सरकार निजी क्षेत्र मिलेर तालीम संचालन गर्ने, उद्योगी  र श्रम मन्त्री बीच छलफल 

सरकार निजी क्षेत्र मिलेर तालीम संचालन गर्ने, उद्योगी  र श्रम मन्त्री बीच छलफल 

अर्थ डबली
बुधवार, फाल्गुण १२ २०७७
अर्थ डबली
बुधवार, फाल्गुण १२ २०७७ (अर्काइभ बाट)
  • सरकार निजी क्षेत्र मिलेर तालीम संचालन गर्ने, उद्योगी  र श्रम मन्त्री बीच छलफल 

    काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघको टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीसंग मन्त्रालयमा भेटर्वार्ता गरेको छ  स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, सहसभापति भक्त बहादुर हमाल,सदस्य सीताराम रेग्मी, महासंघका पूर्वकारिणी समिति सदस्य कमला श्रेष्ठ सहितको प्रतिनिधिमण्डलले भेटेको हो । छलफलमा नीजि क्षेत्रको सहकार्यमा सीपमुलक तालिम संचालन गर्नुपर्नेमा जोड दिएको छ ।  

    images
    images

    भेटका अवसरमा महासंघका तर्फबाट सीपमुलक तालिमको लागि थुप्रै संस्थाहरूले तालिम दिने र ठुलो रकम खर्च हुने गरेपनि नीजि क्षेत्रको माग अनुसार दक्ष एवं सीपयूक्त जनशक्ति पाउन कठिनाई भईरहेको कुरा सो अवसरमा उठाइयो । 

    भेटमा सभापति ढकालले एकातिर मुलुकभित्र संचालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउंदा ठूलो समस्या भएको र अर्कोतिर विनाकुनै शीप कामका लागि विदेशीने यूवाहरू न्यूनतम पारिश्रमिकमा अधिकतम समय काम गर्न बाध्य भएकाले यो समस्याको अन्त्य गर्न पनि शीपयुक्त जनशक्ति विकासका लागि तत्काल तालीम संचालन गर्नुपर्नेमा जोड दिइयो । 

    सो अवसरमा मन्त्री चौधरीले नीजि क्षेत्रको सुझाव अनुसार सीपमुलक तालिम संचालन गर्ने सरकारको योजना रहेकोले महासंघवाट प्राप्त सुझाव एवं प्रस्तावलाई ध्यानमा राखी आगामी दिनमा सीपमुलक तालिम सन्चालन गर्ने प्रतिवद्धता जनाए । 

     

    साताको लोकप्रीय