दुई अर्व रुपैंयाँ लगानीमा स्थापित खाद्य बैंकले केके गर्दैछ ? यस्ता छन् उद्धेश्य र कार्यक्रम

दुई अर्व रुपैंयाँ लगानीमा स्थापित खाद्य बैंकले केके गर्दैछ ? यस्ता छन् उद्धेश्य र कार्यक्रम

पाइलट प्रोजेक्टको रुपमा हरेक प्रदेश र जिल्लाहरुलाई कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा विकसित गर्ने र लगानी विस्तार गर्दै केही समयभित्रै सर्वसाधरणका लागि आईपिओ जारी गर्ने लक्ष्य लिएको छ ।

अर्थ डबली
सोमवार, फागुन १० २०७७
अर्थ डबली
सोमवार, फागुन १० २०७७ (अर्काइभ बाट)
  • दुई अर्व रुपैंयाँ लगानीमा स्थापित खाद्य बैंकले केके गर्दैछ ? यस्ता छन् उद्धेश्य र कार्यक्रम

    काठमाडौं / मुलुकलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन करिब २ अर्व लगानीमा स्थापित राष्ट्रिय खाद्य बैक लिमिटेडले विभिन्न पाइलट प्रोजेक्टहरुमा अध्ययन अुनसन्धान गरिरहेको छ । 

    images
    images


    बैंकमा १ सय ५० जना बढी कृषि, पोषण, वनस्पतीसँग सम्बन्धीत विज्ञहरुको संस्थापकहरुको रुपमा छन् । साथै २०० जना कृषि प्राविधिकहरु पनि यस बैंकमा संग्लन छन् । लगानी विस्तार गर्दै केही समयभित्रै सर्वसाधरणका लागि आईपिओ जारी गर्ने लक्ष्य लिएको छ ।

    पाइलट प्रोजेक्टको रुपमा हरेक प्रदेश र जिल्लाहरुलाई कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा विकसित गर्ने उद्धेश्य खाद्यय बैंकले राखेको छ । 
    ७७ ओटै जिल्ला र प्रदेशहरुमा उपस्थीति जनाउँदै कृषि उत्पादन र बजारिकरणमा अघि बढिरहेको पनि जनाएको छ । 

    पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने नारासाथ स्थापना भएकोे संस्था हो । 

    khadya bank.JPG

    दुई अर्ब लगानीमा स्थापना भएको यो बैकले क्रमश उत्पादन बढाउँदै, व्यवसाय विस्तार गर्दै अगाडी बढ्ने लक्ष्य लिएको छ । 

    कृषि क्षेत्रमा ठुलो लगानी, रोजगारी बढाएर उत्पादनमा वृद्धि गर्ने, कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, राज्यको “सम्मृद्ध नेपाल, सुखी नेपाली”को अभियानलाई सहयोग गर्ने संस्थाको उद्धेश्य छ । 

    यस्ता छन् खाद्य बैंकका उद्धेश्यहरु 

    . अर्गानिक उत्पादनलाई जोड दिनु, 

    २. कृषि क्षेत्रमा आवश्यक ज्ञान, सिप, विउ, विजन, मलजलको समुचित व्यवस्थापन गर्ने गरी दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतको सहभागिता अघि बढाउनु । 

    ३. बैंक आफैंले खाद्यन्न, गेडागुडी, हरियो तरकारी, फलफुल, दहि दुध, माछा मासु, चिया, जडिवुटी लगायतको उत्पादनको कार्य पनि गर्दछ । 

    ४. बैकले कृषि क्षेत्रको आवश्यक अध्ययन, अनुसन्धानको पनि कार्य गर्दछ । 

    ५. देशैभरका किसानहरुसँग सहकार्य गर्दै बैंकले कृषि कम्पनीहरु, कृषि सहकारीहरु, कषि समुहहरु, कृषिसँग सम्बन्धी अन्य संघसस्थाहरुसँग पनि सहकार्य गरी कार्य अघि बढाउने लक्ष्य । कार्य शुरुवात ।

    ६. बैकले सरकारी खाली जग्गाहरु, सामुदायिक वनका खाली जग्गाहरु, गुठीका जग्गाहरु, व्यक्तिका जग्गाहरु लिजमा लिएर उत्पादनको कार्य अघि बढाउने । 

    ७. पहिलो चरणमा धान, गहुँ, कोदो, मकै, आलु, तोरी, गेडागुडी, लगायतको उत्पादनलाई बैंकले प्राथमिकता दिएको छ । दोश्रो चरणमा माछा–मासु, फलफुल, दुध, तरकारी आदि उत्पादनलाई जोड दिनेछ ।

    ८. हालसम्म ४९१ जना प्रमोटर शेयर सदस्य रहेको यस बैंकले त्यसलाई अझै विस्तार गर्दै केहीबर्ष भित्रै साधारण शेयर (आइपिओ) समेत जारी गर्ने लक्ष्य ।

    ९. कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने अभिप्रायले आएको बैंकले गुणस्तरयूक्त खाद्य सामग्रीहरुलाई सुरक्षित भण्डारण गरी बैंकमार्फत आफनै सेल्स डिपो र होम डेलिभरीहरु इ–कर्मश मार्फत विक्रि वितरण गर्ने उदेश्य बनाएको छ ।

    १०. खासगरी पाइलट प्रोजेक्टको रुपमा हरेक प्रदेश र जिल्लाहरुलाई कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा विकसित गर्नु । 
    किसानलाई नै अधिकतम कृषि उत्पादनमा सहभागी गराउने, उनीहरुले गरेका उत्पादनको बजार सुनिश्चित गर्ने कार्यमा बंैकको सहकार्य । 

    केके गर्दैछ कार्यक्रमहरु ?


    खाद्य बंैकले हालसम्म कैलाली, कञ्चनपुर, वर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, बुटवल, पोखरा, रौतहट, बारा, लम्जुङ, पर्सा लगायतका जिल्लाहरुमा जग्गा लिजमा लिने र उत्पादन सुरु गर्ने कार्य अघि बढाइसकेको छ । ती जिल्लाहरुमा जग्गा लिजमा लिने गृहकार्य अन्तिम चरणामा पुगिसकेको छ । 


    बैकले वर्दिया जिल्लाको गुलेरीया नपा ३ खैरी लगायत वर्दिया जिल्ला विभिन्न ठाउँमा २०० विघा जग्गा लिजमा लिइसकेको जनाएको छ ।  करिव ५००० विघा किसानका जमिनहरुमा सहकार्य गर्दै उत्पादन कार्य अघि बढाउन लागिपरेको छ ।  

    झापा, मोरग, सुनसरी जिल्लामा १०४१ विघा र लमजुङमा ५० रोपनी जग्गा लिजमा सहमति भएको र औपचारिक हस्ताक्षर हुन बाँकी रहेको जनाएको छ । 
    यहि चैत १५ गते भित्र बैकले नयाँ वानेश्वरमा तयार गरेको केन्द्रिय कार्यालयको प्रधानमन्त्रीमार्फत उद्घाटन गर्दैछ । । यसतै विसं २०७८ वैशाख भित्र सबै प्रदेश कार्यालयको उद्घाटन गर्ने तयारीमा छ । 

    बैकले कृषि उत्पादन बृद्धि र व्यवसाय विस्तारको लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना मार्फत आफना गतिविधिहरु सार्वजनिक गरिसकेको छ ।
    कृषि पेशालाई मर्यादित, सम्मानीत बनाएर राष्ट्रिय उत्पादन बढाउने, देशलाई आत्मनिर्भर बनाउन अभियानको रुपमा कार्यक्रमहरु अघि सारेको बैंकको दावी छ । 


    खाद्य बैंकमा कोको संलग्न छन् ?


    धान विज्ञ डा. भोलामान सिंह बस्नेत, कृषि वैज्ञानिक खड्गभक्त पौडेल, वनस्पती विज्ञ प्राडा चन्द्र प्रकास पोखरेल, गहुँ विशेषज्ञ डा. मदन भट्ट, पशुपंक्षीं विज्ञ डा. बल बहादुर चन्द, कृषि विज्ञ शिव यन्दो लगायतका विज्ञहरुको सहभागीता छ ।

    बैंकमा १ सय ५० जना बढी कृषि, पोषण, वनस्पतीसँग सम्बन्धीत अध्ययन गरेका व्यक्तिहरु संस्थापकहरुको रुपमा छन् । साथै २०० जना कृषि प्राविधिकहरु पनि यस बैंकमा संग्लन छन् । 

     

     

    साताको लोकप्रीय