अध्यादेश असंवैधानिक, परिवर्तन विरोधी छ, तत्काल फिर्ता लिनुपर्छ – अध्यक्ष प्रचण्ड 

अध्यादेश असंवैधानिक, परिवर्तन विरोधी छ, तत्काल फिर्ता लिनुपर्छ – अध्यक्ष प्रचण्ड 

अर्थ डबली
मंगलवार, मंसिर ३० २०७७
अर्थ डबली
मंगलवार, मंसिर ३० २०७७ (अर्काइभ बाट)
  • अध्यादेश असंवैधानिक, परिवर्तन विरोधी छ, तत्काल फिर्ता लिनुपर्छ – अध्यक्ष प्रचण्ड 

    काठमाडौं/  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् । 

    images
    images


    काठमाडौं मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी  गरेपछि नेकपा अध्यक्ष प्रचण्ड असन्तुष्ट देखिएका छन् ।

    उनले अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने भन्दै कडा आपत्ति प्रकट गरेका छन् । अध्यादेश संविधानको मूल्य मान्यता र भावनाविपरित भएको अध्यक्ष प्रचण्डको तर्क छ । 

     राष्ट्रपतिले जारी गरेको अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतका साथ आएको उनले बताए । 

    संसदको अधिवेशन बोलाउनुपर्ने बेलामा र पार्टीको बैठकसमेत भइरहेको बेला विना जानकारी आफ्नै कुनियत राखेको तर्क गरे । 

    साताको लोकप्रीय