सूर्यराज आचार्य लेख्छन् : ‘लोकतन्त्रमा नागरिकले नेताका सपना हैन, नेताले नागरिकका सपना पछ्याउने हो’

सूर्यराज आचार्य लेख्छन् : ‘लोकतन्त्रमा नागरिकले नेताका सपना हैन, नेताले नागरिकका सपना पछ्याउने हो’

अर्थ डबली
शुक्रवार, माघ ३० २०७७
अर्थ डबली
शुक्रवार, माघ ३० २०७७ (अर्काइभ बाट)
  • सूर्यराज आचार्य लेख्छन् : ‘लोकतन्त्रमा नागरिकले नेताका सपना  हैन, नेताले नागरिकका सपना पछ्याउने हो’

    काठमाडौं / लोकतन्त्रमा नागरिकले नेताका ुसपनाु पछ्याउने हैन, नेताले नागरिकका सपना पछ्याउने हो, लेखक तथा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य यस्तो अभिव्यक्ति सामाजिक सञ्जाल ट्वीटरमार्फत लेख्छन् ।

    images
    images

    यो लोकतन्त्र भनेको नेपाली जनताले नेताको फेर समाउदै हिड्ने विषय नभएको बताएका छन् । बरु नेताहरु नागरिकको सपना पछ्याउँदै हिड्नुपर्ने अथ्र्याएका छन् । 

    मुलुकमा राजनीतिक किचलो बढ्दै जाँदा सबै पार्टीका नेताहरु आम नागरिक आफ्नो भएको बताउँदै राजधानीका सडकमा गाडीका गाडी जनता उतारिरहेका छन् । पक्ष विपक्षहरु सबै आफ्नो तर्कलाई सत्य सावित गर्न दौडधुप देखिन्छन् । तर, नागरिकको अधिकार के हो ? नागरिकको सम्मान कसरी भइरहेको छ ? 


    अहिलेसम्म समृद्धिको नारा लगाउने दलहरुले केके गरे भन्ने बताउन सकेका छैनन् । यहि प्रसंगमा डा. आचार्यले कडा टिप्पणी गरेका छन् । प उनले भनेका छन् बरु वर्षौंदेखि नेताका सपना पछ्याउँदै गर्दा नागरिकले सपना देख्न बिर्सिसके । 


    लेखक आाचार्यले लोकतन्त्रलाई सबल बनाउन नागरिकका सपना जगाउनु पर्ने उल्लेख गरेका छन् । दल रनेतालाई नागरिकका सपना पछ्याउन लगाउन बाध्य पार्नुपर्ने तर्क राखेका छन् । 

    त्यस्तै अर्को ट्वीटमा आचार्यले बेलाबखतमा लिक बाहिर जान खोज्ने राजनीतिलाई लगाम लगाएर ठिक ठाउँमा राख्ने भुमिकाक‍ो मिडिया र बौद्धिक समाज प्रति पनि प्रश्न गरेका छन् । उनले कतै पूर्वाग्रहको खेतखेतै दौडिँदै हो कि भनेका छन् । 

    चौथो अंगको विश्वसनीयता लोकतन्त्रको महत्वपूर्ण खम्बा भएको बताउँदै आचार्यले लामो कालखण्डमा आर्जित विश्वसनीताको पुँजि बेफ्वाँकमा खर्च नहोस् भनेका छन् । 

    suryaraj aacharya.JPG

    साताको लोकप्रीय