बजेट अर्धवार्षिक समीक्षाः यो वर्ष बजेट ९१ प्रतिशत मात्रै खर्च हुने, सरकारको ध्यान चुनावतर्फ

बजेट अर्धवार्षिक समीक्षाः यो वर्ष बजेट ९१ प्रतिशत मात्रै खर्च हुने, सरकारको ध्यान चुनावतर्फ

राजश्व संकलनको वैकल्पिक योजना बनाई बाँकी अवधिको राजश्व संकलनको लक्ष्य हासिल गर्ने गरी राजश्व प्रशासनलाई परिचालन गर्ने, वैदेशिक ऋण र अनुदानको शोधभर्ना समयमा प्राप्त गर्न सम्बन्धित मन्त्रालयलाई जिम्मेवार बनाइने छ -अर्थमन्त्री विष्णु पौडेल ।

अर्थ डबली
मंगलवार, माघ २७ २०७७
अर्थ डबली
मंगलवार, माघ २७ २०७७ (अर्काइभ बाट)
  • बजेट अर्धवार्षिक समीक्षाः यो वर्ष बजेट ९१ प्रतिशत मात्रै खर्च हुने, सरकारको ध्यान चुनावतर्फ

    काठमाडौं /  पुस ५ गते प्रधानमन्त्री केपी शर्मा प्रतिनिधि सभा विघटन गरेपछि मुलुक राजनीतिक चक्रब्युहमा फसेको छ । 

    images
    images

    सरकारले यो वर्षको वैशाखमा प्रतिनिधिसभाको चुनाव घोषणा गरेको छ । यद्यपि प्रतिनिधि सभा विघटनको मुद्धा सर्वोच्चमा विचाराधिन अवस्थामा छ । 

    करिब १० महिन अघिदेखि मुलुक विश्वभर फैलिएको कोरोना माहामारीले मुलुकको अर्थतन्त्र थिलथिलो छ । यो आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंयाँ बराबरको बजेट ल्याइएको थियो । तर, बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले ९१ प्रतिशत मात्र खर्च हुने बताएको छ । आज मंगलबार एक पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिईएको हो । 

    यही वर्ष कोरोना महामारीको खोप समेत ल्याउने तयारीमा सरकार जुटेको छ । यद्यपि छिमेकी मुलुक चीन तथा भारतले निशुल्क केही मात्रामा खोप उपलब्ध गराएको छ ।  सरकारले गर्ने चुनाव तथा खोप किन्ने तयारी जस्ता ठूला खर्च बजेटका योजना भन्दा बाहिरका हुन् । यी खर्च हेर्दा सरकारको बजेट रणनीति तथा कार्यन्वयन र दुरदर्शितामा निकै कमि देखिन्छ । 

    बजेटको अर्धवार्षिक समीक्षामा अर्थ मन्त्रालयले यो वर्षमा बजेटको ९१.१९ प्रतिशत खर्च हुने प्रक्षेपण गरेको छ । त्यसमध्ये १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैंया खर्च हुने अनुमान गरेको छ ।


    त्यसमध्ये चालूतर्फ ९६.४० प्रतिशत देखिन्छ भने, पुँजीगततर्फ ८०.२० प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८५ प्रतिशत खर्च हुने अर्थ मन्त्रालयको अर्धवार्षिक बजेट समिक्षामा बताइएको छ । 

    चालू आर्थिक वर्षमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जसमध्ये ९ खर्ब १५ अर्ब ७८ करोड खर्च हुने अनुमान गरिएको छ । 

    त्यस्तै, ३ खर्ब ५२ अर्ब ९१ करोड पुँजीगत बजेटमध्ये २ खर्ब ८३ अर्ब ४ करोड रुपैयाँ तथा १ खर्ब ७२ अर्ब ७९ करोड वित्तीय खर्चमध्ये १ खर्ब ४६ अर्ब ८६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 


    त्यस्तै, सरकारले राजश्व तथा आन्तरिक ऋणबापत १० खर्ब ७४ अर्ब ६८ करोड रुपैयाँ संकलन हुने अनुमान गरेको छ । त्यस्तै, वैदेशिक अनुदानतर्फ ३५ अर्ब रुपैयाँ तथा वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब रुपैयाँ स्रोत संकलन हुने अनुमान छ । 

    चालू वर्षको बजेटले राजश्व र आन्तरिक ऋणबाट ११ खर्ब १४ अर्ब ६२ करोड, वैदेशिक अनुदान ६० अर्ब ५२ करोड र वैदेशिक ऋण २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ जुटाउने लक्ष्य लिएको थियो । 


    पुँजीगत खर्चमा सरकारको काम निराशाजनक देखिएपछि यो अवस्थालाई सुधार्न अर्थ मन्त्रालयले काम सम्पन्न भएका आयोजनाको शीघ्र भुक्तानी गर्न ध्यान दिएको छ । 

    कोरोना माहामारीका कारण प्रभावित हुँदा सम्पन्न हुन नसकेको आयोजनाको भुक्तानीलाई प्राथमिकता दिन खोजेको बजेट समिक्षामा जानकारी दिईयो । त्यस्तै अन्तर्राष्ट्रिय आर्थिक सहायताबाट सञ्चालन भएका आयोजनाको कार्यानवयन अवस्थाको छुट्टै अनुगमन र समीक्षा गर्ने बताइएको छ ।  निर्माण कार्यमा देखिएका जटिलतालाई व्यवस्थापन गरी अघि बढ्ने योजना पनि मन्त्रालयले बताएको छ । 

    त्यस्तै, राजश्व संकलनको वैकल्पिक योजना बनाई बाँकी अवधिको राजश्व संकलनको लक्ष्य हासिल गर्ने गरी राजश्व प्रशासनलाई परिचालन गर्ने, वैदेशिक ऋण र अनुदानको शोधभर्ना समयमा प्राप्त गर्न सम्बन्धित मन्त्रालयलाई जिम्मेवार बनाइने समेत कार्यदिशा लिनेछ । 

    बजेटको समीक्षा गर्दै अर्थमन्त्री विष्णु पौडेलः 

    यो वर्ष कोरोना खोप ल्याउने र निर्वाचनको लागि लाग्ने खर्च समेत अहिलेकै बजेटबाट व्यवस्था गरिनेछ । बजेटको स्रोतमा आजै मात्र हस्ताक्षर गरेको छु । निर्वाचन आयोगले मागेको ७ अर्बको लागि व्यवस्था भइसकेको छ । मुलुक चुनावका लागि अघि बढिसकेको छ । बजेट कार्यन्वयनमा अझै कसरी प्रभावकारी र उत्कृष्ट बनाउन सकिन्छ भन्ने मैले सोचेको छु । 

    सरकारले यो वर्ष प्रतिनिधिसभाको चुनाव घोषणा गरेको छ । चुनाव गर्न सरकारले सबै विषय व्यवस्थापन अघि सारेको छ । 

    साताको लोकप्रीय