उद्योगमन्त्रीले उद्योग परिसंघलाई भन्यो - उद्योग स्थापना गर्न सरकारले कुनैपनि सहयोग गर्न तयार छ

उद्योगमन्त्रीले उद्योग परिसंघलाई भन्यो - उद्योग स्थापना गर्न सरकारले कुनैपनि सहयोग गर्न तयार छ

अर्थ डबली
सोमवार, फाल्गुण १७ २०७७
अर्थ डबली
सोमवार, फाल्गुण १७ २०७७ (अर्काइभ बाट)
  • उद्योगमन्त्रीले उद्योग परिसंघलाई भन्यो - उद्योग स्थापना गर्न सरकारले कुनैपनि सहयोग गर्न तयार छ

    काठमाडौं / उद्योगमन्त्री लेखराज भट्टले नयाँ औद्योगिक क्षेत्रहरुमा उद्योग स्थापनामा परिसंघले पहलकदमी लिनुपर्ने बताए ।

    images
    images

    सरकारले कुनै किसिमको सुविधा उपलब्ध गराउनु पर्ने भए तयार रहेको बताएका छन् । स्वदेशी उद्योग स्थापनासँगै कपास खेतीलाई प्राथमिकतामा राखी नेपालगञ्जको खजरालाई कपास उत्पादनको पकेट क्षेत्र बनाउनको लागि निजी क्षेत्र अगाडी बढ्नुपर्ने मन्त्री भट्टले बताए । 

    नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ “मेक इन नेपाल–स्वदेशी” अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । यसै सन्दर्भमा आज परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको परिसंघका पदाधिकारीहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेको हो ।

    छलफलमा उद्योग परिसंघकोतर्फवाट निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु क्रमशः राजेशकुमार अग्रवाल र सुलभ अग्रवाल लगायतको उपस्थिति थियो ।  

    परिसंघका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सीएनआईले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको बताए ।

    परिसंघका उपाध्यक्ष अनुज अग्रवाले परिसंघले तयार पारेको अवधारणाको संक्षिप्त प्रस्तुति गर्दै परिसंघले मुख्यगरी ४ वटा आर्थिक खम्बलाई बढी प्राथमिकतामा राखेको बताए ।

    अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याई वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने महान लक्ष्य लिएको छ । 

    परिसंघको लक्ष्य अनुसार पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने बताए 

    साताको लोकप्रीय