको लागि काम गर्ने यो सरकारसँग ठूलो अवसर थियो । तर, कम्युनिष्टले समय खेर फाले । आन्तरिक कलह देखाएर, आज देशलाई कुन अवस्थामा पुर्याए ? कोरोनाको कारणले आज देश कुन अवस्थामा पुगेको छ ? न संवैधानिक निकायको कुनै सम्मान नै छ, नाम कम्युनिष्ट ।’

    भण्डारीले अहिले नयाँ जनादेशमा जाने कुरा मुलुकको आवश्यकत्ता भएको दाबी गरे । उनले भने,‘नयाँ जनादेश मुलुकको आवश्यकत्ता हो, संसद् विघटनको मुद्दा अदालतमा पुगेको छ । हामी अदालतको फैसलालाई सम्मान गर्छौं ।’ अबको कांग्रेसको चुनावी एजेण्डा हिन्दूराष्ट्र पूनःस्थापना हो भनेर सोधिएको अर्को प्रश्नमा भण्डारीले भने–‘हिन्दूराष्ट्रको विषयमा कांग्रेसमा अत्यन्तै गहन रुपमा छलफल भएको छ। यसअघि काठमाडौंमा सम्पन्न महासमितिको बैठकमा बहुमत सदस्यहरुले कांग्रेसले मूल एजेण्डाको रुपमा सनातन हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर हस्ताक्षर गरेका थिए, यो विषय महाधिवेशनको मूल विषय बन्नेछ ।’ 

    नेकपाको विवाद निरुपणनै भएको छैन, अनि कसरी समयमै निर्वाचन होला ? : यादव 

    जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजकिशोर यादवले नेकपाको आन्तरिक कलहले गर्दा देश अहिले विषम परिस्थितिबाट गुज्रिएको टिप्पणी गरेका छन् । उनले भने,‘अहिले नेपाल विषम परिस्थितिबाट गुज्रिरहेको अवस्था छ । अनपेक्षित घट्ना घटित भैरहेका छन् । नेकपालाई नेपाली जनताले झण्डै दुई तिहाई जनमत दिएर सरकारमा पठाएको हो ।

    जनताले नेकपालाई देशलाई स्थिरता र समृद्धितर्फ लैजान जनादेश दिएका थिए । तर, नेकपाको आन्तरिक विवाद र कलहले गर्दा आज मुलुक नै एकप्रकारको विषम परिस्थितिबाट गुज्रिनुपरेको छ । संसद विघटन गरिएको छ । त्यसको विरुद्धमा नेकपाकै अर्को प्रमुख नेताहरुले अहिले सडक आन्दोलन र संघर्ष गरिरहेका छन् । यो विषयमा सर्वोच्च अदालतमा छलफल भैरहेको छ । नेपाली समाज विभाजित र अन्यौलग्रस्त अवस्थामा आज छ ।’

    पूर्वमन्त्रीसमेत रहेका यादवले अहिलेको घट्नालाई राजनीतिक विकासक्रमलाई गम्भीरतापूर्वक लिनुपर्ने पनि जोड दिए । उनले भने,‘लोकतान्त्रिक राजनीतिक अभ्यासकै कुरा गर्ने हो भने २००७ सालदेखि अहिलेसम्म विभिन्न चरणमा संविधान लेखनका काम भए । लोकतन्त्र संस्थागत गर्ने काम भयो । र फेरि पछाडि फर्किने काम भयो । अहिले चुनाव कि संसद पूनःस्थापना भनेर जवाफ खोज्नुभन्दा यो स्थिति बारम्बार किन उत्पन्न हुन्छ ? भनेर सोध्नुपर्छ । दुई तिहाईको प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस नगरी जुन अवस्था आयो । यो गम्भीर राजनीतिक दुर्घटना हो ।’

    उनले नेपालको संविधान अनुसार संसद् विघटनको कार्य आपत्तिजनक भएको पनि टिप्पणी गरे । उनले भने–‘यो विघटन असंवैधानिक, अलोकतान्त्रिक हो , संविधानमा नै नभएको, हुँदै नभएको अधिकार प्रयोग भएको छ । सामान्य कानूनको अध्ययन गर्नेले यो कुरा भन्नसक्छ । यो घट्ना घटित भयो भनेर बुझ्नुहुँदैन् । संविधान निर्माण प्रक्रिया नै गलत भयो भनेर हामीले त विमति राखेका थियौं ।

    त्यतिवेला हामीलाई क्षेत्रियता, जातीयतावादी, विखण्डनवादी भनियो । संसद विघटन यो असंवैधानिक कार्य हो । संविधान लेखन प्रक्रिया नै त्रुटिपूिण भएकोले यो घट्ना घटित भएको हो । संविधान निर्माण प्रक्रिया नै रातारात मिलेर त्यो पनि सीमित नेता मिलेर फाष्ट–ट्रयाकमा जारी गर्ने कोशिस भयो, त्यसको परिणीतिले आज मुलुकले यो अवस्था भोग्नुपरेको छ ।

    नेपाली जनताले अब हिजो कुन÷कुन नेताले कसरी भूमिका खेले, त्यसलाई मूल्यांकन गर्नुपर्छ । जे भैरहेको छ, त्यो राम्रो भैरहेको छैन् । अब जनताले चाहेको राजनीतिक प्रणली र विकास, त्यो अनुसार अघि बढ्नुपर्छ । मुलुकको लोकतन्त्र स्थापित हुन्छ ।’

    उनले प्रधानमन्त्री ओलीले चुनाव घोषणा गरेको सुनाउँदै भने–‘चुनावको मिति घोषणा गरिएको छ, वैशाखमा चुनाव हुने कुनै छाँटकाँट देखिएको छैन् । नेकपाको दाहाल–नेपाल समूह निर्वाचन आयोग गएको स्थिति छ । पार्टीको विवाद निरुपणनै भएको छैन, अनि कसरी समयमै निर्वाचन होला ? प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मुद्दा विचाराधिन छ । राजनीति अनिश्चिततातर्फ गैरहेको छ । यो शुभसंकेत होईन् ।

    यादवले संसद पूनःस्थापना हुन्छ भनेर अहिले कसरी भन्न सकिन्छ ? भन्दै आफूहरु अदालतको निर्णयको प्रतिक्षामा रहेको सुनाए । उनले भने,‘अहिले यस सम्बन्धमा टिकाटिप्पणी गर्नुभन्दा पनि अदालतले सम्मानजनक निर्णय गर्ला । र, अदालतको निर्णय आएपछि हाम्रो पार्टीले आधिकारिक निर्णय गर्ला ।’

    साताको लोकप्रीय