रगतको आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने, यस्तो छ कारण 

रगतको आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने, यस्तो छ कारण 

अर्थ डबली
बुधवार, पौष १ २०७७
अर्थ डबली
बुधवार, पौष १ २०७७ (अर्काइभ बाट)
  • रगतको आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने, यस्तो छ कारण 

    रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ । 

    images
    images

    अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने समेत दावी गरेका छन् । 

    स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन ‘डी’को अध्ययनबाट थाहा पाउन सकिने अध्ययनकर्ताहरुको भनाइ छ ।   

    भावी स्वास्थ्य अवस्था र स्वास्थ्य चुनौतीलाई रगतमा रहेको भिटामिन ‘डी’को अवस्थाका आधारमा भन्न सकिन्छ, अध्ययन प्रतिवेदनमा लेखिएको छ । 

    भिटामिन ‘डी’को अध्ययनले कुनै पनि व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा थप अध्ययन अनुसन्धान गर्न र विवरणहरु पत्ता लगाउन पनि सघाउन पुर्याउने अध्ययनकर्ताहरुले बताएका छन् ।

    बेल्जियमको फ्युनिभर्सिटी हस्पिटल्स लेउभेन’का डा लिन एन्टोनिओको टोलीले भिटामिन ‘डी’ र स्वास्थ्यको पुर्वानुमानका बारेमा अध्ययन गरेको हो ।

    अध्ययनमा ४० देखि ७९ बर्षसम्ममा मानिसहरुलाई समावेश गरिएको थियो । उनीहरु माथि सन् २००३ देखि २००५ सम्म अध्ययन गरिएको थियो । अध्ययनमा एक हजार ९७० जना संलग्न भएका थिए । 

    अध्ययनको नेतृत्वकर्ता डा एन्टोनिओले भने, “भिटामिन डिको अवस्थाको अध्ययनले तत्कालिन स्वास्थ्य अवस्थादेखि भविष्यमा आउनसक्ने स्वास्थ्य चुनौती र मृत्युसम्मको कुरालाई पनि पुर्वानुमान गर्न सक्ने देखिन्छ ।” 

    उनको टोलीले गरेको अध्ययनको प्रतिवेदन हालै मात्रै तयार भएको हो । 

    साताको लोकप्रीय