सिंहदरबारकै क्यान्टिनमा अखाद्य वस्तु, रमिते सरकारी निकाय 

सिंहदरबारकै क्यान्टिनमा अखाद्य वस्तु, रमिते सरकारी निकाय 

अर्थ डबली
मंगलवार, फागुन ११ २०७७
अर्थ डबली
मंगलवार, फागुन ११ २०७७ (अर्काइभ बाट)
  • सिंहदरबारकै क्यान्टिनमा अखाद्य वस्तु, रमिते सरकारी निकाय 

    देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै म्याद सकिएका अखाद्य वस्तु बिक्री वितरण भइरहँदासमेत सरकारी निकाय रमिते बनिरहेका छन् । 

    images
    images
    images

    सिंहदरबारका चमेना गृहमा उपभोग्य मिति समाप्त खाद्यवस्तु बिक्री वितरणसँगै उपभोक्ता संरक्षण ऐन २०७५ उल्लंघन भइरहेका छन् ।


    वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले गरेको अनुगमनको क्रममा ती क्यान्टिनमा म्याद सकिएका खाद्यवस्तु बिक्री भइरहेको खुलासा भएको हो ।

    सिंहदरबारभित्रका कर्मचारी र सेवाग्रही लक्षित केन्द्रीय क्यान्टिन (कञ्चन चमेना गृह), अर्थ मन्त्रालय परिसरमा सञ्चालित म्यानेजमेन्ट सर्भिस र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरस्थित गोसाइँकुण्ड भोजनालय अनुगमन गर्दा मापदण्डविपरित सञ्चालन भइरहेको पाइएको छ ।

    यीमध्ये केन्द्रीय क्यानिटनलाई कारवाहीस्वरुप जरिवाना गरिएको छ । कञ्चन चमेनागृहका नाममा सञ्चालित सो क्यान्टिनले कागजात देखाउन नसकेपछि कारवाही स्वरुप १० हजार जरिवाना गरिएको छ । 

    कागजपत्र मात्र होइन, क्यान्टिनको किचनमा फोहोर पाइएपछि सफाइ गर्नसमेत निर्देशन दिइएको छ । यस्ता क्यान्टिन सञ्चालन रद्द गर्नुपर्ने माग कर्मचारीले गरेका छन् ।


    आजको राजधानी दैनिकमा समाचार छ 

    साताको लोकप्रीय