नेकपा अध्यक्ष प्रचण्डसँगमा एफएनसिसिआईका प्रतिनिधिहरूले के भने ? 

नेकपा अध्यक्ष प्रचण्डसँगमा एफएनसिसिआईका प्रतिनिधिहरूले के भने ? 

अर्थ डबली
सोमवार, मंसिर २९ २०७७
अर्थ डबली
सोमवार, मंसिर २९ २०७७ (अर्काइभ बाट)
  • नेकपा अध्यक्ष प्रचण्डसँगमा एफएनसिसिआईका प्रतिनिधिहरूले के भने ? 

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का नवनिर्वाचित पदाधिकारीहरूले भेटवार्ता गरेका छन् । 

    images
    images

    आइतबार साँझ उनको निवास खुमलटारमा एको औपचारिक भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू अन्जन श्रेष्ठ र रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको सहभागिता रहेको थियो । 

    प्रतिनिधिमण्डलले अध्यक्ष दाहालसँगको भेटवार्तामा नयाँ नेतृत्वले कोभिड संकटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझाव सहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराए । 

    अध्यक्ष गोल्छाले आर्थिकदेखि सम्पूर्ण क्षेत्रकै लागि कोभिड अत्यन्त ठूलो चुनौती बनेर आएकाले यसबाट मुलुकलाई सकुशल माथि उठाउनु सवैको कर्तव्य भएको र निजी क्षेत्रको नेतृत्वदायी संस्था महासंघले यसका लागि विशेष गृहकार्य गरिरहेको बताए । 

    fncce.JPG

    निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको पनि बताए । 

    सो अवसरमा महासंघका पदाधिकारीहरुले साना तथा मझौला उद्योग व्यवसायको पुनरूत्थानमा विशेष जोड दिनुपर्ने बताउँदै मौद्रिक नीतिमार्फत आएका राहतका सुविधाहरूको कार्यान्वयनको अनुभूति स्थानीयतहका उद्यमी व्यवसायीहरूले गर्न पाउनु पर्नेमा जोड दिए । 

    सो अवसरमा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयां टिम सफल हुने विश्वास व्यक्त गरे । 

    निजी क्षेत्रको सर्वोच्च संस्था महासंघलाई आफूले सधै उच्च प्राथमिकता दिएको स्पष्ट पार्दै उनले मुलुकको अर्थतन्त्रको प्रमुख आधारकोरूपमा रहेका साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि आफ्नो पनि विशेष जोड रहेको र महासंघको नयां नेतृत्व पनि यसमानै केन्द्रीत रहेको पाउँदा आफूलाई खुशी लागेको बताए ।  

    साताको लोकप्रीय