एउटा दृष्टिविहिनको सगरमाथा सपना....! [ भिडिओ ]

एउटा दृष्टिविहिनको सगरमाथा सपना....! [ भिडिओ ]

अर्थ डबली
आइतवार, माघ १८ २०७७
अर्थ डबली
आइतवार, माघ १८ २०७७ (अर्काइभ बाट)
  • एउटा दृष्टिविहिनको सगरमाथा सपना....!  [ भिडिओ ]

    काठमाडौं / दृष्टिविहिन अमिट केसीले सगरभाथा आरोहण अभियान सफल पार्दैछन् । दृष्टि विहिन भएपनि दृढ ईच्छा शक्ति लिएर सगरमाथाको चुचुरो चुम्ने सपलनालाई साकार बनाउन लामो समयदेखि लागि परेको उनले एक पत्रकार सम्मेलनमा जानकारी दिए । 

    images
    images

    उनल एडमण्ड हिलारीले शुरु गरेको सगरमाथा आरोहण सफलताको यात्रालाई पछ्याएको बताए । जसरी दुई हात नभएका नेपाली नागरिक सुदर्शन गौतमले सगरमाथा चढे त्यसरी नै आफूले पनि सफलता चुम्ने उनले विस्वास देखाए । 

    बाग्लुङ जिल्ला जैमिनी नगरपालिका ४ निवासी अमिट केसी पूर्ण रुपमा दृष्टिविहिन छन् । पारिवारिक भरणपोषणकै भरमा रहेको उनी शिक्षक समेत थिए । उनले राहत दरबन्दी समेत त्यागेर  विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने साहस गरेको बताए ।

    उक्र अभियानका लागि ७ वर्षदेखि लागि परेको बताए । यस अघि २०७२ बैशाख  ८ गते सोलुखुम्वु जिल्लामा रहेको ६ हजार १ सय ८६ मिटर उचाइईको आइसल्याण्ड पिक र सोही वर्षको चैतमाम ६हजार ६ सय ५४ मिटर उचाईको मेरापिकसमेत सफल आरोहण गरिसकेका छन् । आफ्नो अभियानलाई सल्लाह सुझाव तथा सहयोग गरी आरोहण सफल बनाउन उनले अपिल समेत गरे । 

    एउटा दृष्टिविहिनको सगरमाथा सपना भिडिओ

     

    साताको लोकप्रीय