परिवार दलका अध्यक्ष ढकाल दिल्ली किन गए ?  

परिवार दलका अध्यक्ष ढकाल दिल्ली किन गए ?  

अर्थ डबली
बुधवार, माघ २८ २०७७
अर्थ डबली
बुधवार, माघ २८ २०७७ (अर्काइभ बाट)
  • परिवार दलका अध्यक्ष ढकाल दिल्ली किन गए ?  

    काठमाण्डौ/  राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर सर्वपक्षीय छलफलमा जुट्न आग्रह गर्दै आएको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल सोमबार दिल्ली प्रस्थान गरे । 

    images
    images

    भारतीय सांसदहरुको निमन्त्रणमा तीन दिने भारत भ्रमणमा निस्कीएका ढकालले दिल्लीमा रहँदा भारतीय जनता पार्टीका नेताहरु तथा सरकारका उच्च पदस्थ अधिकारीहरुलाई भेटने कार्यक्रम रहेको भ्रमण दलमा सहभागी दलका प्रवक्ता सन्तोष कुमार पौडेलले जानकारी दिए । 
    अन्तराष्ट्रिय सांसदहरुको मञ्चको एशिया प्रसान्त क्षेत्रका संयोजकसमेत रहेका ढकालले भविष्यमा हुन सक्ने सम्भावित राजनीतिक अस्थिरताको आकलन गरी वर्तमानमा नै विवेकपूर्ण र दूरदर्शी निर्णय गर्न देशका सबै जिम्मेवार राजनीतिक दल तथा नेतृत्वलाई आग्रह गदै आएका छन् । 
    ढकालले प्रतिनिधी सभाको विघटनको बिषयमा देशका राजनैतिक दलहरु तथा नागरिकहरुकाबीच तिब्र ध्रुविकरण भएर संरकारको समर्थन र बिरोधमा ब्यापक प्रर्दशन भईरेको बेला अध्यक्ष ढकालको भारत भ्रमणलाई मह्त्वको साथ हेरिएको छ । 

    हुन त अध्यक्ष ढकाल देशका सबै राजनीतिक दलहरु राम्रो सम्बन्ध भएका नेता मानिन्छ खासगरी प्रधानमन्त्री ओली र माधव नेपाल दुबैसँग ढकालको निकट सम्बन्ध रहेको छ । ढकाल बिहिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।  

    साताको लोकप्रीय